×

NMB BANK
NIC ASIA

माओवादी केन्द्रको बैठक

प्रचण्डले भने – पार्टीमा विचलन छ, अन्तर्घातीलाई कारवाही हुन्छ

असार २३, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही हुने बताएका छन् ।

Muktinath Bank

बिहीवार पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी नतिजाबारे बोल्दै अध्यक्ष प्रचण्डले अन्तर्घातबारे छानबिन हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अन्तर्घातीलाई कारबाही हुन्छ । मधेशमा कतिपय स्थानमा पुरानालाई नै दोहोर्‍यायौं, त्यो गल्ती थियो । अर्को पार्टीले निर्णय गरिसकेपछि सबै मिलेर लाग्नुपथ्र्यो तर पार्टीभित्र विभिन्न स्वार्थ समूह गुटले अर्कोलाई परास्त गर्न सफलता जस्तो ठान्यो । म पनि अन्तरघाती नै बनेको छु भनेर मातृकाले भन्नुभयो । ममाथि पनि आरोप छ । अरु सिनियर नेतामाथि पनि आरोप छ । यो पार्टीमा विचलन हो भन्ने प्रमाण हो । वैचारिक राजनीतिक कार्यदिशाको सवालमा विचलन छ,’ प्रचण्डले भने ।


Advertisment
Nabil box
Kumari

छानबिन गरेर दोषी प्रमाणित भएकालाई कारवाही हुने उनले बताए । ‘ठूलोस्तरको अन्तर्घात चाहिँ केही खास ठाउँमा छ, सिरहा र महोत्तरीमा अन्तर्घात चर्को छ, अन्यमा पनि छ । पश्चिमतर्फ जाँदा बर्दियामा गम्भीर खालको छ । बर्दिया सम्भावना भएको जिल्ला हो । म कार्यक्रममा जाँदा पनि अप्ठ्यारो अवस्था भयो । तराईमा धेरथोर सबैतिर देखिएको छ र पहाडमा पनि । यसलाई के गरी समाधान गर्ने भन्ने कुरा जुन उठेको छ, यसलाई हामीले छानबिन गर्नैपर्छ । दोषी प्रमाणित भएकालाई कारवाही गर्नैपर्छ । निलम्बन र निष्कासनसम्मको व्यवस्था विधानमा गरिएको छ, सोही अनुसार हुन्छ । निर्वाचनमा हुनसक्ने सम्भावित अन्तर्घातलाई रोक्न पनि १५ दिनभित्रै गम्भीर प्रकृतिका जिल्लामा आवश्यक परे जाने र अन्यमा रिपोर्ट मगाउने गरी एउटा कमिटी बनाउने ।’

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x