×

NMB BANK
NIC ASIA

चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाउँछः टंक कार्की

असोज २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं । चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई अझै राम्रोसँग चिनाउने बताएका छन् । 
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै पूर्वराजदूत कार्कीले यस्तो बताएका हुन् । उनले भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनु सुखद समाचार हो । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । २३ वर्ष अगाडि र पछाडि यो बीचको दरबियानमा बाग्मतीमा धेरै पानी बगे । प्रशान्त महासागरमा पनि पानीका छालहरु धेरै आए । उतारचढाव भए । हामी अहिले नयाँ परिवेश र नयाँ युगमा छौं । चीन र नेपाल दुवै यतिवेला नयाँ युगमा छन् । परिवर्तनको एउटा संघारमा हामी उभिएका छौं । यतिखेर चीनजस्तो अहिलेको दुनियाँको एउटा उदयीमान राष्ट्रका सर्वोच्च नेता राष्ट्रपति नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । स्वयम नेपालको निम्ति आफैंमा एउटा गर्वको विषय हो । आफैंमा एउटा नेपालको प्रतिष्ठाको एउटा सम्मान पनि हो ।’
उनले उक्त भ्रमणको बारेमा नेपाली राजनीतिक वृत्तमा विचारधारात्मक रुपमा आन्तरिक रुपमा विभाजित भएपनि राष्ट्रपति सीको नेपाल भ्रमणबारे सबै एकमत रहेको दाबी गरे । उनले भने,‘सीको नेपाल भ्रमणबारे नेपाल एक ढिक्को छ । भ्रमणको पूर्ण सफलताको कामना पनि छ । योगदानको बारेमा राजनीतिक वृत्तमा एउटै अवधारणा छ। नेपालको हितमा प्रयोग गरिनुपर्छ । बढिभन्दा बढि नेपालको हितमा परिलक्षित गर्नुपर्ने मत छ ।’
उनले नेपालका राजनीतिक दलहरु र नेपालीहरु अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक सम्बन्धका मामिलामा सधैंभरि एक ढिक्का भएको पनि सुनाए । उनले भने,‘यहाँ आईपर्ने आपत्तविपत्तमा पनि हामी एक ढिक्का भएर सामना गरेका छौं । प्रजातन्त्रको पूर्नस्थापनामा पनि र हामीले एकजुट भएर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका हौं ।’ 
चिनियाँ राष्ट्रपति सी भारत भ्रमण गरेर नेपाल आउने सुनाउँदै कार्कीले भने,‘उहाँ भारत भ्रमण गरेर नेपाल आउँदै हुनुहुन्छ । चीन र भारतको सम्बन्धलाई प्रस्तुत गर्दा प्रतिद्धन्द्धीतमा प्रस्तुत गर्ने गरिन्छ, तर उनीहरुको प्रतिद्धन्द्धिताको आयाम चाहीँ साँघुरो छ । सहयोगात्मक क्षेत्र फराकिलो छ । आपसी हितमा उनीहरुको साझा एजेण्डा छन् । भित्रभित्र उनीहरुबीच सहयोग छ । नेपालले छिमेकीको हितमा, उनीहरुको बीचमा सद्भावका आधारमा आफ्नो सम्बन्ध स्थापित गर्नुपर्छ । त्यसो गर्दा नै हाम्रो हित हुन्छ ।’
उनले सीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि कुनै कसर बाँकी राख्न नहुने पनि सुनाए । उनले भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिने, अझ गहन बनाउने, अझ सुदृढ बनाउने र अझ गहकिलो बनाउने पनि विश्वास दिलाए । उनले भने,‘दुई देशबीचको आपसी सम्बन्धलाई फराकिलो बनाउने । अपासी विश्वास र समझदारीलाई अझ उँचो बनाउन यो भ्रमण फलदायी हुनेछ ।’
