×

NMB BANK
NIC ASIA

तुलसीपुर उपमहानगरले बस्ती विकास कार्यक्रम लागू गर्ने

असार १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दाङको तुलसीपुर उपमहानगरपालिकाले घर, आवास, भूउपयोगी तथा बस्ती विकास कार्यक्रम लागू गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

उपहानगरपालिकाले हालै ल्याएको नीति कार्यक्रम र बजेटमार्फत कार्यक्रम लागू गर्ने जनाएको हो ।
 
यसअन्तर्गत दाङ जिल्ला, कर्णाली तथा लुम्बिनी प्रदेशका पालिकाको समन्वयमा संघ तथा प्रदेश सरकार, सहकारी, निजी क्षेत्र र समुदायको सहकार्यमा दीर्घकालीन योजनाको रुपमा सुविधा सम्पन्न मिडिसीटी (स्मार्ट सिटी, मेडिकल कलेज, अस्पताल, उद्यान) निर्माणमा सहकार्य गरिने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका लागि नगरपालिकाले केही रकम समेत विनियोजन गरेको छ । निर्माण भइसकेका घरलाई अनिवार्यरूपमा सूचीकृत गरिने जनाएको छ । नयाँ बन्ने घरलाई नक्शापासको मापदण्डभित्र ल्याइनेछ ।


Advertisment
Nabil box
Kumari

नक्शापास नगरी घर बनाउने कार्यलाई निरुत्साहित गरिने उपमहानगर प्रमुख टीकाराम खड्काले बताए । उनका अनुसार नक्शापास नगर्ने घरघनीलाई उपमहानगरपालिकाबाट उपलब्ध गराउने सेवासुविधा साथै विद्युत् पानीको सिफारिस समेत कटौती गरिनेछ ।
 
नगर क्षेत्रका ‘घ’ वर्गका घर तथा अस्थायी निर्माण गरिने संरचनालाई पनि न्यून दरमा नक्शा पासको दायरामा ल्याइने उल्लेख छ । भवन नक्शा पास प्रक्रियामा विद्युतीय प्रणाली अवलम्बन गरी छिटोछरितो सेवा प्रवाहलाई निरन्तरता दिइने बताइएको छ । साथै पुराना मिसिलहरूलाई अनलाइन प्रक्रियामा अद्यावधि गरिनेछ । सोका लागि पनि बजेट विनियोजन गरिएको छ ।

Vianet communication
Laxmi Bank

घर निर्माण गर्दा आकाशे पानी संकलन हुने गरी संरचना निर्माणलाई प्रोत्साहन गरिने बताइएको छ । तुलसीपुर नगर क्षेत्रमा लागू गरी घर नम्बर राख्ने कार्यको सम्भाव्यता अध्ययन गरिनेछ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र भू–उपयोग नियमावली २०७९को अवधारणामा जग्गालाई कृषि, व्यावसायिक, आवासीय र औद्योगिक वर्गमा वर्गीकरण गरिने जनाएको छ ।

नगर क्षेत्रभित्र सम्भाव्यता अध्ययन गरी आधुनिक बस्ती स्थापनाको लागि सम्भाव्यता अध्ययन गरी कार्य थालनी गरिनेछ ।

सरकारी सार्वजनिक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाकोे जीआइएस नक्शाङ्कन गर्न डिजिटल अभिलेख तयार गरिने जनाएको छ । आगामी आर्थिक वर्षमा जग्गाविहीन भूमिहीन सुकुम्वासीलाई भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा लालपुर्जा वितरण गरिने बताइएको छ ।

स्थानीयस्तरमा रहेका वास्तविक सुकुम्वासीको पहिचान एवं व्यवस्थापन गरी गैरसुकुम्वासीबाट अतिक्रमण गरिएको सार्वजानिक जग्गा फिर्ता गराइने छ । भूमि करलाई वैज्ञानिक र प्रभावकारी बनाउनुका साथै राजस्व वृद्धिमा टेवा पुर्‍याउने कार्यक्रम ल्याउने र  पालिकाभित्रका सबै बाटोको लगत कट्टा गरिने उपमहागरपालिकाको सूचना शाखाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x