पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सुर्खेत - कर्णाली प्रदेशका ६७ प्रतिशत बालबालिकाहरूले कुनै न कुनै रूपमा श्रम गरिरहेको तथ्यांक बाहिरिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको एक तथ्याङ्कअनुसार कर्णाली प्रदेशका ६७ प्रतिशत वालवालिकाहरुले कुनै न कुनै रुपमा श्रम गरिरहेको पाइएको हो ।
मन्त्रालयको उक्त तथ्यांकअनुसार विशेषगरी १५ वर्षमुनिका ६७ प्रतिशत बालबालिका श्रम शोषणमा परेको देखिएको छ । मन्त्रालयका बालअधिकार अधिकृत डम्बर रोकायका अनुसार २४ प्रतिशत बालबालिकाहरु आर्थिक गतिविधिमा र ४३ प्रतिशत बालबालिकाहरु अन्य श्रममा संलग्न रहेका पाइएको हो ।
‘सडक बालाबालिका पनि धेरै संख्यामा रहेका छन्,' उनले भने, 'त्यस्तै बालबिबाह गर्नेहरुको संख्या पनि उस्तै रहेको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाका बालबालिका श्रम गर्न भारत लगायतका मुलुकहरुमा जाने धेरै पाइन्छ । उनीहरू भारत लगायतका मुलुकमा परिवारसँगै जाने श्रम गर्ने गर्छन् ।’
कर्णाली प्रदेशमा अझै पनि करिब ६ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको सामाजिक विकास मन्त्रालयको सोही तथ्यांकमा उल्लेख गरिएको छ । विद्यालय बाहिर रहनेमा कर्णाली प्रदेशको हिमाली जिल्लाका बालबालिका धेरै रहेका छन् ।
त्यो संख्या करीब ३० हजारको हाराहारीमा छ । मन्त्रालयले बालबालिकालाई विद्यालय ल्याउन विभिन्न कार्यक्रमहरु संचालन गरिहरहेको भएपनि त्यो त्यति उपलब्धिमूलक नदेखिएको सरोकारवालाहरुको गुनासो रहेको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी मात्र हैन धेरैको संख्यामा गैरसरकारी संस्थाहरु पनि रहेका छन् । कर्णाली प्रदेशमा यिनै सरकारी र विभिन्न गैरसरकारी क्षेत्रबाट बालबालिकाको क्षेत्रमा धेरै रकम खर्चिए पनि उपलब्धि त्यति सन्तोषजनक नदेखिएको सामाजिक विकास मन्त्रालयको सोही तथ्यांकबाट प्रष्ट हुन्छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...