नायिका केकी अधिकारी चढेको गाडी दुर्घटना

फोटो पुर्णेन्दु झाको फेसबूकबाट

काठमाडौं – नायिका केकी अधिकारीसहित कलाकारहरू चढेको गाडी दुर्घटना भएको छ । यद्यपि सबै सकुशल छन् ।

गाडी गएरातिको समयमा दुर्घटना भएको चलचित्र निर्देशक पुर्णेन्दु झाले फेसबूकमार्फत जानकारी दिएका छन् ।


Advertisement

'हिजो राति करीब २ बजेर ५ मिनेट जाँदा रौतहट जिल्लाको कटहरिया नपामा हामी सवार स्कोर्पियो गाडी दुर्घटना भयो तर हामी सम्पूर्ण टीमलाई सामान्य चोटपटक बाहेक केही पनि भएन । आमाबुबाको आशीर्वाद र भगवानको कृपाले हामी सबै सुरक्षित छौं । दुर्घटनापछिको तस्वीरमा हामी ।' तस्वीरसहित उनले लेखेका छन् ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्