त्यस्तै, उनले आर्थिक क्षेत्रको उपलब्धिको दिशा के हो ? भन्नेबारे नेपालले आफ्नो आर्थिक क्षेत्रका अपेक्षाहरु चीनसमक्ष यसअघि नै राखिसकेको पनि सुनाए । उनले भने,‘केपी शर्मा ओली अघिल्लोपटक चीन जाँदा हामीले ऐतिहाँसिक महत्व राख्ने सन्धि, सम्झौता गरेका छौं । मूलतः तीनै सन्धि, सम्झौताको घेराभित्र रहेर त्यसलाई कसरी प्रभावकारी र ठोस रुपमा अघि बढाउने भन्ने नै हो । सीको भ्रमणको क्रममा यसबारेमा विशेष ध्यान दिनुपर्छ ।’ 
पूर्वाधार विकासमा चिनियाँ सहयोग र नेपालको औद्योगीकरणको निम्ति चिनियाँ विदेशी पुँजी नेपालमा भित्र्याउने बारेमा अलिक बढि फोकस गर्नुपर्ने उनको सुझाव छ । उनले भने,‘शपिङ लिष्ट होईन, हामीले मुख्य कुरामा ध्यान दिनुपर्छ ।’ नेपालले छानेको र प्राथमिकता दिएको परियोजनामा आफूहरु मद्दत गर्न तयार रहेकोबारे चिनियाँ विदेशमन्त्रीले हालै गरेको नेपाल भ्रमणको क्रममा आफ्नो पोजिशन राखेको पनि उनले सुनाए । 
उनले भने,‘बल अब हाम्रो कोर्टमा छ । नेपालले आफ्ना परियोजना के हो ? मेरो जुत्ताको साईज कत्रो हो भनेर पहिचान गर्न सक्नुपर्छ । थोरै अवधिमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सुनिशिचत भएको छ । हामी सबैले यसलाई सफल तुल्याउनको लागि योगदान गर्नुपर्छ ।’
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई केन्द्रमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदुतहरुको छलफलमा पनि भ्रमणलाई सफल बनाउनेबारे कुराकानी भएको उनले सुनाए । उनले भने,‘आजैमात्रै पनि कांग्रेसका साथीहरु, भूतपूर्व प्रम, पूर्व राजदुतहरुको बालुवाटारमा बैठक भएको थियो । यो भ्रमणले निसन्देह नेपालको निम्ति दिर्घकालिन असर गर्नेगरि दुइै देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने र अन्तर्राष्ट्रिय जगतमा अझै राम्रोसँग चिनाउने काम गर्नेछ ।’ उनले नेपालले स्वतन्त्र विदेश नीतिमा आफ्नो छबि प्रस्तुत गर्ने कुरामा कुनै द्धिविधा नरहेको पनि जिकिर गरे । 
त्यस्तै कार्यक्रममा चीनको लेशान नर्मल विश्वविद्यालयका एशोसिएट प्राध्यापक डा. बुद्धि प्रसाद शर्माले नेपालले झिनामसिना सम्झौताभन्दा दिर्घकालिन हित हुने परियोजनामा सम्झौता गर्नतर्फ बढि ध्यान दिनुपर्ने सुझाव दिए । 
उनले चीनमा देङसियाओ पिङपछि चिनियाँहरुले सबैभन्दा बढि मान्ने नेतामा वर्तमान राष्ट्रपति सी पर्ने बताए । उनले थपे,‘उहाँको देशभित्र र बाहिर दुवैतिर त्यतिनै राम्रो छबि छ । उहाँलाई मान्नेहरु देशबाहिर पनि उतिकै छन् । चीनले अघि सारेको बेल्ट एण्ड रोड ईनिसिएटिभले विश्वभरि एउटा आशा सञ्चार गरेको छ । सीको यो नेपाल भ्रमण अत्यन्तै ऐतिहाँसिक र महत्वपूर्ण छ ।’
उनले सीको नेपाल भ्रमणलाई लिएर सारा विश्वले यतिवेला नेपालतिर हेरिरहेको पनि तर्क गरे । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x