×

NMB BANK
NIC ASIA

हिजो दिनभर : यस्ता छन् देशभरका प्रमुख समाचार

असोज २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

महानवमी मनाइयो
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व सोमवार दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइयो । 

Muktinath Bank

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । 


Advertisment
Nabil box
Kumari

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेकोले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

Vianet communication
Laxmi Bank

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गरिएको छ । सोमवार बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।


हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर पनि सोमबार खुल्यो । सो मन्दिर हरेक वर्ष रामनवमीको दिन एकदिन मात्रै खुल्ने गर्छ । 

मन्त्री भट्टराई अनुगमन
    
चाडबाड पनि नभनी आफ्नो मन्त्रालय मातहतको आयोजनाको अवस्था के छ भनेर बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सोमबार दिनभर भैरहवा आसपासमा सक्रिय रहे ।  निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र अन्तरराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको स्थलगत निरीक्षणमा उनी व्यस्त भएका हुन् । 


विमानस्थलको काम के भइरहेको छ, अवस्था के छ भन्ने कुराको जानकारी लिन मन्त्री भट्टराई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, इन्जिनियर प्रदीप अधिकारीसहितको टोली लिएर सोमबार निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पुगेका हुन् ।

मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साघुरो भएका कारण विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल निर्माण शुरु गरिएको हो । 
विमानस्थलको भौतिक निर्माणका काम करिब करिब अन्तिम चरणमा पुगेका छन् । यस्तै सूचना तथा सञ्चारसँग जोडिएका  उपकरण आउने क्रममा नै छन् । ब्यागेज ह्यान्डिलिङ सिस्टमको डीएचएस र लिफ्टका सामान सिंगापुरबाट आउने चरणमा छन् । चीनबाट ल्याउनुपर्ने केही सामान आइसकेको छ । सेन्ट्रल एसी र लाइटको सामान चीनबाट आयात भई जडानको क्रममा छन् । यस्तै धावनमार्गमा राखिने बत्तीको काम भइरहेको छ । 

आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ले काम गरिरहेको छ । 
 

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेका छन् । इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मनकामना केबलकार तीन दिन बन्द  

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा सोमबारदेखि तीन दिनसम्मका लागि बन्द गरिएकोे छ ।

नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक वर्ष तीनदिन बन्द गर्दै आइरहेको मनकामना केबलकार सेवा सोमबारदेखि २२ गतेसम्मका लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए । 

प्रहरी प्रधान कार्यालयमा ‘मौलोपूजा’ 

प्रहरी प्रधान कार्यालय नक्सालमा बडादशैँको अवसरमा परम्परागतरुपमा मनाउँदै आएको ‘मौलोपूजा’ गरिएको छ । 

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित पूजाअर्चना तथा सङ्कल्प गरे ।  महानिरीक्षक खनालले बली पूजा गर्नुका साथै निसानमा पञ्जा छापसमेत लगाएका थिए । यस्तै सशस्त्र प्रहरीले पनि मौलोपूजा गरेको छ । 

बौद्धधर्मावलम्बी मौन व्रत बस्दै

बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी पशुबलि दिएर दशैँ मनाइरहेका बेला बौद्धधर्मावलम्बी भने फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिरहेका छन् । उनीहरु दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन् ।

दशँैमा बलि दिइएका पशुपक्षीको आत्माको शान्तिका लागि  बौद्धधर्मावलम्बीले मौन ब्रत  बसी धादिङका १९ गुम्बामा ध्यान गरिरहेको लामा गुरु कर्मदोर्जे लामाले बताए । 
जीवनमा जानी वा नजानी गरिएका कुकर्म र  पापबाट मुक्त हुने विश्वासका साथ  बौद्धधर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ । ङ्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपसना हो । बौद्ध धर्मावलम्बी विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् ।  दशैँमा बस्ने न्युङने व्रतको भने छुट्टै महत्व रहेको लामाको भनाइ छ । 

महाकाली अस्पतालमा चिकित्सक अभाव 

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ । दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र ‘रिफर’ गरिँदै आएको छ । चिकित्सककै अभावमा बिरामीले भारतीय निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराउनु परेको छ ।

अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी भए पनि प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला रोग विशेषज्ञ शम्भु जोशी गरी दुई चिकित्सक मात्रै कार्यरत छन् । अस्पतालमा डेन्टल नवौँ तहका सात मेडिकल अधिकृत, १०औँ तहका १६ र ११औँ तहका चार चिकित्सकको दरबन्दी भएपनि दुईबाहेक सबै दरबन्दी रिक्त अवस्थामा रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए । 

फुटबलको विषयमा विवाद हुँदा फायरिङ

फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ ।

“फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ ।”

छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । 

दुर्घटना तीनको मृत्यु 

अर्घाखाँचीको नरपानीमा सोमबार दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । 

 प्रमुख शाक्यको आग्रह

काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरूपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन् । 

उनले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताए । 

सांसद भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीको उपस्थितिमा आइतबार त्यहाँको काममा अवरोध भएको थियो । दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पु¥याइएको छ ।

    प्रधानमन्त्री ओली झापामा

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सोमबार गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् । 

सोमबार बिहान झापा आउनुभएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा सोमबार आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन भद्रपुर विमानस्थल आइपुग्दा पार्टी नेता तथा सरकारी अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले बर्सेनी दशैँ, तिहार र छठ पर्वका अवसरमा विगत २५ वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x