×

NMB BANK
NIC ASIA

युरोपबारे धेरै लेखक पत्रकारले किताब लेखेका छन् । मैले नमस्कार गर्दा पनि नदेखे जस्तो गरेर पिठ्यू फर्काउने आदरणीय पत्रकार ददी सापकोटाले ‘मैले देखेको युरोप’ शीर्षकमा किताब नै लेखेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपाली उद्यमी एवं गैरआवासीय नेपाली संगठनका अगुवा जीवा लामिछानेले ‘सर्सर्ती’ शीर्षकमा किताब लेखेका छन् । यसका अलावा युरोपका विभिन्न देशमा रहेका लेखक, पत्रकार अनि समयक्रमसँगै युरोपका विभिन्न देशमा सेवा गरेका नेपाली राजदूतका अनुभव पनि आम प्रेसमा आइरहन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जाल तथा यूट्युबबाट पनि नेपाली विश्वसँग अभ्यस्त भएकै छन् । त्यसैले यो लेखाइ खास नविनतम् र एकदमै पृथक त्यस्तो केही हैन । युरोपका पत्रकारले बाख्रालाई बियर खुवाइदिएको, फलाना व्यापारी फलानासँग सल्किएको समाचार ब्यानर न्यूज बनाउने रहेछन् । आफू त पत्रकार प्रेमी मनुष्य परियो, योभन्दा धेरै आलोचना के गरौं र ?


Advertisment
Nabil box
Kumari

एकबारको जूनीमा स्तम्भकारको एउटा मुख्य दुःख के छ भने अल्छी लागेपनि, खासै एन्टिकरेन्ट विषय केही नभएपनि चिजहरू पस्किरहनुपर्छ । नलेख्यो भने सम्पादक रिसिउलान् भन्ने पीर, लेखिरह्यो पाठकलाई झिज लाग्ला भन्ने पीर । केही नगरेर बस्यो भने आफू सन्की परियो के मिलेन के मिलेन भने जस्तो हुने, लेख्न मन लागिहाल्ने ।

Vianet communication
Laxmi Bank

त्यसैले मैले आफ्नो नियमित स्तम्भलाई ‘भ्रमण ब्लग’का रुपमा पाठकसमक्ष पेश गर्न चाहन्छु । यो ब्लगमा मैले नेदरल्याण्डको क्यासिनो गएको, पेरिस गएर डिस्कोमा नाचेको, स्विजरल्याण्ड गएर पत्रकार लक्ष्मण देवकोटाले पकाएको खसीको मासु खाएको, जर्मनी पुगेर कार्ल मार्क्सको फोटोलाई मुठी कसेर लाल सलाम गरेको जस्ता प्राचारवाजी गरेर आत्मरतिमा रमाउनेभन्दा पनि भ्रमणका क्रममा नियाल्दा राम्रो लागेका र टिपोट गरिएका कुरा पस्किँदैछु ।

पहिलो कुरा – युरोप भन्ने बित्तिकै नेपालीले आफ्नो ‘लाइफ सेटल’ गर्ने गन्तव्यको रुपमा लिने गरेका छन् । उनीहरू पढ्न भनेर आउन् वा काम गर्न भनेर, जे गर्न आएपनि भित्रि चाहना र अन्तिम उद्देश्य ‘लाइफ सेटल’ नै हो । लाइफ सेटल भनेको सायद रोजगारीको सुनिश्चिता प्रधान होला ।

युरोपमा धेरै नेपालीको अवस्था एकदमै राम्रो छ । नयाँलाई केही समय गाह्रो हुने त भैहाल्यो । रमाइलो कुरा युरोपमा नेपालीहरू जमघट हुने प्रायः स्थान घोडापार्क, गड्यौलापार्क, कुखुरापार्क, कालोपार्क, भालुपार्क । अरु ठाउँको नाम राख्न नेपाली साह्रै सिपालु हुन्छन् ।

