×

NMB BANK
NIC ASIA

जनस्तरमा असन्तुष्टि बढ्दै गयो : सिटौला

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताउनुभएको छ । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताउनुभयो । 

Sagarmatha Cement
Muktinath Bank

    “सबै तह र तप्काको अथक संघर्ष र मेहनतबाट संविधान निर्माण भएको छ”, उहाँले भन्नुभयो, “यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो ।” सरकार संविधानको भावना अनुरुप चल्न नसकेपछि जनस्तरमा असन्तुष्टि बढ्दै गएको उहाँको आरोप थियो ।  “वर्तमान सरकार संविधानको मर्म र भावना अनुरुप चल्न सकेको छैन”, नेता सिटौलाले भन्नुभयो, “सरकार संविधानको बाटोमा नभई कम्युनिष्ट पथमा हिँड्न खोजेको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    नेता सिटौलाले सिंहदरबारको कार्यशैली परिवर्तन नगरेसम्म संविधानअनुसार जनताका पक्षमा काम नहुने उल्लेख गर्नुभयो । उहाँले काङ्ग्रेस पार्टीभित्र पनि नेताहरुले आ–आफ्ना कमजोरी सच्याएर जनताको भावना समेट्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पार्टी सङ्गठन आन्तरिक मामिलाबाट अघि बढ्नुपर्छ र नेतृत्वले पनि सबैलाई साथ लिएर हिँड्न सक्नुपर्छ ।” युवा नेता डा सुशील शर्मालाई सम्मान गरिएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४० जनाभन्दा बढी काङ्ग्रेसमा प्रवेश गरेको काङ्ग्रेसका स्थानीय नेता मदन गुरुङले जानकारी दिनुभयो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x