माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहँदा काठमाडौंबाट नजिकको पर्यटकीय स्थल नगरकोट जाने बाटो भने नाजुक अवस्थामा छ ।
भक्तपुरको भत्केकोपाटीदेखि नगरकोटसम्म करीब १० किमी बाटो पार गर्न यात्रुले अत्यधिक धूलो खानुपरेको छ ।
सन् २०१४ मा आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्सट्रक्सन कम्पनी प्रालिले २ वर्षभित्र काम सक्ने गरी सम्झौता गरेका थिए ।
तीन पटकसम्म म्याद थप गर्दा पनि सामान्य ग्राबेल गर्नेबाहेक कुनै काम हुन सकेको छैन ।
शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदा अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का घरबेटी हुन् ।
नगरकोट आउजाउ गर्ने मुख्य सडक नै वर्षौं अलपत्र हुँदा पर्यटन व्यवसायमै असर परेको नगरकोटका होटल व्यवसायी बताउँछन् ।
एक्जिम बैंक इन्डियाको ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँ ऋण सहायतामा करीब १६ किलोमिटर लामो बाटो विस्तार गर्ने सम्झौता भएको थियो ।
साविक साढे ३ मिटरको सडकलाई बढाएर सात मिटर तथा घुम्तीमा ११ मिटरसम्म फराकिलो बनाउने, कालोपत्रे गर्ने र नाली-ढलको व्यवस्थापन गर्ने गरी सम्झौता भएको थियो ।
सडकको कालोपत्रे नभएकाले बाटो धुलाम्मे हुने गर्छ । गाडीको पछाडि अर्को गाडी धूलोकै जान नसक्ने अवस्था छ ।
बाटोको यही अवस्था हुने हो नगरकोटमा पर्यटकको आगमन नहुने निश्चित छ । यसले नेपालको भ्रमण वर्ष कति सफल होला ?
सरकारले मर्मत गर्नका लागि ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने देखिन्छ ।
हेर्नुहोस्, भिडियो :
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...