×

NMB BANK
NIC ASIA

प्रलोभनमा पारेर धर्म परिवर्तन गराउनु अत्याचार हो - स्वामी महेश्वरानन्द [भिडियो अन्तर्वार्ता]

जेठ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गरेको धार्मिक भनिएको भ्रमणको विषयमा नेपाली राजनीतिमा मात्र नभई धार्मिक र सांस्कृतिक वृत्तमा पनि चर्चा चलिरहेको छ । मोदीको धार्मिक कूटनीतिले धर्मको आडमा राजनीति गर्दै गरेका उनलाई फाइदा त अवश्य पुर्‍याउँछ तर नेपालमा धार्मिक पर्यटनको सम्भावना पनि फस्टाउने जस्तो देखिन्छ । पछिल्लो समयमा लोभ र डरत्रास देखाएर नेपालमा हिन्दू र बौद्धमार्गीहरूलाई क्रिश्चियन बनाइँदै गरेका खबरहरू पनि यदाकदा सुन्न सकिन्छन् । धार्मिक अतिवादको मुद्दा भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै चर्चामा छ । यी र यस्तै विषयहरूलाई समेटेर लोकान्तरकर्मी ईश्वर अर्यालले नेपाल र भारतमा प्रख्यात स्वामी महेश्वरानन्द पुरीसँग कुरा गरेका थिए ।

Muktinath Bank

प्रस्तुत छ, स्वामी महेश्वरानन्दसँग गरिएको कुराकानीको सम्पादित अंश ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल र भारतको सम्बन्धमा सांस्कृतिक आयामको महत्त्व कति छ ?


Advertisment
Nabil box
Kumari

वास्तवमा भन्ने हो भने वैदिक संस्कृतिको आरम्भ यहीँबाट भएको हो । हाम्रो संस्कृति एउटै हो, जसलाई हामीले सनातन संस्कृति भन्छौं । सनातनको अर्थ हो ‘बियोन्ड लिमिट अफ टाइम’ अर्थात् त्यो संस्कृति जुन समयभन्दा पर छ र जसको नीति शाश्वत छ । त्यही सनातन संस्कृतिको मूलाधार वेद हो । यसकारण हामीले यसलाई वैदिक सनातन संस्कृति भन्छौं र जसले वैदिक सनातन संस्कृतिको अनुपालन गर्छन्, तिनीहरूलाई हामीले आर्य भन्छौं ।

Vianet communication
Laxmi Bank

आर्य वैदिक सनातन संस्कृति संसारमा एउटा मात्र छ । भौगोलिक दृष्टिबाट हेर्दा पनि एक छ, सांस्कृतिक धार्मिक दृष्टिबाट हेर्दा पनि एक छ । केवल राजनीतिक दृष्टिबाट हेर्दा मात्र फरक देखिन्छ । बाँकी कुनै खालको केही भेद छैन ।

दक्षिण एसियामा हाम्रो वेदले भन्ने गरेको आर्यव्रत भूखण्डमा पछिल्लो समयमा देखिएका जति पनि सांस्कृतिक विविधता छन् । तिनीहरूको उद्गम एउटै सनातन संस्कृतिबाट भएको हो ?

होइन, अर्को जुन संस्कृति छ त्यो अर्वाचीन कालमा आएको हो । एलेक्जेन्डर भनेर जसलाई हामीले भन्छौं, उनबाट शुरू भयो । हाम्रो वैदिक सनातन संस्कृतिमा हस्तक्षेप गर्न भनेर उनी आउन त आए, तर सीमाबाटै फिर्ता भएर गए । विश्वविजेता बन्ने सपना लिएर आएका उनी सिन्धको पञ्जाबमा आएपछि हार मानेर फर्केर गए । यसको अर्थ, यो वैदिक सनातन धर्मअन्तर्गतका जति पनि संस्कृतिहरू छन्, तिनीहरूको उद्गम एउटै हो – वेद ।

गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरे । यसबाट नेपालको धार्मिक पर्यटन फस्टाउने कतिपयको अनुमान छ । यसमा स्वामीजी के भन्नुहुन्छ ?

नरेन्द्र मोदीलाई मैले धेरै पहिलादेखि नै देखेजानेको हो । उनले वैदिक अध्ययन धेरै गरेका छन् । उनले संस्कृतिको जडसम्म पुगेर अध्ययन गरेका छन् । उनको भाषण होस् या भाषा होस्, दुवै निखारिएको हुन्छ । धर्म त उनको रगतमै छ । यस्तो अवस्थामा उनी जहाँ जान्छन्, त्यहाँ प्रभाव त अवश्य परेको हुन्छ । चाहे त्यो प्रभाव सांस्कृतिक विकासमा होस्, चाहे पर्यटन विकासमा होस्, चाहे राजनीतिक घटनाक्रममा होस् ।

स्वामीजी नेपालमा प्रवचन गर्न आउँदा शुरू-शुरूका वर्षमा यहाँ राजतन्त्र थियो । अब नेपाल पनि भारतजस्तै धर्मनिरपेक्ष र गणतन्त्र भएको छ । यसले स्वामीजी जस्ता धर्मगुरुहरूलाई सजिलो असजिलो के भएको छ, भारत र नेपालको धार्मिक सांस्कृतिक तुलना कसरी गर्नुहुन्छ ?

