मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
पशुपतिनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् ।
४ वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर कहीँकतै नराखिएकाले जनताको जनमत लिएर संशोधन गर्न सकिने उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टी स्थानीय तह विभाग इलामद्वारा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै नेता नेम्वाङले संविधान संशोधनका लागि जनताको जनमत आवश्यक पर्ने बताए । ‘बहुदलीय प्रतिपस्र्धामा विश्वास राख्ने दलहरुले निर्वाचनमार्फत जनताबाट संशोधनका लागि आवश्यक पर्ने जनमत लिएर जसले पनि संशोधन गर्न सक्छ,’ उनले भने, ‘जनतामाझ संशोधनको मुद्दा लिएर निर्वाचनमा जान र संशोधनका लागि आवश्यक पर्ने मत आएमा संशोधन गर्न कसैले रोक्दैन ।’
संविधानसभाका अध्यक्षसमेत रहिसकेका नेता नेम्वाङले संविधान कार्यान्वयनका पक्षमा सरकारले तीव्रगतिमा काम गरिरहेको र आवश्यक ऐन कानून बनिसकेकाले अब विकास र समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे । ‘सरकारले आवश्यक कानून निर्माण गरी काम गर्ने बाटो र आधार तयार गरेको छ,’ उनले भने, ‘नेकपाको सरकारले अब ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यमा तीव्रगतिमा अघि बढ्नेछ ।’
नेता नेम्वाङले संघीय र प्रदेश सरकारको काम कारवाहीलाई सहयोग गर्दै स्थानीय सरकारका जनप्रतिनिधि अघि बढ्नुपर्ने उल्लेख गर्दै स्थानीय सरकार जनतालाई सेवा दिने तह भएकाले जनमुखी र छिटोछरितो सेवा दिएर परिवर्तनको आभाष दिन जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य धीरेन्द्र शर्मा ‘रमण’ले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिले कामबाट प्रश्न गर्नेलाई जवाफ दिनुपर्ने बताए । पार्टी र स्थानीय सरकार एक सिक्काका दुई पाटा भएकाले सरकारमा पुग्ने नेता र पार्टी चलाउने नेताको सम्बन्ध सुमधुर हुनुपर्ने उनको भनाइ छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...