मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
एक दशकअघि सार्वजनिक गजल गीत हो – गाजल लगाइनछौ । पुरु लम्साल यसका गीतकार । थानेश्वर गौतम संगीतकार र गायक ।
गजललाई स्रोता, दर्शकले त रुचाए नै । गजल संगीतमा फरक धार भित्र्याउन समेत सफल रह्यो ‘गाजल लगाइनछौ’ । जुन गजल आजपर्यन्त पनि उत्तिकै ‘हिट’ छ ।
संगीतमा चलिरहेको धार त छँदैछ, संगीतकार एवं गायक गौतम भने अरुभन्दा फरक गर्नुपर्छ भन्ने चाहन्थे ।
शुक्रवार लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘मैले गजल गाऔं वा लोकगीत गाऔं वा सालैजो–रोइला गाऔं । प्रत्येकमा फरक शैली नै ल्याउन चाहन्थें । जसमा म सफल पनि भएँ ।’ त्यसको पहिलो उदाहरणका रूपमा ‘गाजल लगाइनछौ’लाई लिन्छन् गौतम ।
‘जब मैले ‘गाजल लगाइनछौ’ गजल निकालें । त्यसले गजल स्टेजमा गाउन पनि मिल्दो रहेछ, गजलमा नाच्न पनि मिल्दो रहेछ भन्ने प्रमाणित गरिदियो,’ उनले भने, ‘त्यो गजलले मलाई थुप्रै देशमा पुर्यायो ।’
गजलले आफूलाई दर्जनौं देशको स्टेज टेकाएको गौतम बताउँछन् । सुत्ने बेलामा, यात्राको क्रममा समेत गजल सुन्न मिल्ने रहेको बताउँदै संगीत भनेको मन मस्तिष्कमा तरंग ल्याउने हुनुपर्ने धारणा उनी राख्छन् ।
गजलमा मात्र होइन, उनले चलिरहेकोभन्दा फरक धारमा ‘नाँकमा फुली ए मेरी ठूली’ बोलको सालैजो गीत ल्याए । चलिरहेकोभन्दा फरक धारमा लोकगीत ‘बाटो बन्द भो, तिमीलाई त मायाजाल कालो धन्दा भो’ ल्याए ।
‘छुट्नलाई पो रैछ क्यारे ए सानु
तिम्रो मेरो यति धेरै माया बसेको’
डेढ वर्षअघि सार्वजनिक ‘छुट्नलाई पो रैछ क्यारे’ लोक गीतले निकै चर्चा पायो । क्लासिकल आलाप राखेर गजल शैलीमा तयार यसलाई धेरैले ‘नेपाली संगीतमा एउटा फरक प्रयोग’ भनेर प्रतिक्रिया दिए । अग्रज कलाकारहरू समेतले गीतमा नयाँ प्रयोग गरेको भन्दै दिएको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको गौतम सुनाउँछन् ।
प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीत थानेश्वरले शान्तीश्री परियारसँग मिलेर गाएका थिए । माओत्से गुरुङको निर्देशन, पुष्प खड्का र जानु पोखरेलको अभिनय रहेको गीतको भिडियोले हालसम्म यूट्युबमा ७५ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।
तीज गीतमा समेत नयाँ प्रयोग गरे गौतमले । गजल प्रयोग गरेर तीज गीत ‘फुर्के धागो’ ल्याए । गीतले पनि राम्रो चर्चा पायो । एकधारले बनिरहेको सालैजोमा पञ्चेबाजा प्रयोग गरेर नयाँ स्वाद दिए । ‘घुम्टेमुनि कौलेनी’ बोलको गीतले पनि स्रोता दर्शकलाई नयाँ स्वाद दिलायो ।
गौतमले चलचित्रको गीतमा समेत गजलको प्रयोग गरेका छन् । रेखा थापाको चलचित्र ‘रामप्यारी’को गीत ‘छमछम ती पाउजुहरू बजाएर आऊ’लाई उनले गजल शैलीमै तयार पारेका थिए ।
पछिल्लो समय ‘तिम्रा यादहरू’, ‘बेचेर सपना’ जस्ता गजल गीतहरूमा पनि गौतमले फरक प्रयोग गरे । यी गजल गीतहरू पनि स्रोता दर्शकले असाध्यै रुचाए । यसरी थानेश्वर हरेक गीतमा नयाँ र फरकपन पस्किँदै सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन सफल छन् ।
यद्यपि गौतमले यो सफलता सुखले आर्जेका भने होइनन् । उनी भन्छन्, ‘सांगीतिक क्षेत्रमा आफ्नो धार स्थापना गर्न ठूलो तपस्या र संघर्ष गरेको छु ।’
शास्त्रीय संगीतमा स्नातकोत्तर, ५०० बढी गीतमा संगीत र स्वर
सांगीतिक क्षेत्रमा २ दशक बिताएका गौतम बागलुङका हुन् । परिवार, आफन्तमा संगीतमा लागेको कोही थिएनन् तर गौतमलाई सानैदेखि गीत, संगीतले तान्थ्यो । गीत, संगीतमा रुचि जगाउनुको श्रेय भने रेडियोलाई दिन्छन् ।
‘रेडियो जनैजस्तो हुन्थ्यो । जतिबेला पनि सँगै राख्ने । घाँस काट्न जाँदा पनि लिएर जाने,’ उनी सुनाउँछन्, ‘रेडियोमा आउने संगीतसँग सम्बन्धित सबै कार्यक्रम कण्ठ हुन्थ्यो ।’
सानै उमेरदेखि स्कूलका कार्यक्रमहरूमा गाउन थालेका गौतमलाई नारायण गोपाल, भक्तराज आचार्य, ज्ञानु राणा, अरुणा लामा, लोकबहादुर क्षेत्री, नारायण रायमाझी लगायतका गीतहरूले छुन्थ्यो रे !
