मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
माघ ११, २०७६
बझाङको थलारामा विसं २०४४ फागुनतिर 'चैर मुसी चैर...' देउडा लोक भाकाले एउटा घटनाको रूप लिँदै निकै भाइरल भयो । उक्त घटना थलारामा मात्रै सीमित भएन, अदालतसम्म पुग्यो । 'चैर मुसी चैर'का सर्जक बझाङबाटै लखेटिए, धनगढी हुँदै काठमाडौं हानिए । अन्ततः तत्कालीन पञ्चायती प्रशासकबाट लखेटिएका उनै सर्जकको लागि उक्त घटना सांगीतिक यात्राका लागि वरदान भयो । राष्ट्रिय देउडा गायक नरेन्द्रराज रेग्मीको रूपमा चम्किए ।
बझाङको थलारा गाउँपालिकाको अफलाबगरमा जन्मिएका रेग्मी (६०) ले विगत कोट्याउँदै थपे, ‘९ कक्षामा पढ्ने एक स्थानीय बालिकाको घरमा बझाङको तत्कालीन प्रमुख जिल्ला अधिकारीले दूध लगेका थिए । पछि दूध खाने बहानामा बालिकालाई पेट बोकाए । उनै सीडीओको कुकर्मलाई व्यंग्य गर्दै मैले चैर मुसी चैर अर्थात् मुसालाई कुतत्वको प्रतीकको रूपमा चित्रण गरी गीत लेखें ।’
निकै चर्चा पाएको सो गीतको भावै नबुझेका सीडीओले उनलाई नगदसहित पुरस्कृतसम्म गरे । त्यसको भोलिपल्ट सीडीओले राजकाज मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरेको गायक रेग्मी सम्झिन्छन् । फलतः उनी थलारा माध्यमिक विद्यालयको स्थायी शिक्षकको जागिर त्यागी काठमाडौं हानिए ।
उनले अगाडि थपे, ‘समाजमा विकृति फैलाउने, भष्ट मान्छे समाजका मुसा हुन् भन्ने गीतको सार थियो । त्यही गीतकै कारण लखेटिएँ । सरकारी जागिर गयो । हालसम्म सञ्चय कोष पनि लिएको छैन । भाग्दाभाग्दै काठमाडौं पुगेँ ।’
रेडियो नेपालमा प्रवेश
यता जिल्ला अदालत बझाङले उनकै पक्षमा फैसाला सुनाउँदै न्याय दियो । उता प्रशासकको लातपछि काठमाडौं छिरेका उनलाई 'के खोज्छस् कानो आँखो' झैं भयो । आईएस्सीसम्ममा सीमित भएको अध्ययनलाई अघि बढाउन चाहान्थे उनी । साथै लोक देउडा भाकाभित्र पनि प्रगतिशील गायन र लेखनमा रुची राख्ने उनको काठमाडौं बसाईले अध्ययनलाई कोसे ढुंगा सावित गर्यो । अध्ययनलाई पनि निरन्तरता दिए । बीएड्मा भर्ना भए ।
‘पूर्व सहकर्मीसँग भेट भयो । उहाँले आफ्ना बच्चाहरूलाई पढाइदिन अनुरोध गर्नुभयो । एक दिन उहाँले आफूले पढाउँदै गरेको सतुङ्गलस्थित विष्णु माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई एउटा कार्यक्रमको लागि नृत्यको चाँजोपाँजो मिलाइदिन अनुरोध गर्नुभयो,' उनले भने, 'संयोगवश् विद्यालयका विद्यार्थीले तेस्रो स्थान हासिल गरे । मेरो कार्यबाट प्रभावित भएर त्यसको भोलिपल्ट विद्यालयले मलाई शिक्षक पदमा नियुक्त गर्यो । पढ्न र पढाउन पनि शुरू गरेँ ।’
नृत्य भनेपछि बाल्यकालदेखि हुरुक्क हुने उनमा गायनको भोक पनि उत्तिकै थियो । त्यतिबेला सञ्चारको माध्यम भनेको रेडियो नेपाल मात्रै थियो । त्यो बेला चर्चित रेडियो प्रस्तोता युक्त गुरुङले चौतारी कार्यक्रम सञ्चालन गरेका थिए । कुना कन्दराका भाका, कला, संस्कृतिलाई सो कार्यक्रममा स्थान दिइन्थ्यो ।
