×

NMB BANK
NIC ASIA

अदालतमा सुनकाण्डका २९ आरोपी ल्याइँदा यस्तो देखियो, ठूलालाई गाडी, सानालाई हत्कडी !

बैशाख १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १९ बैशाख –बुधवार साढे ३३ किलो सुनकाण्डको  विषय सबैको चर्चाको विषय बन्यो ।सुन तस्करी काण्डका नाइके चुडामणि उप्रेती ‘गोरे’लाई सघाउने प्रहरीका पूर्व डीआईजीसहित बहालवाला एसएसपी, एसपी, डिएसपीसहित ६३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै थियो । 
त्यसैको रिपोर्टिङका लागि विराटनगरका सबै पत्रकारहरु बिहानै १० बजेनै अदालत परिसर पुगिसकेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

देशकै ध्यान सुन तस्करीमा केन्द्रित भएको बेला सञ्चारकर्मीलाई  रिपोर्टिङको चुनौति त थियो नै पाठकलाई सुसूचित बनाउने एउटा महत्वपूर्ण जिम्मेजारी पनि थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

त्यही क्रममा पुगेका हामी पत्रकारहरु दिनभरी त्यही रिपोर्टिङ कै क्रममा थियौंं। आधिकारिक जानकारी नदिइएकाले प्रतिवादीलाई कहिले १२ बजे ल्याइन्छ भनेर कसैले सुनाउँथ्यो अनि एकै छिनमा अर्को व्यक्तिले भन्थे –अहिले ल्याउँदैनन् अब ४ बजेपछि मात्र ल्याउँछन् । 

Vianet communication
Laxmi Bank

जसले जे भनेपनि सञ्चारकर्मीलाई  आरोपीको फोटो, भिडियोका साथै त्यहाँको गतिविधिको रिपोर्टिङ गर्नु थियो । अरु गतिविधिको रिपोर्टिक गर्नुथियो । र, व्यग्र प्रतिक्षा थियो । 
यही क्रममा दिउँसो ३ बजेर २५ मिनेट जाँदा अदालतमा सुन तस्करी  तथा सनम शाक्य हत्याका अभियुक्त २९ जनालाई ल्याइयो। प्रहरीका पूर्व डीआईजी, बहालवाला एसपी र २ जना डिएसपीलाई अदालतको मुख्य गेट पश्चिमबाट भित्र प्रवेश गराइयो । 

 उनीहरुलाई सनम शाक्यको शव बरामद हुँदा प्रयोग भएको बा१२च ५९६३ र सामान बोक्ने गाडी मे१ च ५३९५ को सुविधासम्पन्न गाडीमा ल्याइएको थियो । तर, अन्य २४ जनालाई भने प्रहरीको मिनी ट्रकमा हालेर ल्याइएको थियो । उनीहरुलाई सरकारी वकिल कार्यालयको मुख्यद्धार पुर्वी गेटबाट अदालत प्रवेश गराइएको थियो ।  तर, बहालबाला एसएएसपी दिवेश लोहनी कहाँबाट सिधै अदालत पसे कसैले सुईँकोसम्म पाएनन्  । 
कसैलाई हत्कडी, कसैलाई चैन !

सुन तस्करी तथा सनम हत्याको विषयमा २९ जनालाई पक्राउ गरी अदालतमा मुद्दा चलाउन ल्याइएका मध्य पूर्व डीआईजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल डिएसपी सञ्जय राउत, प्रजित केसीलाई बिना हत्कडी अदालतमा उपस्थित गराइएको थियो । तर सँगैका सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुप्रसाद खड्कालाई भने हत्कडी लगाएर अन्य अभियुक्त सरह प्रहरीको मिनी ट्रकमा ल्याइएको थियो  । 
अदालतको हिरासत कक्षमा भने एकै ठाएँमा राखियो । तर प्रहरी अधिकृतहरुको छेउमा अन्य अभियुक्तलाई राखिएको थिएन । अदालतमा उपस्थित गराइएका मध्य प्रहरीहरुलाई श्रेस्तेदारको कार्यकक्षमा लगेर सहीछाप गराइयो भने अरु अभियुक्तलाई हिरासत कक्षमै सही गराइएको थियो । 

उनीहरुलाई २ घण्टा १० मिनेट अदालतमा राखिएको थियो । त्यसपछि पहिलो चरणमा २९ जना मध्ये २४ जनालाई निकालियो भने त्यसको केही समयमा  प्रहरीका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालयको एसपी र डिएसपी चढ्ने गाडीमा फर्काइएको थियो । 

यसरी निस्किँदै गरेका सबै प्रहरीका निलम्बित अधिकृतहरु सरासरबाहिर निस्किरहेका थिए ।  त्यही क्रममा बाहिरिँदै गरेका आरोपी एसएसपी दिवेश लोहनीको पत्रकारहरुले फोटो खिच्न थाल्दा आक्रमण गर्न थाले । मनलाग्दी गाली गर्दै क्यामेरा खोस्ने, मुक्का प्रहार गर्ने तथा लात्तीले हान्नेसम्म भएपछि पत्रकारहरुले मौखिक प्रतिवाद गरेका थिए । लोकान्तरकर्मी सुमन सुस्केरा र अर्का पत्रकार धु्रब भट्टराईलाई लात्ति र मुक्का नै लोहनीले प्रहार गरे ।  यस्तै उनले  अनन्तराज न्यौपाने र अनील श्रेष्ठलाई पनि अपशब्द प्रयोग गर्दै गाली गरेका थिए । 
 

केसी र लोहनीको मुद्दा फितलो 
यता ३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्याकाण्डका अभियुक्त प्रहरीहरुलाई नै फरक फरक मुद्दा दर्ता भएको छ । सुन तस्करमा संलग्न र सनम हत्याका आरोपि भनिएका डिएसपी प्रजित केसी र एसएसपी दिवेश लोहनीलाई  संगठित अपराधमा संलग्न सदस्यहरुलाई भगाउन सहयोग गरेको विषयमा मुद्दा चलाईएको हो । तर, अन्य प्रहरी अधिकृतहरुलाई भने सुन तस्करी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।

 

एसएसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, पूर्व डीआईजी गोविन्द निरौलालाई सुन तस्करी तथा संगठित अपराधमा मुद्दा चलाईएको हो । तर डिएसपी प्रजित केसीसँगै सनम हत्याको घटनासम्मसँगै आएका बालकृष्ण सञ्जेललाई भने ४ वटा मुद्दा लगाइएको छ । उनलाई संगठित अपराध, कर्तब्य ज्यान, सुन तस्करी र शरीर बन्धक तथा अपहरण मुद्दा चलाइएको छ ।  उनीसँगै अन्य सबैलाई चारवटै मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्त पुण्य प्रसाद पाठकले जानकारी दिए  ।

 यो मुद्दा पक्राउ पर्न बाँकी रहेका फरारीको हकमा समेत लागू हुने उनले जानकारी दिए । 
जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले प्रमाण बुझ्ने काम भएकोले बिहिबारदेखि बयान शुरु हुने जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x