×

NMB BANK
NIC ASIA

उकालो लाग्यो शेयर बजार, दोहोरो अंकले बढ्यो नेप्से

असोज १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोवार रकममा भने खासै वृद्धि हुन सकेन । स्टकका अनुसार कूल १५७ कम्पनीको छ लाख ३३ हजार ९५१ कित्ता शेयर रु १६ करोड ८८ लाख २८ हजारमा खरीद–बिक्री भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह ६.८२ विन्दुले घट्दा बैंकिङ ९.८१, होटल ४९.०२, विकास बैंक ९.८९, जलविद्युत् २०.१८, वित्त ३.१७, निर्जीवन बीमा ६६.४९, उत्पादन ३८.८९, लघुवित्त १०, जीवन बीमा ७१.८६ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन् ।
 
कारोवारका आधारमा आज सनराइज बैंक शीर्ष स्थानमा  छ । सो बैंकको रु दुई करोड १३ लाख ६० हजार २६५ बराबरको कारोवार भयो । यस्तै प्रभु बैंक रु एक करोड ३१ लाख ११ हजार ४७०, नेपाल बैंक रु एक करोड १८ लाख ९८ हजार ९५८, सानिमा बैंक रु ८२ लाख ३७ हजार २३६, सिटिजन बैंकको संस्थापक शेयर रु ७५ लाख  र शिवम् सिमेन्टको रु ७० लाख ३४ हजार ७४० मा कारोबार भइ शीर्ष स्थानमा छन् । 


Advertisment
Nabil box
Kumari

स्टकका अनुसार बढेको बजारमा युनियन हाइड्रो पावर ५.८८, साञ्जेन जलविद्युत् कम्पनी ५.५२, तिनाउ मिशन डेभलपमेन्ट बैंक ५.४४, युनाइटेड फाइनान्स ५.२०, सानिमा माई हाइड्रोपावर ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२० प्रतिशतले कमाए ।

Vianet communication
Laxmi Bank

माउन्टेन हाइड्रो ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सानिमा बैंक ३.६२, मल्टिप्रपोज फाइनान्स कम्पनी २.९१, सेन्ट्रल फाइनान्स २.६७ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०८ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x