×

NMB BANK
NIC ASIA

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले लिएको पारिश्रमिक फिर्ता गर्नुपर्ने !

बैशाख २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, २८ वैशाख – प्रदेश नम्बर १ को  संसदले जनप्रतिनिधिको सेवा सुबिधा सम्बन्धि कानून निर्माण गरेपछि स्थानीय तहका जनप्रतिनिधिले आफूखुसी लिँदै आएको पारिश्रमिक फिर्ता गर्नुपर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सभाले कानून निर्माण नगर्दै स्थानीय तहका जनप्रतिनिधिले आफैले निर्णय गर्दै तलव र सुबिधान लिईरहेकोमा कानून बनिसकेपछि त्यो खारेज हुने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर महानगरपालिकाले जनप्रतिनिधिको तलव सम्बन्धि निर्णय गरेको १५ दिन नपुग्दै प्रदेश कानून निर्माण भएपछि महानगर कार्यपालिकाको निर्णय खारेज भएको छ ।


Advertisment
Nabil box
Kumari

गाउँ तथा नगर सभाका सदस्यले पाउने सुबिधाको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक प्रदेश सभाबाट पारित भएपछि महानगरले गरेको पारिश्रमिक सम्बन्धि निर्णय स्वत खारेज भएको हो । नेपालको संबिधान २०७२ ले गाउँसभा र नगरसभाका सदस्यले पाउने सुबिधा सम्बन्धि ब्यवस्था प्रदेश कानुन बमोजिम हुने उल्लेख गरिएको छ ।

Vianet communication
Laxmi Bank

कानून निर्माणसँगै महानगरले भुक्तानी गरेको पारिश्रमिक रकम बेरुजु भएको छ । महानगरपालिकाले चालु आर्थिक बर्षको १० महिनामा जनप्रतिनिधिको पारिश्रमिक बापत १ करोड २४ लाख ६५ हजार भुक्तानी गरिसकेको छ ।

महानगरपालिकाको बैशाख ९ गते बसेको चौधौँ कार्यपालिका बैठकले महानग प्रमुख उपप्रमुख वडाअध्यक्ष कार्यापालिका सदस्य र वडा सदस्यहरुको पारिश्रमिक निर्धारण गरेको थियो । कार्यपालिकाले पारिश्रमिक निर्धारण गरेपछि अहिलेसम्म ८५ जनाले पारिश्रमिक भुक्तानी पाईसकेका छन् । भने २० जनाले भुक्तानी पाउन बाँकी छ । 

महानगरपालिकाले जनप्रतिनिधिलाई पारिश्रमिक दिने निर्णय गरेकोमा प्रदेश कानूनले भने भत्तासहितको सुबिधा मात्र दिने ब्यवस्था गरेको छ । महानगर कार्यपालिकाले प्रमुखलाई मासिक ५० हजार, उपप्रमुखलाई ४५ हजार वडा अध्यक्षलाई ३० हजार कार्यपालिका सदसयलाई १५ हजार र वडा सदस्यलाई ६ हजार पाँच सयका दरले पारिश्रमिक दिने निर्णय गरी रकम भुक्तानी गरिएको थियो ।

प्रदेश सभाबाट पारित बिधेयकले महिनामा ३ पटक भन्दा बढी बैठक भत्तालिन नपाउने गरी प्रमुखले प्रति बैठक ३ हजार, उपप्रमुखले २ हजार ५ सय र वडा अध्यक्ष र कार्यपालिका सदस्यले २ हजार २ सय र वडा सदस्यले २ हजारका दरले भत्ता पाउने ब्यवस्था गरेको छ । प्रदेश कानून अनुसार मासिक ३ बैठक बसेमा प्रमुखले ४२ हजार रुपैयाँ, उपप्रमुखले अधिकतम ३५ हजार, वडा अध्यक्षले अधिकतम २९ हजार एक सय बरावरको सुबिधा पाउनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x