×

NMB BANK
NIC ASIA

नेपालमा लगानीको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा डोल्माको हिमालयन इनर्जीको शुरूवात

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेपालमा लगानीको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा डोल्मा ग्रुपले डोल्मा कन्सलटीङ्ग तथा डिएफआइडिद्घारा समर्थित डोल्मा हिमालयन इनर्जीको शुरूवात गरेको छ। पाँच वर्षको कार्यकाल पूरा गरेका डोल्मा इम्प्याक्ट फण्ड नेपालको एकमात्र अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी फण्ड हो ।

Muktinath Bank

डोल्मा इम्प्याक्ट फण्डले दुईवटा हाइड्रोपावर परियोजना, दुईवटा सोलर पावर परियोजना, तीनवटा टेक्ननोलोजी कम्पनी तथा दुईवटा स्वास्थसेवा संग सम्बन्धित कम्पनीमा लगानी गरेको छ, जसको फलस्वरुप पाँच हजार भन्दा बढी रोजगारी सिर्जना भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डोल्मा इम्प्याक्ट फण्ड, प्रोफेसर टिम गोचरद्घारा स्थापित डोल्मा ग्रुपको एक शाखाको रुपमा रहेको छ ।


Advertisment
Nabil box
Kumari

डोल्मा इम्प्याक्ट फण्डले नेपालमा इम्प्याक्ट लगानी तथा प्राइभेट इक्विटी मार्केटको अगुवाइ गरेको छ र नेपालमा आर्थिक वृद्घि, उत्पादकत्व तथा रोजगारी सिर्जनामा एफ.डि.आइ.को गहकिलो असर रहेको प्रो.गोचरले भने ।

Vianet communication
Laxmi Bank

डोल्मा इम्प्याक्ट फण्डले नेपालमा अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी लगानीको विश्वसनीय ट्रयाक रेकर्ड प्रदान गरेको छ, जसका आधारमा भविष्यमा नेपाललाई चाहिने एफ.डि.आइ.को लागि पनि प्रोत्साहन हुने उनको भनाई छ। 

नेपालमा सफल रुपमा एफ.डि.आइ. भित्र्याउनलाई डोल्मा ग्रुपले हासिल गरेको विशेषज्ञताको पूरकका रुपमा डोल्मा कन्सलटीङ्गको शुरुवात भएको हो । 

डोल्मा कन्सलटीङ्गको प्रमुखका रुपमा म्यानेजिङ्ग डाइरेक्टर जोसेफ सिल्भान्स छन्, जो स्टयाण्डर चार्टर्ड बैंकका भूतपूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि रहेका थिए ।

उनका अनुसार नेपालको निजी क्षेत्रको स्तर सुधारिएको र हाल बैंक, कर्पोरेट सेक्टर तथा इन्फास्ट्रक्चरका परियोजनामा अन्तर्राष्ट्रिय पुँजीको माग रहेको छ । 

डोल्मा कन्सलटीङ्गले यस्ता अन्तर्राष्ट्रिय पुँजीको खोजी तथा परिचालनका लागि विभिन्न सेवाहरु प्रदान गर्दछ । नेपालका कम्पनीहरुलाई अन्तर्राष्ट्रिय इक्विटी, ऋण तथा मिस्रित वित्त खोजि गर्ने सेवाहरु डोल्मा कन्सलटीङ्गले प्रदान गर्दछ । 

डोल्मा ग्रुप अन्तर्गत डोल्मा इम्प्याक्ट फण्ड, डोल्मा हिमालयन इनर्जी डोल्मा कन्सलटीङ्ग तथा डोल्मा फाउण्डेशन रहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x