×

NMB BANK
NIC ASIA

सरकार गठनकाे कसरत

प्रधानमन्त्रीको लिगलिगे दौड, मैदानमा ६ मुख्य खेलाडीको 'रेस'

मंसिर १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

निर्वाचनको अन्तिम मत परिणाम आउँदै गर्दा नयाँ सरकारको नेतृत्वका लागि नेताहरूले लिगलिगे दौड शुरू गरेका छन् ।

Muktinath Bank

प्रधानमन्त्री बन्ने आकांक्षासहित ६ जना नेताहरू आफू अनुकूल राजनीतिक समीकरण बनाउने प्रयासमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेसम्मको मत परिणामलाई हेर्दा नेपाली कांग्रेसले ठूलो दलको हैसियत कायम गर्ने भएको छ, तर उसले एक्लै सरकार बनाउने गरी मतपरिणाम आएको छैन ।


Advertisment
Nabil box
Kumari

संविधानको धारा ७६ मा सरकार गठनको व्यवस्था छ । धारा ७६(१) मा संसदमा बहुमत प्राप्त गर्ने संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सरकार बनाउनका लागि कुनै पनि दलले प्रत्यक्ष र समानुपातिकसमेत गरेर कम्तीमा १३८ सीट ल्याउनुपर्ने हुन्छ । यसपटकको चुनावमा कुनै पनि दलको बहुमत पुग्ने अवस्था छैन । 

Vianet communication
Laxmi Bank

त्यसो हुँदा धारा ७६(२) बमोजिमको सरकार बनाउनुपर्ने भएको छ । उपधारा (२) मा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

सोही व्यवस्थाअनुसारको सरकार बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक भेटवार्ता बढाएका छन् तर वर्तमान सत्तारूढ गठबन्धनकै सरकार बनाउने वा नयाँ विकल्पमा जाने भन्ने विषय दलहरूले स्पष्ट गरिसकेका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने वर्तमान सत्तारूढ गठबन्धनकै सरकार बनाउने विषयमा छलफल शुरू गरिसकेका छन् ।

देउवा र प्रचण्डका बीचमा निर्वाचन परिणाम र आगामी सम्भावनाबारे २ पटक छलफल भइसकेको छ । देउवाले सोमवार बिहान प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै छलफल गरेका छन् । देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले ३ नेताहरूबीचमा नयाँ सरकार गठनबारे प्रारम्भिक छलफल भएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नयाँ सरकार गठन, राजनीतिक पदमा ‘पावर शेयरिङ’ लगायतको विषयमा सामान्य छलफल भएको परियारले बताए । ‘गठबन्धन दायाँबायाँ नगरी एकमतका साथ अघि बढ्नुपर्ने ३ शीर्ष नेताको निष्कर्ष छ,’ परियारले भने ।

प्रधानमन्त्रीका दाबेदार

अहिले प्रधानमन्त्री पदको दाबी गर्नेहरूमध्ये नेपाली कांग्रेसमा धेरै नेता देखिएका छन् । वर्तमान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा छैटौंपटक प्रधानमन्त्रीका लागि लालायित छन् ।

उनले चुनावअघि डडेल्धुरामा चुनावी भाषणको क्रममा मत माग्दै भनेका थिए, ‘अरूले चुनाव जिते सांसद मात्रै हुने हो । मैले चुनाव जित्दा प्रधानमन्त्री हुने हो ।’ यसरी उनले चुनावअघि नै प्रधानमन्त्री पदको दाबी गरेका थिए ।

देउवाले डडेल्धुराबाट चुनाव जितेका छन् । प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता चयन हुनुपर्छ । कांग्रेसमा देउवालाई संसदीय दलमा चुनिनका लागि तुलनात्मकरूपमा सहज देखिन्छ ।

अहिले चुनाव जितेका कांग्रेसका नेतामध्ये ५७ जना देउवा पक्षका छन् । ३२ जना संस्थापनइतर समूहका छन् । यो संख्या संसदीय दलको नेता चुनिन देउवाको लागि सहज अंकगणित हो ।

