×

NMB BANK
NIC ASIA

जनकपुरधाम– जनकपुरधामलाई पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले ‘अद्वितीय जनकपुरधाम, वन एन्ड ओन्ली जनकपुरधाम’ नामक एउटा चित्र पुस्तक प्रकाशन गरेको छ ।

Muktinath Bank

जनकपुरधामका आध्यात्मिक तथा पुरातात्विक महत्त्व बोकेका प्रमुख मन्दिरहरू, सरोवरहरू, चाडपर्व तथा जीवनशैलीलाई दर्शाउने उक्त पुस्तक गत आर्थिक वर्षमा नै प्रकाशन गरिएको भएपनि अहिले आएर मात्र सार्वजनिक गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुल १ सय पृष्ठ रहेको उक्त चित्र पुस्तिकामा जनकपुरधाम उपमहानगरपालिकाले बनाएको नगर गान ‘जनकपुरधाम गान’लाई पहिलो पृष्ठमै छापिएको छ । 


Advertisment
Nabil box
Kumari

जनक जानकीक पावन भूमि अपन जनकपुरधाम, 
संस्कृति सभ्यता एतुक्का अछि हमार पहिचान,
जनसेवा अछि धर्म कर्म सबके मान सम्मान,
सुन्दर स्वच्छ समृद्ध नगर हो इएह हमर अभियान,
जय जय जनकपुरधाम ! 
जय जय जनकपुरधाम !!

Vianet communication
Laxmi Bank

दोस्रो पृष्ठमा उपमहानगर प्रमुख लालकिशोर साहले शुभकामना सन्देश लेखेका छन् ।

जानकी मन्दिरको छेउमै रहेको विवाह मण्डपस्थित माता सीताले हातले दिएको आशिर्वादको तस्बिरबाट शुरू गरिएको पुस्तकमा विवाह मण्डपमा रहेको राम जानकीको युगल जोडी सहितको प्रतिमाको मूर्तिको तस्बिर राखिएको छ । तेस्रो पृष्ठमा जानकी मन्दिरमा आयोजित रामजानकी विवाह पञ्चमी महोत्सवको रात्रिकालीन हवाई दृष्यको मनमोहक तस्बिर राखिएको छ ।

जानकी मन्दिरमा अवस्थित भगवान राम र सीताको तस्बिर, जानकी मन्दिरको उत्तर, मध्य र दक्षिणी दिशातर्फको कलात्मक गुम्बज सहितको दृष्यको तस्बिर पाँचौं पृष्ठमा राखिएको छ ।

धार्मिक महत्त्व बोकेको गंगा सागरको रात्रिकालिन तस्बिर, जानकी मन्दिरको परिसरमा रहेको लक्ष्मण मन्दिर, जानकी मन्दिरमा फूल तथा पूजाका सामग्री बेचिरहेका मालीका दृष्य समेत तस्बिरमा समेटिएका छन् ।

जानकी मन्दिरमा भगवान राम र सीतालाई दुवै हात जोडेर प्रार्थणा गरिरहेकी एक महिला श्रद्धालु भक्तजन तथा एक पुरुष तीर्थयात्रीको तस्बिर राखिएको छ ।

राम मन्दिरको पछाडिपट्टि बनिरहेको निर्माणाधीन भगवान शिवको मन्दिर, राम मन्दिरको प्रवेशद्वार, पगोडा शैलीमा कलात्मक ढंगले बनाइएको भगवान रामको मन्दिर ११औं पृष्ठमा राखिएको छ । 

गंगासागर सरोवरमा हुने गरेको गंगा आरतीको दृष्य, गंगासागर सरोवरको सामुन्ने रहेको भूतनाथ मन्दिरमा एक साधुले पाठ गरिरहेको तस्बिर, गंगा सागरको पोखरी सहितको हरियो पानी सहितको तस्बिर समेत उक्त चित्र पुस्तकमा समेटिएको छ ।