संगीतकार नारायण रायमाझी मेरो गुरु
रेडियो नेपाल जाने ठूलो रहर थियो उनमा । एक जना साथीले चौतारी कार्यक्रमको लागि गीत तयारी गर्न भनेपछि उनमा खुशीको सीमा रहेन । साथीकै सहयोगमा सो कार्यक्रमको लागि दोहोरी गीतको तयारी गर्न 'नमुछे आमा दहीमा चिउरा' भन्ने गीतका गीतकार तथा संगीतकार नारायण रायमाझी कहाँ लगेको र चौतारी कार्यक्रममा कौरा गीत समेत गा्एको गायक रेग्मी स्मरण गर्छन् ।
पहिलोपटक रेडियो नेपालको ढोका प्रवेश गरेका उनमा गायनको हुटहुटी अत्याधिक थियो । त्यतिबेला रेडियो नेपालमा देशभरको लोकगीतको प्रतिस्पर्धा हुन्थ्यो । फूलबारी कार्यक्रम र प्रत्येक जिल्लाबाट छानिएका लोकगीतका गायकहरूबीच प्रतिस्पर्धा हुने उनी बताउँछन् । ४/५ सय जनाबीच प्रतिस्पर्धामा भाग लिएको र गीत रेकर्ड गराएको उनी सुनाउँछन् ।
क्या निको लगान्छ फूल जसो फुल्याको जिल्ला
वारिपारी डाँडाकाँडा बीच बग्छ सेती
आफ्नो जन्म्याको ठाउँको माया क्यै लाग्दो हो यति
क्या निको लगान्छ फूल जसो फुल्याको जिल्ला
जता गए पनि, जे गाए पनि उनमा बझाङकै, सुदूरपश्चिमकै भाका, कला, संस्कृतिको सुगन्ध हुन्थ्यो । उनले बझाङको सेरोफेरो चित्रण गरेको गीत गाएपछि सन्त्वना पुरस्कार पाएको हौसाला व्यक्त गर्छन् । तर गायकको उपाधि भने पाउन सकेनन् । गायकको उपाधि पाउन स्वर परीक्षण अनिवार्य गरिएको उनी बताउँछन् । फलतः स्वर परीक्षण गराएको पनि उनी सम्झिन्छन् ।
‘मैले पनि स्वर परीक्षण गराएँ । पास भएँ । शुरूमा 'ग' श्रेणीको गायकको दर्जा दिइन्थ्यो । दर्जा पनि पाएँ । पास भएपछि वर्षमा २ वटा गीत रेकर्ड गराउन पाउने अवसर मिल्थ्यो । तर पहिले नै मिति तोक्नु पर्थ्यो । त्यतिबेला अहिलेको जस्तो यातायातको साधन थिएन । त्यो मिति हामीजस्ता सुदूरपश्चिमेलीको लागि फलामे चिउरा झैं हुन्थ्यो,' उनी भन्छन्, 'त्यो बेला मिति तोक्ने पोष्टमा ज्ञानु राणा थिइन् । म एक दिन ढिला पुग्दा उहाँले ६ महिनापछि आउनु होला भन्नु भयो । मैले चाहिँ कहिल्यै आउँदैन भनेर फर्केको थिएँ ।’
संगीतकार नारायण रायमाझी त्यतिबेला रेडियो नेपालमै कार्यरत रहेको बताउँदै उनले ज्ञानु राणाको पोष्टमा रायमाझी पुगेपछि आफ्ना लागि साँगीतिक यात्रा सहज भएको र अरू गीत पनि रेकर्ड गराउन अवसर मिलेको बताउँछन् । संगीत गुरू नै रायमाझीलाई मानेका उनले गायन क्षेत्रमा एकपछि अर्को फड्को मार्दै गए । आफ्नो गायन यात्रा रेडियो नेपालमा मात्रै सीमित पारेनन् । म्युजिक नेपाललगायत विभिन्न सांगीतिक क्षेत्र छिर्न थाले ।
‘त्यो बेला गायकगायिकाले लाइफ रेकर्ड गर्नुपर्थ्यो । अहिले जस्तो गायक गायिका एक ठाउँमा नभएर पनि गीत रेकर्ड गराउन सक्ने आधुनिक प्रविधि थिएन । कम्पोज गर्ने प्रविधि नै थिएन । छाउनीमा त्यति बेलो एउटा स्टुडियो थियो, अल्फा हो कि...जस्तो लाग्छ,’ उनले अतीत सम्झिए, 'नारायण राजमाझी सर, कृष्ण गुरुङ, तिर्थ गन्दर्भ गयौं । तर आज हामीमाझ मेरो गीतमा सारंगी बजाउने तिर्थ गन्दर्भ हुनुहुन्न । त्यहीबेला नै मैले शुरूमा मञ्चमा गाएको चैर मुसी चैरसहित ६/७ वटा भाका रेकर्ड गराएँ ।’