त्यसपश्चात् सामाजिक सुरक्षा जस्ता सहायक कुरा आउँछन् । बालबच्चाको शिक्षाका कुरा आउँछन् । नेपालमा पैसा कमाइ हुन्छ तर बच्दैन । यहाँ अलिकति भएपनि पैसा बच्छ भनेर गफ गर्नहरू चोकचोकमा पाइन्छन् ।

नेपालमा जस्तो सुख हुँदैन युरोपमा भन्दै थकथकी मान्नेहरू पनि हजारौं छन् । अब सुख त कसरी हुन्छ त ? नेपालमा २४ घण्टा लखरलखर हिँडेको बानी यता गाह्रै हुने रहेछ । यस्ता मानिसको लाइफ सेटल होइन, लाइफ मेन्टल पनि हुनसक्छ । एकहदसम्म धनी बाउको बिग्रेका सन्तानको लागि युरोप सुधार केन्द्र हो भने बाआमाको दुःख सम्झेर परिवारको लागि केही गर्छु भन्नेका लागि युरोप सुनौलो अवसर हो ।

नेपालमा जस्तो कालोचस्मा लगाएर, कपाल ठाडो पारेर हिँड्न यता पाइँदैन । बिदाको दिनमा गर्नेहरू गर्छन् । पतिपत्नीको हिसाब किताब आ–आफ्नै हो । घर व्यवहार बराबर भाग लगाउने हो । नेपालमा जस्तो पतिको कमाइमा रजाइ गर्न गाह्रो छ । आफैं कमाउ, आफैं रजाई गर । यस्तो छ हजुर ! 

मध्यमस्तरका नेपाली, भर्खरै आएका नेपाली, व्यापारमा स्थापित भइसकेका नेपाली, समाजसेवी नेपाली जोसुकै किन नहुन्, ती सबैको प्रमुख काम नियमित कान गर्नु हो । काम विना खान पाइँदैन । पाहुना भएर धेरैदिन टिक्न सकिन्न युरोपमा । मलाई पाहुना भनेर होला शुरूमा त राजा जस्तो गरियो । मान सम्मान गरियो । मिठोमिठो खाइयो । खादा माला त कति हो कति । नेपालबाट ल्याएको पैसा सकिन लाग्दैछ । अब देशको माया लागेर फर्किने मिति पनि आउँदैछ । नेपाल पुगेर अभियन्ता बन्नुपर्ला भन्ने लागिरहेछ ।

वास्तवमा साँचो अर्थको समाजवाद त युरोपमा पो रहेछ – काम गर, मोज गर, दुःख परे राज्यलाई सम्झ । राज्यको कुरा कस्तो छ भने – अरूलाई नठग, अरूलाई विभेद नगर, अरूलाई हानी पुर्‍याउने काम नगर, हाम्रो कानून मान, तिमी विश्वको जुन कुनाबाट आएपनि सम्मान छ । 

युरोपका मानिसना दयामाया हुन्न भन्ने सुनिन्थ्यो तर दया केका लागि भन्ने प्रश्न हो । बुढो भयो सरकारले हेर्छ, बेरोजगार भयो सरकारले हेर्छ, रोगी भयो सरकारले हेर्छ । दया केका लागि ? संसारभरका मानिसलाई नागरिता दिनु, राहदानी दिनु नै युरोपेली देशको महानता हो भन्छु म ।

हामी नेपालमा मधेशी दाजुभाइको नागरिताको विषयलाई लिएर झगडा गर्छौं तर युरोपमा भने काम गर, राजस्व तिर, देशको नागरिक बन, भोट हाल आफ्नो नेता चुन ।

