कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
विराटनगर, १९ वैशाख– गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर गायब भएको भनिएको तस्करीको ३३ किलो सुन र त्योसँगै जोडिएको सनम शाक्य हत्या प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत माेरङमा बुधवार मुद्दा दर्ता गरिएको छ ।
नेपाल प्रहरीका ७ कर्मचारीसहित अन्य ५६ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको बताए ।
प्रहरीका बहालवाला प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, पूर्व डिआईजी गोविन्द निरौला, डीएसपी प्रजित केसी तथा सञ्जय राउत, सई बालकृष्ण सञ्जेल, एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान विष्णुबहादुर खड्काविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइहरुमा निम्नानुसार छन्,
विमानस्थलका कर्मचारीहरु :
थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल र तुलाराम थारु
सुन तस्करीमा लगानी गर्ने व्यापारीहरु :
भुजुङ गुरुङ, महावीर गोल्यान, राजेन्द्रमान शाक्यविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
सुन बेपत्ता भएपछि मारिएका सनम शााक्य हत्याका प्रतिवादीहरु :
मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे र राजन कुमार
फरार अभियुक्तहरू :
चूडामणि उप्रेती (गोरे)सहित एसएसपी श्याम खत्री, गोरेका भाइ रमेश उप्रेती, गोरेकी श्रीमती निरु खरेल, गोरेकी प्रेमिका रक्षा भण्डारी, मोहनकुमार अग्रवाल, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, संदिप खडका, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, प्रयास पराजुली, सुरेन्द्र गौतमलगायत
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...