कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
कोटेश्वरका सक्षम कार्की (२३) लाई बाल्यकालमा तेक्वान्दो खेल रमाइलो लाग्थ्यो । घरनजिकै ब्याडमिन्टन कोर्ट थियो । त्यहाँ सेतो ड्रेसमा सानादेखि ठूलासम्मले किक हानिरहेको देख्दा उनलाई बडो चाख लाग्दो रहेछ । बच्चा तथा आफूभन्दा ठूलाहरूले किक हानेर कराइरहेका देख्दा सक्षमलाई पनि लाग्दो रहेछ- म पनि हान्न सक्छु कि क्या हो !
उनलाई सानोमा तेक्वान्दो खेल्न मन लागेपनि चोटपटक लाग्छ भनेर बुवाले खेल्न दिएका रहेनछन् । 'मलाई सानोमा तेक्वान्दो खेल्न मन लागेपनि इन्जुरी हुन्छ बाबाले खेलाउनु भएन । मैले पनि त्यति चासो दिइनँ ।'
तर उमेर बढ्दै गएपछि सक्षमलाई ममीले खेल्दा हुन्छ भन्नुभएछ । शुरूआती सिकाइका दिनबारे सक्षमले लोकान्तरसँग भने, 'फिटनेस नि हुन्छ, उमेर नि बढ्यो । अब खेल्दा हुन्छ भनेर म १४ वर्षको हुँदा ममीले कोटेश्वर तेक्वान्दो डोजाङमा भर्ना गरिदिनुभयो ।'
सक्षमका बुवा पनि तेक्वान्दोका खेलाडी थिए पहिला । त्यसकारण पनि सक्षमका गुरुले उनका बुवालाई राम्रोसँग चिन्थे । त्यसैले पनि उनलाई गुरुहरूले भन्थे रे- राम्रो खेल्नुपर्छ है !
तेक्वान्दो शुरू गरेपछि गुरूहरूले पनि आफूलाई एप्रिसिएट गर्न थालेको उनी बताउँछन् ।
'सिधै नेसनल टीममा पर्छु भन्दा पनि हराएर जानेभन्दा पनि राम्रोसँग खेल्छु भनेर शुरू गरेको थिएँ,' उनले तेक्वान्दो खेल्नुको कारण प्रष्ट पारे । *****
इन्जुर हुन्छ भनेर उनलाई बुवाले धेरै गेम खेलाउनुहुन्नथ्यो रे ! तर पनि उनले जुनियरमा कोरियन एम्बासडर खेले । त्यसमा मोहम्मद वेस्ताइसँग हारे । गेम हारे पनि उनी हतोत्साहित भएनन् । अझ बढी मेहनत गरे । लगातार सिकाइमै जुटिरहे ।
'फोकटमा पाएको गोल्ड मेडल फोकटमै गयो'
उनी कोटेश्वर डोजाङमा रहँदा 'डोर टु डोर'मा काठमाडौं जिल्लाबाट को खेल्ने भन्ने भयो । 'नविन गुरुले तिमी माथिल्लो वेटमा खेल । कोही मान्छे छैन । सिधै गोल्ड मेडल आउँछ भन्नुभयो,' उनले सुनाए, 'त्यत्तिकै गोल्ड मेडल आउँछ भने म किन दु:ख गर्नु भन्ने भयो ।'
नभन्दै उनले आफ्नो वेटमा कोही पनि सहभागी नभएपछि सिधै गोल्ड मेडल पाए ।
गोल्ड मेडल पाएपछि उनी औधी खुशी भए । तेक्वान्दो खेलेर पहिलोपटक गोल्ड मेडल पाएका थिए । उनले 'सान देखाउन' गोल्ड मेडल घाँटीमा भिरेरै हिँडे । 'पहिलो मेडल हो घरमा देखाउँदा त हातमा डोरी मात्र थियो, मेडल छैन । बाटोमै खसिसकेछ,' पहिलो गोल्ड मेडलबारे उनले भने । आफूले पाएको मेडल उनले घरमा देखाउन पाएनन् । फोकटमा पाएको मेडल फोकटमै गयो ।
त्यसपछि उनले ठ्याक्कै यही सोचे- केही नगरी जितेको मेडल फोकटै जाँदो रहेछ ।
*****
सक्षमको भनाइ मान्ने हो भने उनले शुरूआती दिनमा तेक्वान्दो मेडलका लागि भन्दा पनि रमाइलोको लागि खेले । तर पनि सक्षम आफूलाई 'अनएक्सपेक्टेड प्लेयर ' भन्न रुचाउँछन् । कारण- अनुभवी खेलाडीलाई हराएर चर्चा बटुल्नु । उनी डोर टु डोर खेलिरहेका थिए । त्यसैबीच सन् २०१३ मा एउटा नेसनल गेमको सेलेक्सन भयो । आशिष महर्जनसँग उनी भिड्नुपर्ने भयो । सक्षमका अनुसार आशिष एकदमै राम्रो खेल्थे अति नै अनुभवी पनि । तर सक्षमले आशिषलाई जिते । 'मैले उहाँलाई जित्नु अनएक्सपेक्टेड थियो,' संघर्षका दिनबारे उनले भने, 'जितेपछि थाहा भयो कि आशिष दाई त वर्ल्ड च्याम्पियनशिपदेखि हरेक म्याचमा एकदमै राम्रो पर्फर्मेन्स थियो । उहाँलाई जित्नु चानचुने कुरा थिएन ।' त्यसपछि तेक्वान्दोको सर्कलमा उनको चर्चा चुलियो । एउटा राम्रो तेक्वान्दो खेलाडीको 'इन्ट्री' भयो ।
