×

NMB BANK
NIC ASIA

स्थानीय निर्वाचनमा व्यक्तिवादी सोचका कारण पार्टीले क्षति व्यहोर्‍यो : डा. महत

असार १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्ने भएकाले यस्तो सोचबाट मुक्त हुन आग्रह गरेका छन् ।

Muktinath Bank

बट्टारमा नुवाकोट साहित्य प्रतिष्ठानको १५औं वार्षिकोत्सव, कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा बुधवार उनले म भए ठीक अरु भए बेठीक भन्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. महतले पार्टीको कार्यकर्ता भइसकेपछि व्यक्तिवादी सोचबाट माथि उठ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हालै भएको स्थानीय तह निर्वाचनमा व्यक्तिवादी सोचको कारण पार्टीले क्षति व्यहोरेको छ । अब संघ र प्रदेशको निर्वाचन आउँदैछ । पार्टीलाई सफल बनाउन व्यक्तिवादी सोचबाट मुक्त हुनैपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

पूर्वमन्त्री समेत रहेका प्रवक्ता डा. महतले कसैलाई देउता र कसैलाई दैत्य बनाइदिने अहिलेको प्रचलनबाट पनि जोगिनुपर्ने बताए । ‘कसैलाई क्षणभरमै देउता बनाइन्छ । त्यसको आलोचना समेत गर्न पाइँदैन । कसैलाई अनायासै दैत्य बनाइन्छ । न कोही देउता हुन्छ, न दैत्य । सत्य खोज्ने धैर्यता हामीमा छैन,’ डा. महतले भने, ‘यस्तो अहिलेको प्रचलनबाट जोगिनुपर्छ ।’

Vianet communication
Laxmi Bank

उनले रासायनिक मलमा अरु देशप्रति निर्भर हुँदा अहिले अभावको समस्या आइरहेको बताए । उनले सरकारले अब रासायनिक मल कारखानाको स्थापना गर्नमा ढिलो गर्न नहुने समेत बताए । डा. महतले प्राकृतिक खेती गर्ने र गाईवस्तुको थोरै मलबाट धेरै जग्गामा रासायनिक मलसरह काम गर्ने प्रविधि पनि विदेशतिर रहेकाले त्यसलाई प्रयोग गर्नसकेमा रासायिक मलको अभाव झेल्न नपर्ने बताए ।

कार्यक्रममा डा. महतले विभिन्न स्रष्टालाई सम्मान गरेका थिए । कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानमा संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले लेखेको समयचक्र हाइकु संग्रह विमोचन समेत गरिएको थियो । कार्यक्रममा अमृता स्मृति, कविन्द्र घिमिरे, अकिन्चन राई, बुनु लामिछाने, अन्जना पौडेल लगायतले रचना वाचन गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x