हे...चैर मुसी चैर, चैर मुसी चैर....२
हे जारी होली पुसका महिना ओह्री हाल सौल,
अगेठा दूध चोर्ने बिल्लो, त्यै परेछ कौल
हे...चैर मुसी चैर, चैर मुसी चैर....२
कोठाका भर्याङ मुनी पुच्छर लल्काउनान्
हेर त भित्र पसी धान कोद्या मल्काउनान्
चैर मुसी चैर लोक भाका आज पनि उत्तिकै सान्दर्भिक छ । जीवन्त र कालजयी बन्न सफल छ । पछि उनले त्यसै चैर मुसी चैर भाकालाई परिमार्जन गर्दै इसा मुसा कई नाई भनी गाइजात्रे गीत बनाए । नेपाली राजनीतिमा देखिएका बेथितिविरुद्ध तीव्र व्यंग्यवाण प्रस्तुत गरे ।
उनले हालसम्म ७२ वटा एल्बम बजारमा ल्याइसकेका छन् । उनले आफ्नो मात्रै नभई अरूको एल्बममा पनि स्वर दिएका छन् । हालसम्म लगभग ८ सय लोक गीत गाएको उनी बताउँछन् । आफ्नो शब्द र लय भएको गीत अन्य गायकलाई समेत उनले दिएका छन् । तीमध्ये गायक रामचन्द्र काफ्लेले गाएको खेलौला डेउडा चैतली तथा भुई चम्पा, भुई चम्पा भन्ने गीत धेरैले रुचाएको गीत हो ।
उनको ढुक्रानचरी पनि उत्तिकै चर्चित एल्बम हो । यसको १ लाखसम्म क्यासेट बिक्री भएको रेग्मी बताउँछन् । प्रदेशी, झझल्को, देउरानी जेठानी, सासु बुहारीलगायतका गीत पनि हिट लिस्टमा पर्छन् ।
स्टुडियो गोदाममा परिणत
गायक रेग्मीले साढे २ दशक सुदूरको लोकसांस्कृतिक जगत खुबै तताए । तर देउडा भाकाको अर्को पर्याय बनेका उनै रेग्मी आजभोलि भने गुमनाम छन् । नारायण रायमाझीसँगको सहकार्यमा उनले कैलालीको अत्तरियामा रिमा रेकडिङ स्टुडियो स्थापना गरे । सुदूरपश्चिमको पहिलो स्टुडियोको रूपमा रहेको सो स्टुडियो करीब १० वर्षपछि बन्द भयो । पछि स्टुडियोलाई परिमार्जन गर्दै उनले संगीत सौगात स्टुडियोको रूपमा सञ्चालन गरे । ५/६ वर्ष सञ्चालनमा रहेपनि संगीत सौगात पनि बन्द भयो । करीब ५ वर्षदेखि संगीत सौगात स्टुडियो पनि गोदाम घरमा परिणत भएको छ । बढ्दो प्रविधि तथा लगानीको अभावले स्टुडियो बन्द भएको उनी बताउँछन् ।
उनको लेखन र गायन पनि अहिले सुस्ताएको छ । लोकसंस्कृतिको जर्गेनामा राज्यले ध्यान नदिँदा जाँगर हराउँदै गएको उनी गुनासो पोख्छन् । सुदूरपश्चिम प्रदेशको गाथा समेतिएको म्युजिक भिडियो १ वर्षदेखि प्रदर्शनको पर्खाइमा रहेको जनाउँदै दुखेसो पोख्दै भने, ‘जीवन जीउनै मुस्किल छ । राज्यले ध्यान नदिँदा अपांग भएको महसूस हुन्छ । काठमाडौंबाट आउनेहरू राष्ट्रिय गायक हुने, आउँदा विभिन्न सेवा सुविधा दिन्छन् । तर म जस्ता मोफसलमा बस्नेलाई स्थानीय भनिन्छ । दुःख लाग्छ । बाँच्न चाहिँ गाह्रो छ ।’
राष्ट्रिय सम्मान
लोक संस्कृतिमा योगदान पुर्याएबापत उनले राष्ट्रिय सम्मानसहित थुप्रै पुरस्कारबाट सम्मानित समेत भएका छन् । उनी संगीत तथा नाट्य प्राज्ञ प्रतिष्ठानको प्राज्ञ समेत हुन् । उनी हालसम्म ४ सय बढी पटक सम्मानित भइसकेका छन् ।
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...