स्कूलमा शिक्षकहरूले गौतमको गायकी सुनेर भन्थे – यति राम्रो स्वर छ, तिमीले संगीत विषय नै लिएर पढ्नुपर्छ । उनले संगीतलाई नै आफ्नो भविष्य सोच्न थाले । एसएलसीपश्चात संगीत पढ्न काठमाडौं छिरेका गौतमले एल्बम निकाल्न हतार भने गरेनन् ।
उनी भन्छन्, ‘मलाई त्यतिबेलै लाग्थ्यो, गीत गाउनु मात्रै ठूलो कुरा होइन । एउटा सभ्य र सही गायक बन्नु थियो, जसले संगीत बुझोस् ।’ २०५९ सालतिर उनले पहिलो गीत ‘सोधौं कसलाई’ सार्वजनिक गरे । पहिलो गीत नै तत्कालीन चर्चित गायिका बीमाकुमारी दूरासँग गाउन पाउँदा आफूमा उत्साह थपिएको गौतम स्मरण गर्छन् ।
गायक तथा संगीतकार गौतमलाई चिनाउने पहिलो गीत भने १ दशकअघिको ‘बिर्सिएर सिंगारमा गाजल लगाइनछौं’ रह्यो । ५०० हाराहारी गीतमा संगीत एवं स्वर दिएका गौतमले संगीतमै स्नातकोत्तर (मास्टर्स डिग्री) गरेका छन् ।
एउटा कथा (छुट्नलाई पो रैछ क्यारे – अध्याय २)
‘छुट्नलाई पो रैछ क्यारे’ हिट भएसँगै यसको अध्याय–२ ‘एउटा कथा’ शुक्रवार मात्रै सार्वजनिक गरिएको छ । यस गीतमा पनि फरक शैलीमा तयार पारिएको छ । यसमा गीतकार, संगीतकार, गायक/गायिकासँगै मोडल समेत दोहोरिएका छन् ।
प्रभा बर्तौलाको शब्द रहेको गीतमा थानेश्वर गौतमको संगीत छ भने थानेश्वर र शान्तीश्री परियारले स्वर दिएका छन् । भिडियोमा मोडल पुष्प खड्का दोहोरिएका हुन् । रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा पुष्पसँगै रुबिना थापा र सुधिर श्रेष्ठको अभिनय छ ।
गीतमा पे्रमिल जोडीको कथा प्रस्तुत गरिएको छ । थानेश्वर यस गीतको अडियो र भिडियोमा असाध्यै मेहनत गरेको बताउँछन् । ‘अडियो रेकर्ड गरेको ६–७ महिना अगाडि नै हो । भिडियो ३ दिन ३ रात लगाएर खिचियो । निर्देशक, कलाकारदेखि सबै टीमले दिनरात नभनेर एकदमै मेहनत गर्नुभयो,’ उनले भने, ‘त्यसैको फल त गीत राम्रो बनेर आएको छ ।’
पछिल्लो समय हिट गीतको सिरिज ल्याउने लहर नै चलेको छ । थानेश्वर भने लहरको पछि लागेर भन्दा पनि स्रोता एवं दर्शकको आग्रहअनुसार अध्याय २ ल्याइएको बताउँछन् । संगीतमा निरन्तर साधनारत गौतमले थुप्रै गीतहरू आउने तयारीमा रहेको र त्यसमा पनि गजलहरू बढी संख्यामा रहेको बताए ।
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...