जनकपुरधाम शहरभित्र आवागमन गर्नका लागि मान्छेको दैनिक जीवनको हिस्सा बनेको ई–रिक्सा समेत राखिएको छ । राम जानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन गाउँबाट टायर गाडामा चढेर आइरहेका श्रद्धालु भक्तजनको दृष्य, विवाह पञ्चमी महोत्सवमा सहभागीले स्थानीय बाजा ड्रम बजाइरहेको दृष्य, भक्तजनले रामजानकी भगवानको डोला बोकिरहेको दृष्य समेतको तस्बिर उक्त पुस्तकमा राखिएको छ ।

राम जानकी विवाह पञ्चमी महोत्सवका अवसरमा भगवान हनुमानको झाँकी बनेका मानिसको दृष्यदेखि डोलालाई जनकपुर नगर परिक्रमा गर्दाका अवस्थाका लाखौं श्रद्धालु भक्तजनको भीडलाई तस्बिरमार्फत देखाउन खोजिएको छ ।

त्यसैगरी रामजानकी विवाह पञ्चमी महोत्सवका अवसरमा नेपाली सेनाका टोलीले बजाउने गरेको ब्याण्ड बाजा, ढोल, पिपही सहितको स्थानीय बाजा बजाउँदै गरेको नगर परिक्रमा सहितका तस्बिर पनि समेटिएका छन् । उक्त अवसरमा जनकपुरधाम आएका विदेशी पर्यटकले खिच्दै गरेको तस्बिर, सिंगारिएको जानकी मन्दिरको तस्बिरले जनकपुरधामको उक्त महोत्सवको महत्वलाई झल्काउने गरी आकर्षक तथा मनमोहक रंगिन रात्रिकालीन तस्बिर राखिएको छ । 

तराई मधेशमा मनाइने महान आस्थाको पर्व छठको सन्ध्या अघ्र्र्य दिइरहेको दृष्य, पोखरीहरू आकर्षक तरिकाले सजाइएको अवस्थाको रात्रिकालीन तस्बिर समेतले जनकपुरको छठको बैभव झल्काउने गरी तस्बिरहरू राखिएका छन् । छठ पर्वका लागि चढाइने प्रसाद, केरासहित अन्य सामग्री बोकेर लग्दै गरेको दृष्य सहितको तस्बिर राखिएको छ ।

जनकपुरधामको प्रसिद्ध रत्नसागर मन्दिरको हवाई दृष्य, सडकमा स्थानीय आँप, तरकारी बेच्दै गरेको दृष्य, एउटा साधुले बाँसुरी बजाइरहेको दृष्य तस्बिरमा राखिएको छ । गंगासागरको पोखरीस्थित शिव मन्दिर, धार्मिक अनुष्ठानकका लागि महिलाहरूले पोखरीमा भरिरहेको कलश तथा कलशयात्रा सहितको तस्बिर राखिएको छ । 

जनकपुरधाम शहरको सडक विस्तारका क्रममा स्थानीयले भत्काएको घरदेखि निर्माण भएको सडक, धनुषाको खजुरी स्टेसनमा थन्क्याएर राखिएको पुरानो रेलको इन्जिनमा बसेर स्थानीय बाजा घुम्की बजाइरहेका एक वृद्धको तस्बिर राखिएको छ । जनकपुरको सडक छेउमा बसेर हजामले दाह्री, कपाल काट्दै गरेको दृष्य समेत समेटिएको छ । सैलुनमा महंगो हुने भएकाले कम आम्दानी भएका मानिस सडक छेउमै रहेका ती हजामहरूबाट कपाल तथा दाह्री बनाउने गर्छन् ।

त्यसैगरी जनकपुरको अत्यन्तै प्रसिद्ध रहेको पानको पात तमोली समुदायले कसरी बाँसको टोकरीमा राखेर बेच्ने गरेका छन्, ती दृष्य समेत राखिएको छ । मिथिलाको लोकनाच झिझिया नाच्दै गरेका महिलाका दृष्यदेखि मिथिला चित्रकलासम्मका तस्बिरहरू राखिएका छन् ।