कांग्रेसबाट महामन्त्री गगन थापाले पनि प्रधानमन्त्री बन्ने उद्घोष गरेका छन् । उनले चुनावमा मत माग्दा नै आफ्नो योजना प्रधानमन्त्री बन्नको लागि प्रयास गर्ने रहेको बताएका थिए । चुनाव जितेको घोषणा भएपछि उनले अब संसदीय दलको नेता बन्न चुनावको तयारी गर्ने उनले बताएका थिए । कांग्रेस र समग्र राजनीति सुधार गर्नका लागि युवापुस्ताले नेतृत्वमा दाबी गर्नुपर्ने अवस्था आएकाले आफू अघि सरेको थापाले दाबी गर्ने गरेका छन् ।

थापाले डिजिटल माध्यममा ‘मिसन पीएम’ अभियान सञ्चालन गरेर प्रधानमन्त्रीको दाबी प्रस्तुत गरिरहेका छन् तर कांग्रेसमा संसदीय दलको नेता चुनिन थापालाई अनुकूल अंकगणित छैन । अर्कोतर्फ वर्तमान गठबन्धनकै सरकार बन्ने अवस्थामा गठबन्धनमा रहेका दलहरूले थापालाई प्रधानमन्त्रीको लागि स्वीकार गर्छन् वा गर्दैनन् भन्ने कुराले पनि उनको प्रधानमन्त्री पदको दाबी कति सार्थक हुन्छ भन्ने निर्क्यौल गर्छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट चुनाव जितेर काठमाडौं फर्किएपछि प्रधानमन्त्री बन्ने आधार बनाउने प्रयास गरिरहेका छन् । उनले पनि चुनावी प्रचारकै क्रममा प्रधानमन्त्रीको दाबी गरेका थिए ।

तनहुँमा चुनावी भाषणको क्रममा उनले भनेका थिए, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ । देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु । देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ ।’

२०६७ सालमा एकीकृत समाजवादीका नेता (तत्कालीन एमाले अध्यक्ष) झलनाथ खनालसँग पौडेलले संसदमा १७ पटक चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यसबेला प्रधानमन्त्रीका लागि कांग्रेसले पौडेल, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेको तर्फबाट झलनाथ खनाल प्रतिस्पर्धामा थिए ।  संसदमा ७ पटकसम्म मतदान हुँदा पनि उनीहरूले संवैधानिक प्रावधानअनुसारको मत पाउन सकेनन् । आठौं पटकमा प्रचण्ड बाहिरिए । प्रचण्ड बाहिरिएपछि पौडेल र एमालेबाट खनालको प्रतिस्पर्धा १७ पटकसम्म भइरह्यो । अन्तिममा माओवादीको समर्थनमा खनाल प्रधानमन्त्री बनेका थिए ।

उतिबेला पौडेलमा जागेको प्रधानमन्त्रीको भोक अझै मेटिएको छैन । उनी अहिले प्रधानमन्त्री बनिहालिन्छ कि भन्ने आशासहित राजनीतिक भेटवार्तामा व्यस्त छन् । 

केही दिनअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री बन्न सहयोग गर्न अनुरोध गरेका थिए । देउवाले राजनीतिक समीकरण अनुकूल भयो भने आफू बाधक नबन्ने जवाफ पौडेललाई दिएको बालुवाटार स्रोतको भनाइ छ । त्यसपछि पौडेलले थप उत्साहित भएर राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

कांग्रेसका नेता विमलेन्द्र निधिलाई पौडेलले घरमै बोलाएर प्रधानमन्त्री बन्न आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । निधिले पनि संवाद जारी राख्ने जवाफ दिएर फर्किएको कांग्रेसका नेताहरू बताउँछन् ।

कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पनि प्रधानमन्त्री बन्ने उद्घोष गरेका छन् । उनले पनि चुनावी प्रचारकै क्रममा प्रधानमन्त्री बन्ने दाबी गरेका थिए । चुनावी प्रचारको क्रममा उनले भनेका थिए, ‘जनताले मलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहेका छन् ।’ मतगणनाको परिणाम सार्वजनिक भएपछि सिहंले आफूलाई जनताले प्रधानमन्त्री बन्नका लागि मत दिएको अर्थमा व्याख्या गरेका थिए ।

प्रधानमन्त्रीका लागि अनुकूल राजनीतिक परिस्थिति बनाउन सिंहले पनि राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । आइतवार साँझ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर राजनीतिक संवाद गरेका छन् ।

