×

NMB BANK
NIC ASIA

लोकान्तर खोज

धनाढ्य पूर्वमन्त्री महासेठले फिर्ता गरेनन् सवारी, सरकारी गाडीमा श्रीमती जुलीको समेत रजाइँ !

मंसिर १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रीको हैसियतमा सरकारी सुविधामा प्राप्त २ वटा गाडी अझैसम्म फिर्ता नगरेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रीको जिम्मेवारीबाट हटाइएको २ साता बितिसक्दा पनि महासेठले सरकारी सम्पत्तिमा रजाइँ गरिरहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्रोतका अनुसार महासेठले फिर्ता नगरेका २ मध्ये एउटा गाडी उनकी श्रीमती जुली महतो चढ्छिन् । महतो सांसद हुन्, तर उनलाई सांसदका रूपमा सवारी सुविधा उपलब्ध हुँदैन ।


Advertisment
Nabil box
Kumari

महासेठले मन्त्री हुँदा पत्नी आफन्तका लागि समेत भाग पुग्ने गरी सरकारी गाडी लिएका थिए ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गते महासेठसहित ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जनालाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए ।

नयाँ मन्त्रीहरूले मंसिर ५ गते शपथ ग्रहण गरेर कार्यभार सम्हालेको समेत २ साता बितिसकेको छ, तर महासेठदम्पत्ति सरकारी सुविधाको गाडी चढिरहेका छन् ।

मन्त्रालय स्रोतका अनुसार महासेठले मन्त्रालय र विभागका गरी ७ वटा गाडी लिएका थिए, त्यसमध्ये २ वटा गाडी फिर्ता नभएको हो ।

*बा२झ २२१५ र बा२झ ४०२९ नम्बरको गाडी मन्त्रालयमा फिर्ता भएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अहिले मन्त्री वसन्त नेम्वाङले सम्हाल्दै आएका छन् ।

धनी मन्त्रीको अनैतिक काम, लालची पारा !

जिम्मेवारीबाट हटेलगत्तै सुविधामा प्राप्त गाडी फिर्ता गर्नु कानूनी दायित्व र नैतिक कर्तव्य पनि हो । तर महासेठले यी दुवै कुराको ख्याल गरेको देखिँदैन ।

महासेठ आफैंले उल्लेख गरेको सम्पत्ति विवरण हेर्दा यसरी सरकारी सम्पत्तिको दुरूपयोग गरिरहनु झनै लज्जास्पद देखिन्छ ।

तत्कालीन मन्त्री महासेठले २०७५ साल वैशाख १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणअनुसार उनी आफ्ना समकक्षी मन्त्रीहरूभन्दा निकै धनी देखिएका थिए ।

१००८० – २०७४/०७५ नम्बरमा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको विवरणअनुसार ललितपुर महानगरपालिका वडा नम्बर २५ नख्खुमा ५ हजार ८ सय वर्गफिटमा फैलिएको घर छ ।

श्रीमती जुली महतोको नाममा रहेको उक्त बंगला निकै आलिशान छ ।

धनुषास्थित जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा ४ हजार २ सय वर्गफिटमा फैलिएको साढे २ तले र धनुषाकै मिथिला बिहारी नगरपालिकामा पैत्रिक घर रहेको उल्लेख उनले सम्पत्ति विवरणमा गरेका थिए ।

यसैगरी ललितपुर महानगरपालिकाभित्र २ कित्तामा गरी ४ रोपनी ४ आना जग्गाभन्दा बढी जग्गा श्रीमतीकै नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

श्रीमती जुलीकै नाममा धनुषामा ८ बिघा ५ कट्ठा, आफ्नै नाममा १ बिघा १५ कठ्ठा जग्गा रहेको मन्त्री महासेठले उल्लेख गरेका थिए ।

महासेठसँग सुन ५२ तोला छ, जसमध्ये २५ तोला दाइजोमा प्राप्त भएको दाबी उनले गरेका थिए ।

यस्तै डेढ किलो चाँदी, ४० करोड रुपैयाँ बराबरको शेयर, नगद ७२ लाख बैंक ब्यालेन्स समेत रहेको उनी आफैंले उल्लेख गरेका छन् ।

हिरा जबाहरततर्फ ७ वटा औंठी, ३ वटा हार, ३ वटा सिक्री इत्यादि रहेको देखिन्छ ।

महासेठ मन्त्री बन्नुअगाडिको चल/अचल सम्पत्तिको मूल्यांकन गर्ने हो भने अर्बमा हुन आउँछ । सगोलको १४६ विघा जग्गा त त्यसभन्दा अलग हो ।

सूचना अधिकारी भन्छन्, गाडी फिर्ता गर्नु नैतिक जिम्मेवारी !

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी मोहनप्रसाद चापागाईं मन्त्रीको रूपमा सुविधामा पाएको गाडी मन्त्रीबाट हटेपछि फिर्ता गर्नु नैतिक जिम्मेवारी भएको बताउँछन् । 

‘आफ्नो पदीय दायित्वबाट हटेपछि नैतिकरूपमा बुझउनुपर्ने हो,’ चापागाईंले लोकान्तरसँग भने, ‘अलि बढी समय भयो भने ताकेता गर्ने हो, के हुँदैछ मैले पनि बुझ्नुपर्छ ।’

राज्यमन्त्रीका पीएले पनि फिर्ता गरेनन् गाडी !

महासेठसँगै मन्त्रीबाट हटाइएकी निवर्तमान कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीका स्वकीय सचिवहरूले पनि गाडी फिर्ता गरेका छैनन् ।

चौधरी राज्यमन्त्री छँदा स्वकीय सचिव रहेका शैलेन्द्र थामी र नामुक हाङ मेन्याङ्वोले गाडी फिर्ता नगरेका हुन् । 

थामीले बा२झ १५६२ नं. र नामुक हाङ मेन्याङ्वोले बा२झ ७ नं. गाडी प्रयोग गर्थे । 

मन्त्री चौधरीले मन्त्रालय छाडेपनि स्वकीय सचिवले प्रयोग गरेका दुवै गाडी प्रयोग गरिरहेको मन्त्रालय स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार राज्यमन्त्री चौधरीको सचिवालयले प्रयोग गरेको १ थान ल्यापटप र क्यामेरा समेत फिर्ता भएको छैन ।

*गाडी नम्बर बा२झ २२१५ हुनुपर्नेमा स्रोतले दिएको सूचनाका आधारमा बा२झ २२१६ उल्लेख गर्दा अन्यथा भएकाले सच्याइएको छ ।

पढ्नुहोस्, यो पनि :

यी हुन् ओली सरकारका सबैभन्दा धनी 'अर्बपति' मन्त्री [सम्पत्तिको पूरा विवरणसहित]

जाँदाजाँदै महासेठको स्वार्थपूर्ण निर्णय– नयाँ ट्याक्सी दर्तामा अव्यवहारिक मापदण्ड !

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x