धार्मिक सरोवर बिहार कुण्डको आकर्षक हवाई तस्बिर, जनकपुरधामको हवाई तस्बिर, राजा जनकले हलो जोत्दै गर्दा सीताको उत्पति भएको प्रतिमा सहितको पिडारी चोकको तस्बिर, विद्यापति चोकमा मिथिलाका महाकवि विद्यापतिको प्रतिमा सहित सांगीतिक घडी सहितको टावरको तस्बिर राखिएको छ ।

जनकपुरधाम उपमहानगरको ग्रामिण क्षेत्रमा माटोले बनेको घरदेखि जनकपुरकै विद्यापति नगरमा एकै मोडलका पर्खाल सहित स्थानीयहरूले बनाएको घरका तस्बिर उक्त पुस्तकमा समेटिएका छन् ।

किन बनाइयो चित्र पुस्तक ?

डेढ वर्षअघि जनकपुरधामका प्रमुख लालकिशोर साह काठमाडौंस्थित युनेस्कोको कार्यालयमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने प्रयासका लागि डेलिगेसन गएका थिए ।

त्यहाँ उनले विभिन्न ठाउँका करीब १ सयवटा पुस्तक भेटेछन्, तर जनकपुर वा जानकी मन्दिरबारे एउटा पनि पुस्तक थिएन । उनले त्यति नै बेला अठोट गरेछन्, जनकपुरधामको प्रचार–प्रसारका लागि कुनै न कुनै पुस्तक प्रकाशन गर्नुपर्छ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमण हुँदा उनले उपमहानगर प्रमुख साहलाई तीनवटा पुस्तक हस्तान्तरण गरेका थिए, जसमध्ये एउटा उत्तर प्रदेशको चित्र पुस्तक पनि थियो । सोहीबाट प्रेरित भएर चित्र पुस्तक प्रकाशन गर्ने निर्णयमा पुगेको उनले बताए ।

‘जनकपुरधामको पनि एउटा चित्र पुस्तक तत्काल बनाउन सकिन्छ भनेर मैले जनकपुरधामको विभिन्न धार्मिक तथा रामजानकी विवाह पञ्चमी महोत्सवको डोला यात्रा साहितको तस्बिर राखी काम शुरू गराएँ,’ उपमहानगर प्रमुख साहले भने, ‘अहिले पहिलो संस्करण भएकाले हतार–हतारमा पुस्तक छापिएको हो । मिथिला हेरिटेजसहितको फोटो र थप सांस्कृतिक तथा धार्मिक फोटोहरू दोस्रो संस्करणमा राखिनेछ ।’

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका छोरा सुमित शेखर र उनका सचिवालयमा कार्यरत दिपेश साहले आफ्नै क्यामेराबाट ती सबै तस्बिर खिचेको दिपेशले बताए । 

काठमाडौंको एउटा प्रिन्टिङ प्रेसबाट ती पुस्तक छापिएको हो । सबै रंगिन तस्बिर रहेको तथा आवरण समेत गरेर एउटा पुस्तकको ८ सय रूपैयाँ पर्न गएको दिपेशले बताए । 

साहका अनुसार कुल ५ सय पुस्तक अहिले छापिएको हो । करीब ४ लाख रूपैयाँ जति बजेट उक्त चित्र पुस्तकका लागि उपमहानगरले गत आर्थिक वर्ष २०७५/०७६ मा बजेट छुट्याएको साहले बताए ।

जनकपुरधामको पर्यटन प्रवर्द्धनका साथै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन र युनेस्कोको कार्यालयमा समेत राख्नका लागि उक्त पुस्तक छापिएको प्रमुख साहका स्वकीय सचिव दिपेशले लोकान्तरलाई जानकारी दिए ।

हेर्नुहोस्, केही तस्वीरहरू :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x