कांग्रेसका अर्का नेता डा. शेखर कोइराला मोरङ ६ बाट निर्वाचित भएका छन् । उनले पनि कांग्रेसको संसदीय दलको नेतामा दाबी गर्ने संकेत गरेका छन् । अहिले विराटनगरमा रहेका कोइरालाले पार्टी सभापति र साथीहरूसँग छलफल गरेर संसदीय दलको नेतामा दाबी गर्ने वा नगर्नेबारे निर्णय लिने बताएका छन् । उनकै समूहका नेता गगन थापाले प्रधानमन्त्री दाबी गरेपछि कोइराला स्पष्ट रूपमा खुल्न सकेका छैनन् ।

सत्तारूढ गठबन्धनभित्र प्रधानमन्त्रीका सशक्त दाबेदारका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् तर चुनावी नतिजा भने उनको प्रधानमन्त्री दाबीका लागि अनुकूल छैन । मंसिर ४ गतेमा भएको चुनावमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट मात्रै जित्न सकेको छ । गठबन्धनमा रहेको दल कांग्रेसले माओवादी केन्द्रभन्दा ३ गुणा बढी सिटमा जीत निकालेको छ । 

हुन त चुनाव घोषणा हुनुअघि नै जेठ ३१ गते अकस्मात भारत भ्रमणमा गएका प्रचण्डले चुनावपछिको प्रधानमन्त्री पद सुरक्षित गरेको टिप्पणी राजनीतिक वृत्तमा हुने गरेको थियो । त्यसबेला त्यस्तो टिप्पणीलाई प्रचण्डले ‘आपराधिक’ भनेका थिए ।

तर चुनावी नतिजा नआइसक्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री देउवा र प्रचण्डलाई छुट्टाछुट्टै भेटेर एक्लाएक्लै संवाद गरेका छन् । ती भेटमा श्रीवास्तले नयाँ सरकारबारे चासो राखेको देउवा र प्रचण्ड निकट नेताहरू बताउँछन् । 

गठबन्धनमा प्रधानमन्त्री नपाउने अवस्थामा प्रचण्ड वामपन्थी समीकरणमा समाहित हुन पनि सक्छन् तर त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको ‘केमेस्ट्री’ मुख्य विषय छ ।

कांग्रेससँग वैचारिक निकटता राख्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य अहिले गठबन्धनमा प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्ने अवस्था नै नरहेको बताउँछन् । ‘कांग्रेसभन्दा ३ गुणा सानो पार्टीले प्रधानमन्त्री दाबी गर्ने कुरा आउँदैन । अन्य राजनीतिक पद लिनका लागि प्रधानमन्त्रीमा दाबी गर्नु छुट्टै कुरा हो,’ आचार्यले भने । 

कांग्रेसकै कतिपय नेताहरू भने देउवा र प्रचण्डले प्रधानमन्त्रीको कार्यकाल आधा–आधा बाँड्न सक्ने र दोस्रो कार्यकालमा प्रचण्ड प्रधानमन्त्री हुनसक्ने विश्लेषण गर्छन् तर यी सबै कुरालाई प्रमुख राजनीतिक पदको बाँडफाँटले पनि निर्धारण गर्ने उनीहरूको विश्लेषण छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएको थियो तर एमालेले सरकार बनाउने गरी चुनाव जित्न सकेन । सत्तारूढ गठबन्धनभन्दा बाहिरका शक्तिलाई लिँदा पनि एमालेले सरकार बनाउने अवस्था देखिँदैन ।

एमाले सरकारमा जानको लागि कांग्रेस–एमालेको सहकार्य हुनुपर्छ तर नेपालको राजनीतिक इतिहास हेर्दा अपवादबाहेक पहिलो र दोस्रो दलको सहकार्य देखिएको छैन । त्यसो हुँदा एमालेले पनि सरकारको नेतृत्व गर्न माओवादी केन्द्रकै सहयोग चाहिन्छ । अध्यक्ष ओलीसँग प्रचण्ड र माधव नेपालको सम्बन्ध तिक्ततापूर्ण रहेकाले अहिले नै यो समीकरण बन्ने अवस्था नदेखिएको वामपन्थी पृष्ठभूमिका राजनीतिक विश्लेषक नारायण ढकाल बताउँछन् ।

तर एमालेका दोस्रो तहका नेताहरू भने वामपन्थी समीकरण बनाएर सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन् । उनीहरूको प्रयास सार्थक भएमा एमाले अध्यक्ष केपी ओली वा प्रचण्डमध्ये एक प्रधानमन्त्री हुनसक्छन् तर यो सम्भावना अहिलेका लागि सुदूर टाढाको विकल्प हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x