धनीहरू सबै साइकलमा । रेल पनि प्लेन जस्तो सफा । को धनी को गरीब ? सबै चढ्छन् । बसमा पनि सबै चढ्छन् । सायद आँखा मिच्दै उठेर ८ घण्टा धसिएर काम गर्नुपर्दा पनि मानिसहरू खुशी हुनुको कारण यही होला । हुन त केही मानिस भन्छन् – युरोपमा धेरै दुःख छ, गाह्रो छ तर हातमा सीप भएको केही गरौ भन्ने हुटहुटी भएको मानिसलाई युरोप ठूलो ‘प्लेट फर्म’ रहेछ । किनकि श्रमको मूल्यमा युरोप चुकेको देखिँदैन । ती जोसुकै किन नहुन्, कानूनी रुपमा बसोबास गरेको छ, काम गरेर कर तिरेको छ भने उसलाई राज्यले के कस्तो सामाजिक सुरक्षा दिनुपर्ने हो सबै दिन तयार छ ।

युरोपमा काम नगर्ने मान्छेलाई घृणा गरिने रहेछ । राज्यले भत्ता त दिन्छ तर काम नगर्नेलाई राम्रो मानिँदैन । युरोपको सबै देशमा उमेर पुगेका बुढा मानिस पनि मज्जाले काम गरेको देखें । हाम्रो देशमा त बुढा भयो भने काम गर्न नदिने मिठोमिठो खाएर घरमै बस्ने भन्ने छ । यस्तो भयो भने मात्र कस्तो धनी परिवारको रहेछ, छोराछोरी राम्रा रहेछन्, बुढा कति भाग्यमानी भन्ने चलन छ तर युरोपमा शरीरले सकेसम्म काम गर्न कुनै हिच्किचाहट छैन । कुनै लाजशरम छैन । कुनै अप्ठ्यारो छैन । हाम्रो देशमा श्रमले वर्ग निर्धारण गरेको पाइन्छ तर यहाँ श्रमले वर्ग निर्धारण गर्दैन । मानिसहरू करोडौंको कार चढेर सामान्य काम गर्न जान्छन् । श्रम सबैको नजरमा बराबर छ, श्रमको सम्मान छ, श्रमको मूल्य पनि छ ।

युरोपमा सबैलाई कानून बराबर रहेछ । हाम्रो देशमा नेताले प्रहरीलाई फोन गर्‍यो भने मुद्दा गडबड हुन सक्छ । प्रहरीले मुद्दा मिलाउन सक्छन् तर यहाँ प्रहरी भनेपछि सबैको सातो जान्छ । जतिसुकै ठूलोबडो किन नहोस्, नियम मिचेको छ भने उसलाई नियमअनुसार कारबाही हुन्छ । कुनै नेता, सामाजिक अगुवा भनेर केही हुँदैन । आप्रवासीको हकमा पनि कानून बराबर छ । 

गाडी दुर्घटना भयो, कतै हत्या भयो, कुटपिट भयो भने प्रमुख भूमिका प्रहरीको नै हुन्छ । लाइसेन्स विना युरोपमा गाडी चलाउने दुस्साहस कमैले गर्छन् तर महत्त्वपूर्ण कुरा के भने यता जेलनेलभन्दा पनि जरिवानासँग मानिसहरू डराउने रहेछन् । बाटोमा गलत ढंगले गाडी पार्क गर्दा होस् वा सार्वजनिक यातायातमा होहल्ला गर्दा किन नहोस्, होटल फोहर हुँदा होस् वा छोराछोरीलाई ‘टर्चर’ दिएको पाइएमा किन नहोस्, जरिवाना दह्रो तिर्नुपर्छ । युरोर यस्तो देश रहेछ, नानीहरूलाई पिट्न नहुने, प्रहरीलाई खबर भयो भने आफ्नै सन्तानको बाआमा पनि फन्दामा परिने । बच्चालाई पनि कानूनी अधिकार यति बलियो छ कि आफ्नै बाआमालाई कारबाही गराउन सक्छ ।

