×

NMB BANK
NIC ASIA

पर्यटकलाई आकर्षित गर्न महभिर झरनामा सौन्दर्यकरण

असोज २३, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

म्याग्दी –पर्यटकलाई आकर्षित गर्नका लागि महभिर झरनामा सौन्दर्यकरण गरिएको छ ।

Muktinath Bank

समुदाय, स्थानीय तह र विभिन्न निकायको प्रयासमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानस्थित महभिर झरनाको सौन्दर्यकरण गरिएको हो । बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने र आउने पर्यटकहरुलाई आकर्षित गराउन पूर्वाधार निर्माण गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झरनाको पूर्वाधार विकासका लागि पछिल्लो दुई वर्षयता रु १५ लाखभन्दा धेरै खर्च भएको छ । महभिर झरना बेनी–जोमसोम सडकको नजीकै छ । तर प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको थियो । झरनाको फेदीमा कृत्रिम पोखरी, घेराबार, पार्क, सूचना बोर्ड, विश्रामस्थल र पदमार्ग निर्माण भएको वडाध्यक्ष गमप्रसाद फगामीले बताए। यस वर्ष कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले झरनाको फेदीमा तारबार गरेको छ । 


Advertisment
Nabil box
Kumari

झरना वरिपरी तीन वटा विश्रामस्थल बनाइएको छ । जहाँ सुविधायुक्त तरिकाले बसेर झरनाको दृश्य अवलोकन गर्न सकिन्छ । पर्यटकलाई सुरक्षित रुपमा अवलोकन गर्ने व्यवस्था मिलाउन तारबार गरिएको हो । प्रसारण लाइन आयोजनाको वातावरण तथा सामाजिक विभागले तारबार लगाउन वडा कार्यालयले सिफारिस गरेको छ । महभिर झरनामा पूर्वाधार बनाउन पाँच लाख रुपैयाँ खर्च भएको आयोजनाका प्रमोद न्यौपानेले बताए। 

Vianet communication
Laxmi Bank

यसैगरी शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको रु तीन लाख सहयोगमा झरना अवलोकन गर्ने ठाउँमा ढुङ्गा बिछ्याइएको छ । गमलामा फूल रोपिएको छ । सडक छेउमा झरनाको परिचय दिने सूचना बोर्ड राखिएको छ भने प्रवेशद्वारसमेत निर्माण भएको छ । 

गत वर्ष गाउँपालिकाको रु पाँच लाख सहयोगमा झरनाको फेदीमा भिरालो जमीन सम्माएर मैदान र फराकिलो बनाइएको थियो । ८० वटा ग्याबियनको पर्खाल लगाएर झरनाको फेदीमा दुई मिटर गहिरो कृत्रिम पोखरी बनाइएको छ । 

पूर्वाधार सुविधासँगै झरनाको अवलोकन गर्ने पर्यटकको चहलपहल बढेको महभिरका कृष्णकुमार गर्बुजाले बताए। यसअघि प्रचारप्रसार र पूर्वाधारको कमीले झरना सुनसान थियो । झरनाको फेदीमा रहेको साढे १६ रोपनी सार्वजनिक जग्गा पहिचान गरिएको छ । सार्वजनिक जग्गाको अतिक्रमण हटाएर पूर्वाधार निर्माण गर्ने वडाध्यक्ष फगामीले बताए। 

पहाडको फेदीमा करीब एक सय मिटर माथिबाट निकै आकर्षक र मनमोहक देखिने बेनीकी प्रतिज्ञा सुवेदीले बताए। उक्त झरना नजीकै मन्दिर पनि छ । जहाँ पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ । रेलिङ, पार्किङ स्थल र प्रतीक्षालय निर्माण गर्ने योजना रहेको वडाध्यक्ष फगामीले बताए। यस वर्ष सार्वजनिक शौचालय बनाउन रु दुई लाख विनियोजन भएको छ । 

साहासिक खेल क्यानोइङ सञ्चालन गर्न सम्भाव्यता अध्ययनको तयारी भएको वडाध्यक्ष फगामीले बताए। व्यवस्थित बनाएपछि प्रवेश शुल्क लिने र गाउँपालिकाको आयस्रोतका रुपमा समेत परिचालन गर्न सकिने सम्भावना छ । 

देवीस्थान स्वास्थ्य चौकीको भवन निर्माण 

मालिका गाउँपालिका–५ देविस्थानमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराको रु एक करोड ६० लाखको लागतमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो ।

भवनको पूर्वाधार निर्माण गरेर एकाइमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको निर्माण कम्पनी भगवती मालिका निर्माण सेवाका सञ्चालक गोपाल भट्टचनले बताए। २०७३ देखि भवन निर्माण शुरु भएको थियो । १९ वटा कोठा भएको भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधि भण्डारण, श्यया रहने छुट्टा÷छुट्टै कक्ष छन् । नयाँ भवनबाट सेवा शुरु गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष पिपला बुढाथोकीले बताए। 

यसअघि स्वास्थ्य चौकी मगरदाङस्थित पुरानो भवनबाट सञ्चालन गरिएको थियो । भवन र पर्याप्त पूर्वाधारको अभावमा सेवा प्रवाहमा समस्या भएको थियो । एकाइले एक वर्षयता मालिका गाउँपालिका–४ च्युरीबोट, अन्नपूर्ण गाउँपालिका–८ राम्चे, ६ घार, रघुगङ्गा गाउँपालिका–३ पिप्ले र मङ्गला गाउँपालिका–३ बरञ्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको छ । 

कुहुँ, हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्य चौकीको भवन निर्माणाधीन छन् । सदरमुकामस्थित बेनी अस्पतालको ५० श्यया क्षमताको भवन निर्माणाधीन अवस्थामा छ । अस्पताल परिसरमा दुई वटा चिकित्सक र स्वास्थ्यकर्मी आवास भवन निर्माण भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x