मेरो व्यक्तिगत मत के हो भने नेपाल हिन्दूराष्ट्र नै रहेको भएपनि हुन्थ्यो । त्यसमा कुनै दोष थिएन । अमेरिका, बेलायतजस्ता देशहरूमा हिन्दू नागरिक बडो प्रेमपूर्वक रहिरहेका छन् । त्यहाँ मुसलमान पनि प्रेमपूर्वक बसिरहेका छन् । नेपालमा पनि शताब्दियौंसम्म मुसलमान र अन्य धर्मावलम्बीहरू प्रेमपूर्वक बसिरहेका छन् । तर सबैले आफ्नो अनैतिक प्रवृत्ति त्याग्न सक्नुपर्दछ ।

नेपाल हिन्दू राष्ट्र नै रहिरहेको भए यहाँबाट हिन्दूधर्मको प्रचार अलि धेरै हुन सक्थ्यो । हिन्दू धार्मिक प्रवृत्तिले राजनीतिक सीमालाई मान्दैन । केवल धार्मिक असीमतालाई मात्र देख्ने गर्दछ । वैदिक सनातन धर्मले हामीलाई एक बनाएको छ, यसले नेपाल र भारत दुवै देशलाई बराबर फाइदा गर्छ । भारतमा ‘धर्मनिरपेक्षता’ कार्यान्वयन कहिल्यै भएको छैन । वास्तविक धर्मनिरपेक्षताको अर्थ लोभ र भयको कारणले धर्मपरिवर्तन गराउनु होइन ।

भारतको संविधानले गणतन्त्र भारतलाई धर्मनिरपेक्ष बनाएको छ । तर अहिले हिन्दूत्वमा आस्था राख्ने भाजपालाई अत्यधिक बहुमत प्राप्त भयो । यसले हिन्दू धार्मिक अतिवादलाई प्रश्रय दिँदैन ?

यस्तो होइन, हिन्दू कहिल्यै अतिवादी भएन । कोही एकाध घटनालाई कुनै कारण मान्न सकिँदैन । तर जसको धर्मसंस्कृतिमै आतंकवाद छ, उनीहरूलाई अतिवादी मान्नुपर्छ । हाम्रो धर्मसंस्कृति ‘अहिंसा परमोधर्म’ मा आधारित छ । यसकारण हामी धार्मिक अतिवादी होइनौं । ‘अतिवादी’ भन्ने शब्द भारतमा कांग्रेसले दिएको हो । त्यो शब्दसँग ‘हिन्दू’ जोडेर प्रचार गरिनुहुँदैन ।

केही वर्षयता नेपालमा पश्चिमा इसाई धर्मप्रचारकहरूले अनेक प्रलोभनमा पारेर सोझासाझा हिन्दू र बौद्धमार्गीहरूलाई धर्मान्तरण गराएर क्रिश्चियन बनाइरहेका छन् । बंगलादेशमा पनि हिन्दू अल्पसंख्यकहरू मुस्लिम अतिवादीहरूबाट पीडित छन् भन्ने समाचार आइरहन्छ । पाकिस्तानमा हिन्दू अल्पसंख्यक पीडित भएको देखिन्छ । सामाजिक सद्भाव बिग्रिरहेको यो अवस्थामा सुधार गर्न के उपाय अपनाउनुपर्ला, स्वामीजी ?

यो ‘अल्पसंख्यक’ र ‘बहुसंख्यक’ शब्दहरू घातक छन् । राज्यले हरेक नागरिकलाई समान रूपले हेर्नुपर्छ । अल्पसंख्यक भनेर विशेषाधिकार दिनु र अल्पसंख्यक भनेर अत्याचार गर्नु दुवै पाप हुन् । यी शब्दहरूले जनतालाई एक अर्काप्रति विद्वेष सृजना गर्ने काम गरिरहेका छन् । हाम्रो धर्म संस्कृतिको आधारमा टिकेको छ । यसका लागि हाम्रो मुख्य प्राथमिकता भनेको धर्म जोगाउनु हो । यहाँ त आन्दोलनकै रूपमा मान्छेलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने काम भइरहेको छ, जुन धार्मिक अत्याचारको एउटा रूप हो । त्यसलाई रोक्नुपर्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेर जनकपुर–अयोध्या सीधा बस सेवा सञ्चालनमा आएको छ । अयोध्यामा राममन्दिर नै नबनेको अवस्थामा सीतामाता कहाँ गएर सुरक्षित भई बस्नुहोला ?

राममन्दिरको विषय सरकारले राजनीतिक स्तरमा मात्र लिएको छ । त्यो मुद्दालाई जतिसम्म लम्ब्याउन सक्यो, उति फाइदा हुने अहिलेको सरकारले ठानेको होला । पहिला मन्दिरहरूलाई तोडेर जसरी मस्जिदहरू बनाइए, त्यो अत्याचार नै थियो र त्यसको प्रतिकार हुनु आवश्यक थियो र त्यहाँ पुनः मन्दिर बनाइनुपर्छ । मेरो विचारमा त्यो छिट्टै हुनेछ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

जेठ १२, २०७७

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

मंसिर २, २०७५

काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x