बिरामी भएमा चिन्ता छैन । कर तिरेको छ, काम गरेको छ, ठेगाने छ भने उसको उपचार हुन्छ । उपचार मात्र हैन, अस्पतालमा खान–बस्न सबै किसिमको सेवासुविधा राज्यकै हुन्छ । हाम्रो देशमा जस्तो बिरामी हुँदा घर जग्गा बेच्नुपर्दैन । यूट्युबमा रुनु पर्दैन, चन्दा उठाउनु पर्दैन । पाहुना जस्तो जाउ, घरज्वाइँ जस्तो बनेर बस । 

बलियो सामाजिक सुरक्षा भनेको यही हो । काम नभएर बेरोजगार हुनुपर्‍यो भने पनि राज्य नै जिन्दावाद ! बैंक खातामा बेरोजगार भत्ता आउँछ । तपाईंले सरकारलाई काम माग्नुभयो भने काम पनि सरकारले नै खोजिदिन्छ तर अलिक समय भने लाग्न सक्छ । बेरोजगारको समयमा सीपमूलक तालिम, भाषा कक्षा पनि सरकारले सञ्चालन गर्छ । नानीहरूको स्कूल खर्च लाग्दैन । अतिरिक्त शुल्क लाग्यो भने एकदमै कम लाग्छ ।

बैंक बीमा भरपर्दो लाग्यो । बैंकबाट सस्तो व्याज दर ०.०६ प्रतिशतमा ऋण पाइन्छ । तपाईं घर किन्नुहोस्, गाडी किन्नुहोस्, व्यापार गर्नुहोस्, सबै बैंकबाट काम हुन्छ । बीमा पोलिसी एकदम राम्रो छ । व्यापार घाटामै गए पनि फरक पर्दैन । गाडी दुर्घटना भयो भने नयाँ गाडीको लागि रोइ–कराई गर्नुपर्दैन । कानून अनुसार आफैं प्रक्रियामा जान्छ । नेपालमा बीमाले हजारौंलाई रुवाएको छ तर युरोपमा बीमाको काम हँसाउने रहेछ ।

अब सरसफाई त भन्नै परेन । वातावरण पनि एकदम सफा छ । धुलोधुवा देखिन्न । हुरी नै चलेपनि प्रलय नै आएपनि धुलो उड्दैन । फोहर व्यवस्थापन एकदमै राम्रो छ । सकड सफा छन् । सडक सफा भयो भने जथाभावी फोहर फाल्न पनि मन गर्दैनन् मानिस । खल्तीमा बोकेर हिँड्छन् फोहरको टुक्रा । युरोपका लागि यी कुरा सामान्य जस्तो लाग्छ तर नेपाल र नेपालीले यस्ता स–साना आनीबानी सुधार्न सकेका छैनौं । सडकपेटी फोहर हुनुमा धेरै हदसम्म बटुवा नै दोषी छन् नेपालको हकमा ।

पुरानो सम्पदा जोगाउने, नयाँ नबनाउने युरोपको चलन सायद धेरैलाई अवगत भएकै हुनुपर्छ । हजारौं वर्ष पहिलेका सम्पदा जस्ताको त्यस्तै छन् । रंगरोगन पनि गरिएको छैन । गरिएपनि उस्तै किसिमको रंगरोगन गरिन्छ । प्राचीन सभ्यतालाई एकदमै संरक्षण गरिएको छ । बरु नयाँ भौतिक निर्माण छुट्टै ईलाकामा गरिएको पाइयो तर पुराना सभ्यताको संरक्षण गरिएको छ । जस्तो कि हाम्रो देशमा हुलाक सेवा लगभग बन्द भइसक्यो तर युरोपमा सबैकुरा हुलाकबाट हुन्छ । पानी, बिजुली, बैंक सबैको जानकारी हुलाकबाट नै आउने गर्छ ।

