फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
भर्खर सम्पन्न उपचुनावबारे विभिन्न कोणबाट विभिन्न खाले टिप्पणी आइरहेका छन् । चुनावमा भाग लिएका दलको पनि समीक्षा बैठक जारी रहेको समाचार पढ्न पाइँदैछ ।
यी समीक्षा प्रायःजसो दलीय कर्मकाण्डभन्दा बढी हुने गरेको बिरलै पाइन्छ । ७ वटा प्रदेश रहेको देशमा क्षेत्रीय पार्टीको सम्भावना देख्नेको पनि कमी छैन । यद्यपि पुराना दलले अहिले पनि राष्ट्रिय चश्मा (काठमाडौं केन्द्रित) लगाएर चुनावको समीक्षा गर्ने गरेको पाइन्छ । जबकि आवश्यकता भनेको भूइँ सतहमा पार्टीको धरातलबारे गहन समीक्षाको हो ।
वडाध्यक्ष, अध्यक्ष वा मेयर जस्ता पदका चुनाव अहिलेको सन्दर्भमा सांसद र विधायकभन्दा अधिक महत्त्व राख्ने किल्लाको रुपमा लिनु आवश्यक छ । त्यसमा पनि कुनै दल यदि आफ्नो उर्वर जमिनमा खडेरीको सामना गर्छ भने त्यस्ता दलले त झन् कर्मकाण्डी समीक्षाभन्दा पनि तत्कालीन उर्वर रहेको जमिनको माटो परीक्षण नै गराउनुपर्छ जस्तो भान हुन्छ । खेतालाको कमजोरीभन्दा पनि खेतालाको नियतमाथि पनि प्रश्न चिह्न उठाउन सक्नुपर्छ ।
विभिन्न ५२ सीटमा भएको उपचुनावमा कुन दलले कति ठाउँमा आफ्नो झण्डा गाड्न सफल भयोभन्दा पनि आफ्नो कब्जा क्षेत्रबाट झण्डा कसरी उडेर गयो त भन्ने कुरा गम्भीर हो जस्तो लाग्छ । झण्डाका रक्षक नै भक्षक त भएनन् ? चर्चामा छ – महोत्तरीको मठिहानी गाउँपालिका–६ । जहाँ कांग्रेसले २४ अर्थात् २ दर्जन मत प्राप्त गरेको छ । कांग्रेसको किल्लाको रुपमा रहँदै आएको पिपरमा पनि कांग्रेसको लाचारीपन देखिएको छ ।
नेपालमा राणाविरुद्ध आन्दोलनदेखि लिएर पञ्चायतविरुद्ध लडाइँमा महोत्तरीको पिपरको आफ्नै योगदान रहेको इतिहास छ । नेपाली कांग्रेसले प्रजातन्त्रको लागि शंखनाद गरेको आन्दोलनमा बीपीको कोइरालाको चर्चा जति गरेपनि पिपराका रामनारायण मिश्र बीपीभन्दा कम क्रान्तिकारी थिएनन् । कांग्रेसको आधार क्षेत्र मधेश रहेको इतिहासबारे कोही अबुझ होला जस्तो लाग्दैन तर आधार प्रदानकर्ता रामनारायण मिश्रहरू थिए भन्ने जानकारी पनि हुनुपर्ने हो आमजनमा ।
कुनै बेला पिपरा र कांग्रेस पर्यायवाची शब्द नै हुने गर्थे तर वर्तमान अवस्थामा कांग्रेसले पिपरमा समेत आफ्नो आधार भूमि गुमाएको छ । रामनारायण मिश्रका छोरा हरिशंकर मिश्र एकपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएपनि कांग्रेस सांगठनिक हिसाबले कमजोर बन्दै गएको थियो ।
मठिहानीको अवस्था झन् कहालीलाग्दो छ । अघिल्लो स्थानीय तहको चुनावमा मठिहानी गाउँपालिकामा शून्यप्रायः अवस्थामा पुगेको नेपाली कांग्रेसको बिजोग छ । कुनै बेला मठिहानीमा जय नेपालको नारा लगाउनेको संख्या सर्वाधिक रहेको थियो भने आजकल सलाम र जय मधेशको नारा घन्किँदो छ । के कारणले भएको होला त यस्तो ? भनिन्छ कि नेपाली कांग्रेसमा सांगठनिक अन्तर्घात हुन्छ । केही हदसम्म यो सही पनि होला तर अन्तर्घात भनेको त भित्रिरुपमा कसैलाई गर्ने घातलाई बुझिन्छ ।
