मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि ऐनका राम्रा पक्षहरूलाई बेवास्ता गरी केही शब्द टिपेर विरोध भएको गुनासो गरेकी छन् ।
सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी)को १२औं सामाजिक लेखाजोखा कार्यक्रमलाई सोमवार लैनचौरमा सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो गुनासो गरेकी हुन् ।
‘एउटा–दुईटा शब्द टिप्दै हल्ला गर्दै गरेको देख्दा कतै षड्यन्त्र त होइन, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई धरापमा पार्न खोजेको त होइन भन्ने भान भएको छ,’ मन्त्री अर्यालले भनिन् ।
भूमि ऐन आठौं संशोधनको हिरो एजेण्डा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने भएको भन्दै उनले अब सबै नेपाली जग्गाधनी हुने जिकिर गरिन् ।
‘यो ऐन आएपछि अब कोही मोही रहन्न, सबै जग्गावाल,’ मन्त्री अर्यालले भनिन्, ‘मोही र जग्गाधनीलाई सकेसम्म मिलाउँछौं, मिलेनन् भने जग्गा आधा–आधा गरेर बाँडिदिन्छौं,’ मन्त्री अर्यालले भनिन् ।
भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रयास विगतमा समेत भएपनि ऐनमार्फत नगरिएका कारण समस्या आएको भन्दै उनले ऐन नै संशोधन गरेर भूमि अधिकार स्थापित गर्न आफूले प्रयास गरेको बताइन् ।
अब सरकारमा जो भएपनि बाध्य भएर यसलाई कार्यान्वयन गर्नैपर्ने उनको जिकिर छ ।
भूमि ऐनको आठौं संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा विचाराधीन छ ।
कार्यक्रममा मन्त्री अर्यालका अलावा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, महालेखा नियन्त्रक गोपीनाथ मैनाली लगायतले पनि बोले ।
सामाजिक क्षेत्रमा क्रियाशील संघ–संस्था समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने गतिलो उदाहरण सीएसआरसीले दिएको उनीहरूले बताए ।
सबै सामाजिक संस्था यसैगरी समाजप्रति उत्तरदायी हुनुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा भूमि अधिकारका अभियान्ता तथा सरोकारवालाहरूले भूमि अधिकार स्थापित गराउन सीएसआरसीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
संस्थाको पहलमा ४ सय १ परिवार मोहीले गत आर्थिक वर्षमा मोहियानी हकबापत १५४ दशमलव २ प्रतिशत जग्गा प्राप्त गरेका, गाउँब्लकमा बसोवास गर्दै आएका १ हजार २४ परिवारले २० दशमल ४७ हेक्टर जग्गाको जग्गाधनी पूर्जा पाएका, जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने १३ सय ३५ परिवारले सुरक्षित स्थानमा घर बनाउन पाएका लगायतका तथ्यांक पेश गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष गोपाल थापा मगरले सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...