घरमा पसेको बाढीमा पौडिएर रमाउँदै यो जोडी (भिडियोसहित)

काठमाडौं–भारतको प्रयागराजमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ ।


Advertisement

मानिसको घरभित्रै बाढी पसेपछि मानिसहरु तनावमा छन् । तर, त्यही बाढीको पानी आफ्नो घरभित्र पसेपछि एक जोडी भने रोमान्समा देखिएका छन् । 

प्रयागराजमा एक घरमा पानी पसेपछि एक जोडीले त्यसको आनन्द लिएका छन् ।


Advertisement

पतिसँगै उनकी पत्नीले हात समात्दै सीढीमा गएकी छिन् र पुनः पानीमा डुब्दै पौडन सिकिरहेकी छिन् । 

उनीहरुले घरभित्र छिरेको पानीमा नै डुबुल्की मार्दै रमाइरहेका छन् ।  
 

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्