×

NMB BANK
NIC ASIA

सामसङले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिभल’को उपाधि घोषणा

पुस १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सामसङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’को उपाधि ‘सेलेस्टियल’ टीमले हात पारेको छ ।

Muktinath Bank

उत्कृष्ट १० प्रतिस्पर्धी समूहलाई पछि पार्दै सेलेस्टियलले ‘ब्ल्याक पिंक डान्स फेस्टिभलको उपाधि रच्न सफल भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा सहभागिता जनाएका झण्डै २०० प्रतिष्पर्धीलाई उछिन्दै अन्तिम प्रतिष्पर्धाकालागिलागि छानिएका १० प्रतियोगी समूह मध्येबाट सेलेस्टियल टीम आफूलाई अब्बल सावित गर्न सफल भयो ।


Advertisment
Nabil box
Kumari

काठमाडौंको ‘सिल्भर ओक ब्याङ्क्युट एण्ड इभेन्टस् सेन्टर गैरीधारामा शनिवार भएको कोरियन म्युजिक डान्समा सहभागिता जनाएका समूहले विभिन्न के पप सङमा आफ्नो डान्स प्रस्तुत गरेका थिए । त्यसरी आफ्नो डान्स प्रस्तुत गर्नेहरू मध्येबाट प्रतिस्पर्धाका लागि निर्धारित ३ जनाको जुरी समूहले विजेता घोषणा गरेको हो ।

Vianet communication
Laxmi Bank

प्रतियोगितामा ३एपीएम समूह दोस्रो हुन सफल भएको छ भने क्रिडो–इन् क्रू समूह दोस्रो हुन सफल भएको छ । विजेतामध्ये प्रथम हुने टीमले ४ सेट सामसङ ए८० फोन, द्वितीय हुनेले सामसङ ए५०एस र तृतीय हुनेले सामसङ ए३०एस फोन सेट प्राप्त गरेका छन् ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि गत मंगलवार अन्तिम १० प्रतियोगी छनौट भएका थिए । ती प्रतियोगी टीम क्रमशः एच२बी (हर्ट टु बीट), सेलेस्टियल, ड्रिमिङ एन पे पप, क्रिडो–इन् क्रू, दीपिका तामाङ, समिर खत्री, स्काई लिटिल विङ, टी–गेन्स, ३एपीएम र लागोम एक्स हुन् । उनीहरूलाई शुरूमा कुनै पनि के पप सङमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारिक वेबसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो । 

प्रतियोगितामा सहभागी हुनका लागि कम्पनीले डिसेम्बर महिनाको २० तारिकसम्मको समय उपलब्ध गराएको थियो । छनौटमा परेका १० प्रतिस्पर्धीले सामसङ नेपालका तर्फबाट ५/५ हजारभन्दा बढीको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

शनिवारको फाइनल राउन्डमा ४ सयभन्दा बढी दर्शकबीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर पनि प्राप्त गरे । त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालका गिफ्ट समेत प्राप्त गरे । ब्ल्याक पिंक कभर डान्स कन्टेक्स्ट नामको सांगितिक कार्यक्रम कोरियन संस्कृति र संगीतले भरिपूर्ण रह्यो । 

के पप कोरियाली पप अर्थात् दक्षिण कोरियामा शुरू भएको लोकप्रिय संगीतको विधा हो । यो विधा सन् १९९० पछि शुरू भएको पाइन्छ । हाल कोरियामा मात्र नभई विश्वका धेरै मुलुकमा के पप प्रसिद्ध छ । के पपको आधुनिक रुप सन् १९९२ पछि भएको मानिन्छ ।

जसले पूर्वी एसिया र दक्षिण पूर्व मात्र नभई पाकिस्तान, बंगलादेश, भारत, ल्याटिन अमेरिका, उत्तर अफ्रिका, दक्षिण अफ्रिका, मध्य पूर्व र पश्चिम विश्वभर व्यापक दर्शक प्राप्त गर्न सकेको छ । 

नेपालमा रहेका कोरियन संस्कृति र संगीत पारखीका लागि यो एउटा खुशीको अवसर पनि हो । आफूलाई के पपको सांगीतिक आकर्षणमा उभ्याइसकेका र त्यसको प्रयासमा रहेका युवा–युवायुवतीका लागि सामसङले ल्याएको ‘ब्ल्याक पिंक डान्स फेस्टिभल’ले त्यो अवसर जुटाइदिएको हो ।   

दक्षिण कोरियामा शुरू भएको लोकप्रिय संगीत विधा के–पप (कोरियाली पप) ले नेपालमा समेत बजार ओगटिसकेको छ । यस्तो अवस्थामा ‘ब्ल्याक पिंक डान्स फेस्टिभल’ नेपालमा ल्याइनुले कोरियन संस्कृतिबाट भरिपूर्ण डान्स प्रतिआकर्षण भएका युवायुवतीका लागि एउटा महत्त्वपूर्ण प्लेटफर्म बन्यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x