साग छनोट
उनको हात भाँच्चिएको थियो । शल्यक्रियापछि घरमा आराम गर्दै थिए । यसैबीचमा साग सेलेक्सन हुने भयो । उनले सेलेक्सन खेल्न सकेनन् । तर पनि उनलाई गुरूहरूले नआत्तिउ अर्को सेलेक्सन हुन्छ भनेका रहेछन् । उनी सम्झिन्छन्, 'गुरुहरूले यो लास्ट होइन सेकेन्ड सेलेक्सन हुन्छ नआत्तिउ भन्नुभयो ।' सेकेन्ड सेलेक्सनमा उनले अनोज पुजारीसँग खेले र जिते पनि । त्यसपछि उनी साग खेल्न 'रेडी' भए ।
उनले तेक्वान्दोबाट गोल्ड मेडल ल्याउनेमा गुरु तथा तेक्वान्दो संघ पनि आशावादी थियो । 'सबैले तिमीले जित्न सक्छौं । राम्रो गर्नु भन्नुभएको थियो,' उनले सुनाए ।
शुरूमा उनले बंगलादेशका खेलाडीसँग भिडे । उनी निकै पुरानो खेलाडी थिए । 'दीपक गुरूको पालाको खेलाडी भनेपछि कुरै छोडुम्, उहाँ अनुभवी खेलाडी हुनुहुन्थ्यो,' फस्ट फाइटबारे उनले भने । अनुभवी खेलाडीसँग भिडेपनि उनलाई फस्ट फाइट अफ्ट्यारो भएन । उनले बंगलादेशलाई हराए । उनले दोस्रो फाइट चाहिँ अलि गाह्रो हुन्छ भनेर सोचेका थिए । किनकी उनलाई साथीहरूले श्रीलंकाका शेरन भन्ने खेलाडीले राम्रो खेल्छ भनेका थिए । 'उसको हाइट पनि राम्रो थियो । त्यसैले मैले उसको गेमहरू यूट्युबमा हेरेर रिभ्यू गरिरहेको थिएँ,' उनले भने ।
जब एरिनामा पुगे, शुरूमा चाहिँ अलि अफ्ट्यारो भयो रे ! 'कसरी खेल्ने भनेर आत्तिरहेको थिएँ । खेललगत्तै उसले दुई वटा फेस किक खायो,' उनले गेम सम्झिए, 'त्यहाँपछि उ आत्तियो । अनि मैले लीड गरेँ । त्यसपछि केही गाह्रै भएन । लगभग २० अंकले मैले उसलाई लीड गरेको थिएँ । उसलाई हराएँ । अनि फाइनलमा पुगेँ ।'
फाइनल पाकिस्तानी खेलाडीसँग भयो । उ पनि राम्रो खेलाडी भएपनि आफूले गोल्ड मेडल जित्नेमा सक्षम ढुक्क थिए तर मनमा हार्छु कि भन्ने थोरै चिन्ता पनि उनमा थियो । 'मैले जित्छु भन्ने त फिक्स नै थियो तर गेम हो भित्र के हुन्छ कसो हुन्छ भन्न सकिन्नँ नि,' उनले भने । उ पनि राम्रो खेलाडी हो भन्ने सोचेर फस्ट राउन्ड चाहिँ सम्हालिएर खेले सक्षमले । फस्ट राउन्ड स्कोर ड्र भयो ।
'त्यसपछि दीपक गुरुले फाइनल हो खेल नआत्तिकन खेल । होम ग्राउन्ड हो भन्नुभयो । अनि मैले जोश निकालेँ,' एरिना र बाहिरको वातावरण व्याख्या गर्दै उनले भने, 'यस्सो बाहिर हेरेको सब जना जोस्सिइरहेका थिए । शुरूमा बचेर खेलिरहेको थिएँ । त्यसपछि ब्याक किक दुई वटा लागेपछि एउटा पञ्च हानेँ । अनि स्कोर ह्वात्तै बढ्यो । अनि पञ्च हान्दै सेफ भएर खेलेँ ।'
१०० औं स्वर्ण
गोल्ड मेडल जितेपछि सक्षमले इन्टरभ्यु दिइरहेको थिए तर पछाडि एक जना पत्रकारले दाईले 'भाई तिमीलाई थाहा छ तिमीले जितेको यो गोल्ड नेपालको साग इतिहासको १०० औं गोल्ड मेडल हो नि' भनेछन् ।
उनलाई १०० औं स्वर्णबारे थाहा थिएन ।
उनले 'लौ, हो र ?' भने ।
पछि 'सयौं गोल्डको इतिहासमा मेरो नाम पनि रह्यो' भन्ने उनलाई लाग्यो । अनि एकछिन आफैं छक्क परे ।
फाइनल जितेर सक्षमले बुवा खुशीले उफ्रिरहेको देखे । भन्छन्, 'अनि ममीलाई हेरेँ । उहाँ पनि उफ्रिरहनुभएको थियो ।' त्यसपछि बुवाममीले एक्कासी सक्षमालई अंगालो मारे । सबै जना खुशी भए ।
(सक्षम कार्कीले १३ औं दक्षिण एसियाली खेलकुद 'साग'मा ८७ केजी तौल समूहमाथिको तेक्वान्दोमा पाकिस्तानी खेलाडी वाकर अली हराएर स्वर्ण पदक जितेका थिए ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...