फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
स्थानीय तह निर्वाचनको क्रममा विराटनगर महानगरमा भएको निर्वाचनमा अत्याधिक मत बदर भएको पाइएको छ ।
विराटनगर महानगरमा मत गणना चलिरहेको छ । अहिलेसम्मको गणनाको तथ्यांक अनुसार, अघिल्लो निर्वाचनमाभन्दा बढि मत विराटनगर महानगरमा बदर भएको छ ।
मुख्य निर्वाचन अधिकृतकाको कार्यालयका अनुसार ६२ हजार ४ सय ४२ मत गणना गर्दा मेयरमा १५ हजार ५ सय ३ मत बदर भएको छ । त्यस्तै, उपमेयरमा २३ हजार ९ सय ९९ मत बदर भएको छ ।
अघिल्लो निर्वाचनमा महानगरमा रहेको कुल मतदाता १ लाख १३ हजार ७६१ मध्ये ८० हजार ६ सय ८९ मत खसेको थियो । त्यसमध्ये, १९ हजार ४ सय १९ मत बदर भएको थियो ।
महानगरको मेयरमा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला, एमालेका सागर थापा, राप्रपाका प्रह्लाद साह, जनता समाजवादी पार्टी परित्याग गरी स्वतन्त्ररूपमा उमेश यादवलगायत १३ जना उम्मेदवार मेयरको प्रतिस्पर्धामा छन् ।
उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादव, एमालेकी शिल्पा निराला कार्की, राप्रपाकी बिन्दा लुइँटेल आचार्य, स्वतन्त्रमा माओवादी केन्द्रकी नमिता न्यौपाने, कांग्रेसकी गंगा सुवेदीलगायत १४ जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन् ।
विराटनगरमा उम्मेदवार नै नभएको चुनाव चिन्हमा धेरै मत आएको छ । ‘हामीले आयोगलाई जानकारी गराएका छौ’, मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने, ‘यसको तथ्याक भने हामी अन्तिममा सार्वजनिक गर्छौ ।’
उम्मेदवार नै नभएको चिन्हमा समेत मत आएकाले धेरै मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताए ।
जसपा, माओवादी, एकिकृत समाजवादी लगायतका दलहरुले मेयर पदमा उम्मेदवारी दिएका छैनन् तर, उनीहरुको चुनाव चिन्हमा मेयरका लागि पनि मत आएको छ ।
त्यसैगरी, कांग्रेस, माओवादी र नेकपा एसले उपमेयरमा उम्मेदवारी दिएको थिएन । उनीहरुको चुनाव चिन्हमा पनि उपमेयरका लागि मत आएको छ ।
गठबन्धन भित्र खटपट तथा फरक–फरक चुनाव चिन्हमा मतदान गर्दा आफुलाई आउने मत समेत बिग्रिने डरले दलका प्रतिनिधिले आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न लगाएको हुनसक्ने गठबन्धन भित्रकै दलका नेताहरू बताउँछन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा प्रदेश १ का १३७ पालिकामा ६ दशमलव ४४ प्रतिशत मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।
अघिल्लो निर्वाचनमा १३७ पालिकामा कुल २६ लाख ६५ हजार ८३३ मतदातामध्ये १९ लाख २० हजार ९०८ जनाले मतदान गरेका थिए ।
यस वर्षको चुनावमा विराटनगर महानगरमा रहेको कुल मतदाता १ लाख ३३ हजार १४२ मध्ये ६७ दशमलव ३५ प्रतिशत अर्थात् ८९ हजार ६ सय ७८ मत खसेको छ ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...