मठिहानीमा कांग्रेसका कर्ताधर्ताका रुपमा रहेका नेताले जब ‘खुलमखुल्ला’ नेपाल कम्युनिस्ट पार्टीको लागि मत मागेर हिँडछ, खर्च गर्छ र भगवान्सँग नेकपाको विजयीको लागि आशिर्वाद माग्छ भने त्यसलाई अन्तर्घात भने कि ‘प्रस्टघात’ ? अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर ३ बाट नेकपा उम्मेदवारसँगै सदरमुकाम जलेश्वरमा समेत कांग्रेसका नेताले मत मागेर हिँडेको कसैबाट लुकेको छैन । महोत्तरी कांग्रेसमा दखल राख्ने मठिहानीका ती नेताले नेकपाको कार्यकर्ताझैं मत माग्दा पार्टीले त्यस्ता नेतालाई दण्डित गर्ने ल्याकत प्रस्तुत गर्न सकेका थिएनन् ।
वडाको पछिल्लो उपचुनावमा नेकपामा कसलाई टिकट दिँदा प्रतिस्पर्धामा खडा उत्रन सक्छ र कांग्रेसबाट कसलाई टिकट दिँदा कांग्रेसको मत नेकपामा ‘स्वीप’ गराउन सकिन्छ भन्ने स्तरसम्मको क्रियाकलापको मञ्चन गरेका कांग्रेसी नेताको एकल मिसन रहेको छ, त्यो हो महोत्तरी ३ नम्बर क्षेत्रमा नेकपाको किल्ला गाड्ने तर नेपाली कांग्रेसको लाचारीपन देख्न लायक छ । महोत्तरी नेपाली कांग्रेसका जिल्ला सभापतिलाई कांग्रेसको हारमा पनि मुनाफा भइरहेको हुन्छ । टिकट वितरणदेखि लिएर चुनावी रणनीतिसम्म उनी विरोधी होस् कि कांग्रेसी सबैलाई एकै नासको माया दिने गर्छन् । दाम जताबाट आयो, उसकै पक्षमा उभिने उनको चरित्रले कांग्रेसलाई कमजोर बनाएपनि उनलाई मनग्य आर्जन गर्ने अवसर दिइरह्यो ।
महोत्तरी ३ नम्बर क्षेत्रमा नेपाली कांगेसको अवस्था रुन्चे बिमारी सरह भएको छ । झट्ट हेर्दा शरीर स्वस्थ देखिने तर भित्रिरुपमा बिमार जस्तो । संगठनको हिसाबले कांग्रेसको अवस्था राम्रो थियो (छ ?) तर अहंकारले भरेका आफूलाई कांग्रेसका पुराना नेताको उपमा दिएर आत्मरोमाञ्चित भइरहने नेताहरूका कारण कांग्रेस कमजोर भइरहेको छ ।
सधैभरि घरमा बसेर ब्ल्याक कफी खाने र चुनावको बेला सेतो लामो कुर्ताको भरमा राजनीति गर्ने हो भने मठिहानीमा मात्र होइन, क्षेत्रमै मत संख्या केही दर्जनमै सीमित हुँदै जाने सम्भावना अधिक छ । आउँदो चुनावमा कांग्रेसले प्रथम स्थानमा आउने भ्रममा बाँचिरहेका कांग्रेसजनलाई पछिल्लो उपचुनावले होशमा ल्याएको हुनुपर्छ । मधेश आधार क्षेत्र ठान्ने कांग्रेसीले समाजवादी पार्टी र राजपाको एकीकरण पश्चातको परिस्थितिलाई कसरी लिने हो ? उनै जानून् ।
महोत्तरी कांग्रेसले उपचुनावको समीक्षा गर्दा (गर्ने हो भने ?) पिपरा र मठिहानी गाउँपालिकामा सक्रिय सदस्यता बोकेका कथित कांग्रेसीको सदस्यता खारेज गरी नयाँ सिराबाट पार्टीलाई अगाडि बढाउनुको विकल्प छैन तर मठिहानीमा २ दर्जन मतका कारक नेताको हिसाबकिताब लिनुपर्छ ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...