सवारी अनुशासन, जेब्रा क्रसिङ र हर्न गजबको हुन्छ । चर्को हर्न बिरलै बज्छ । जेब्रा क्रसिङमा गाडी रोकिन्छ । सुन्दा पनि कस्तो अचम्म लाग्छ तर युरोपमा यस्तै हुन्छ । एकदमै गाडी चलाउन नजानेको पाखण्डी प्रवृत्तिको मानिसले मात्र गाडीको हर्न बजाउँछ । सवारीसाधन चलाउनेले सबै सवारी नियम पालना गरेका देखिन्छन् । अपवाद बाहेक, सबै स्थानमा ‘ट्राफिक लाइट’ छन् । मानव अधिकारको रक्षा, बालबालिकाको अधिकार, जनावरको अधिकार, महिलाको अधिकार प्रभावकारी छ । जँड्याहा र सुइँबाट लागूऔषध लिनेको पनि अधिकार हुने रहेछ । निश्चित स्थानमा सरकारले त्यो दिने रहेछ ।

मलाई सबैभन्दा मन परेको हरियाली र खुला पार्क, कसरत गर्ने स्थान हो । अरूले उसको केटी साथीलाई ‘किस’ गरेर बसिरहेको हुन्छ । हेर्न पनि आनन्द आउँछ । साना बच्चा डुलाउनका लागि, कुकुर घुमाउनका लागि शहरको बीचबीचमा ठूलाठूला पार्क छन् । ती पार्क निकै सुन्दर छन् । कहिलेकाही नेपालीले कार्यक्रम गरेर मासुभात खाएर फोहर गर्छन् तर ती पार्क वास्तवमै मनमोहक हुन्छन् । एउटा समाज र देश स्वस्थ हुनका लागि यस्ता पार्क हुनु आवश्यक छ, जहाँ टहलाउन सकियोस् । पार्कका आडैमा कसरत गर्न मिल्ने साधन राखिएका हुन्छन् ।

खानेकुरा स्वस्थकर हुन्छ । गुणस्तरहीन कुरा यहाँका पसलमा पाइँदैन । स्याउ, केरा, सुन्तला, मासु, दुग्धजन्य पदार्थ एकदमै स्वस्थकर तरिकाले तापक्रम मिलाएर राखिएको हुन्छ । पसलमै क्वाप्प खाउ जस्तो लाग्ने । ग्राहकले खाद्य पदार्थको मिति गुज्रिएको पाएमा व्यापारीको लागि त्योभन्दा नराम्रो अरू हुन सक्दैन । जेसुकै खाएपनि निर्धक्क ! नेपालको तुलनामा त धेरै गुणस्तरको हुन्छ । रक्सी सस्तो हुन्छ । नेपालीले सस्तो रक्सी पाएर विचार नपुर्‍याएर पिउँदा धेरै सुतेका सुत्यै पनि भएका छन् ।

युरोपमा धेरै नेपालीको अवस्था एकदमै राम्रो छ । नयाँलाई केही समय गाह्रो हुने त भैहाल्यो । रमाइलो कुरा युरोपमा नेपालीहरू जमघट हुने प्रायः स्थान घोडापार्क, गड्यौलापार्क, कुखुरापार्क, कालोपार्क, भालुपार्क । अरू ठाउँको नाम राख्न नेपाली साह्रै सिपालु हुन्छन् ।

युरोपमा राजनीति हाबी त लाग्ने नै भयो । अलिकति पैसा कमाएकाहरू अनेक संघसंगठन खोलेर सामाजिक ‘स्पेस’ खोज्न लागिरहेका देखिन्छन् । एकअर्कालाई छिर्के हानेर पिसाबको न्यानोमा एकछिन रमाउने पनि युरोपमा धेरै छन् । नेपालमा भोट हाल्न जानु छैन, केही छैन तर नेपालको नेताको चाकडी एकदमै चर्को पाइयो । भनाइको अर्थ नेपालभन्दा युरोपमा राजनीति चर्को छ । राजनीति मात्रै होइन, राजनीतिक विभाजन पनि एकदमै गहिरो लाग्यो ।

