×

NMB BANK
NIC ASIA

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई प्रदान

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं–  सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ ।

Muktinath Bank

सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्‍याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र  प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरू गर्ने निर्णय गरेको थियो । सो पुरस्कार पहिलो पटक आज (आइतवार) डा रुइतलाई प्रदान गरिएको हो ।  
    


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा  राष्ट्रपति विद्यादेवी भण्डारीले डा रुइतलाई रु पाँच लाखको राशिसहितको सो पुरस्कार प्रदान गरिन्।


Advertisment
Nabil box
Kumari

त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने लमजुङ लक्ष्मीनगर निवासी रदी मियाँ र सोलार स्कुटर, ट्राफिक मास्क मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने प्रविधि बनाएका तनहुँका अन्वेषक विकल्प ढुङ्गानाको योगदानको कदर गर्दै ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ स्वरुप जनही रु दुई लाख ५० हजार प्रदान गरिन्। 
    
डा रुइतले आफ्नो नेतृत्वमा तिलगङ्गा अस्पताल खोली तीन दशकदेखि आँखाका उपचारमा नेपालमा मात्र नभएर भारत, भुटान, चीनलगायत देशमा पनि सेवा प्रदान गर्दै आएका छन् । उनले तिलगङ्गा अस्पतालले शुरू गरेको नयाँ प्रविधिलाई एशिया, अफ्रिका र  दक्षिण अमेरिकामा पनि लैजाने निर्णय गरिएको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

‘डा रुइत नेत्र चिकित्सा क्षेत्रमा चम्किला नक्षत्र’

राष्ट्रपति भण्डारीले डा रुइत नेत्र चिकित्साका क्षेत्रमा चम्किला नक्षेत्र भएको बताएकी छिन् ।  'नेपालको हिमाली जिल्ला लमजुङको दुर्गम क्षेत्रमा जन्मनुभएका डा इरुतले मानवकल्याणका क्षेत्रमा योगदान पुर्‍याउनुभएको छ', राष्ट्रपति भण्डारीले भनिन्, 'डा रुइत नेत्र चिकित्साको क्षेत्रमा चम्किला नक्षत्र नै हुनुहुन्छ, आगामी दिनमा उहाँले थप ख्याति प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।'

उनले आगामी दिनमा थप अनुसन्धान र आविष्कारको काम होस् भन्ने कामनासमेत गरिन्। कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने मियाँ र ढुङ्गानालाई थप आविष्कारका लागि प्रोत्साहन मिल्ने विश्वास पनि व्यक्त गरिन्। 
    
राष्ट्रपति भण्डारीले नेपाल प्रतिभाको उर्वर भूमि भएको उल्लेख गर्दै यस धर्तीमा विश्व शान्तिका अग्रदूत गौतमबुद्ध, वेद र  पुराणका रचनाकार व्यास, ऋषि याज्ञवल्क्यले जन्म लिएको र  ‘रामायण’का रचयिता वाल्मीकि आदिको पवित्र कर्मथलो भएको स्मरण गरिन्।
    
उनले नेपाललाई विश्वमा चिनाउने प्रतिभाको ठूलै सङ्ख्या यहाँ रहेको उल्लेख गर्दै नेपाल सरकारले मुलुकको शान्ति, सुशासन, नवप्रवत्र्तन, वैज्ञानिक खोज, अनुसन्धान गर्ने तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्ने र योगदानको कदर गर्ने नीति लिएको प्रति खुशी व्यक्त गरिन्। 
    
राष्ट्रपति भण्डारीले भनिन्, 'सरकारले राष्ट्रिय प्रतिभालाई पुरस्कार प्रदान गर्ने परम्पराको थालनी गरेको छ, सरकारले हरेक वर्ष असाधारण प्रतिभा भएको व्यक्तिलाई सम्मान गर्दा प्रोत्साहन मिल्छ, यो कार्यका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु ।'

सो अवसरमा  उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुरस्कार प्रदान गर्नुको मुख्य उद्देश्य मुलुकमा नवप्रवत्र्तन, वैज्ञानिक खोज तथा विकासमा लाग्न प्रेरित गर्नु र  बालबालिकालाई प्रोत्साहन दिएको स्पष्ट पार्दै यसबाट देशका युवापुस्ताको नवप्रविधिको आविष्कारमा आकर्षणमा वृद्धि हुनेछ भन्ने विश्वास व्यक्त गरे।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x