तत्कालीन माओवादी कस्तो हुन्छ भन्नेसम्म नदेखेकाहरू माओवादीले दुःख दियो भनेर कागज बनाएको कथा म लेख्दिनँ । आजभोलि विप्लवलाई दोष दिन थालिएको छ भन्ने पनि सुनिन्छ । खैर, जे भएपनि हेर्दा राम्रो त युरोपभन्दा नेपाल नै छ । सानैदेखि हिमाल, खोला नाला, पहाड पर्वत, झरना देखेर हुर्केको मान्छे ।

नेपालीका लागि दुःखको कुरा पनि छ । शोषण पनि छ । नेपाली समुदायका ‘चल्ताफूर्ता समाजसेवी हौं, राजनीति गर्ने नेता हौं, एनआरएनको नेता हौं’ भन्नेहरूको ३ देखि ४ वटासम्म पत्नी रहेको पाइयो । मानव तस्करको आरोप लागेकादेखि सुन तस्करी गरेको आरोप खेपेकासम्मका गोप्य पत्नी अनगिन्ती छन् । हुण्डीवाला, पेपर खरिदबिक्री गर्नेहरूले महिलालाई हेर्ने दृष्टिकोण तुच्छ पाइयो ।

पारिवारिक कलह, बिछोड, पारपाचुकेका खबर युरोपमा घरघरको कहानी जस्तो रहेछ । नेपाली समुदायको हकमा के हुने रहेछ भने नेपालबाट सबैभन्दा पहिले पुरुष युरोप आउने हुन्छ । अर्थात् घरको पत्नीभन्दा पति पहिले युरोप आउने हुन्छ । युरोप घुम्यो, धेरै कुरा देख्यो, अलिक टाठोबाठो भयो । अब आफ्नी पत्नी आफ्नै नजरमा नराम्रो बन्न पुग्छिन् । पत्नी धेरै वर्षपछि मात्रै आउँछिन् अनि पतिलाई आफ्नो लेवल नमिलेको भान हुन्छ । आफू सभ्य र पत्नी असभ्य लाग्छ । अरूकी पत्नी वा पहिले नै युरोप आएका महिला सभ्य लाग्छन् । आफ्नी पत्नी खाना पकाउन पनि नजानेको, बोल्न पनि नजानेको, पसलमा बस्न पनि नसकेको जस्तो लाग्छ । अनि शुरू हुन्छ महिला हिंसाको सिलसिला ।

युरोपमा सबैभन्दा धेरै घरझगडा त्यो पनि पतिपत्नीको झगडा नेपालीकै हुने रहेछ । यो कुरा स्थानीय मिडियाले समेत लेखेको कुरा हो । 

तत्कालीन माओवादी कस्तो हुन्छ भन्नेसम्म नदेखेकाहरू माओवादीले दुःख दियो भनेर कागज बनाएको कथा म लेख्दिनँ । आजभोलि विप्लवलाई दोष दिन थालिएको छ भन्ने पनि सुनिन्छ । खैर, जे भएपनि हेर्दा राम्रो त युरोपभन्दा नेपाल नै छ । सानैदेखि हिमाल, खोला नाला, पहाड पर्वत, झरना देखेर हुर्केको मान्छे ।

बनावटी सुखमा रमाइलो हुन्छ र हजुर ! नेपाललाई अलिकति स्याहारसुसारको मात्र खाँचो छ । फलाना देशमा यति लाखको कमाइ छाडेर नेपालको सेवा गर्न आए भन्ने कुरा चाहिँ म बिल्कुलै मान्दिनँ । तिनीहरू काम गर्नको दुःखले सोझा नेपालीलाई ठगेर खान पाइन्छ भनेर फर्केका पनि हुन सक्छन् ।

म घर फर्किने मिति आउँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x