चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
मनबहादुर मुखियाले लेखेको नाटक ‘अनि देउराली रुन्छ’ दार्जिलिङमा सन् १९७२ मा पहिलो पटक मञ्चन भएको थियो । यो नाटक सन् १९७६ मा काठमाडौंमा पहिलो पटक प्रदर्शन भयो । त्यसपछि ४ वर्ष हरेक पटक १–१ महिनासम्म मञ्चन भयो । २०७४ साल जेठमा पुनः काठमाडौंको शिल्पी थिएटरमा मञ्चन भयो ।
शिल्पी समूहले आफ्नो कृति पुनर्मञ्चन गर्ने अनुमति मागेकाले आफूले स्वीकार गरेको लेखक मुखियाको स्पष्टोक्ति सहितका समाचार हेडलाइन आइरहेका थिए । समय मिलेसम्म नेपाली नाटक नछुटाउने बानी लागिसकेको मलाई नाटकको चर्चा र त्यससम्बन्धी समाचारका कारण ‘अनि देउराली रुन्छ’ हेर्ने हुटहुटी चल्न थाल्यो ।
‘अनि देउराली रुन्छ’ हेरेपछि ...
कार्यालयका साथीसँग केही समय पहिलेदेखि नै थिएटर जाने विषयमा छलफल चलिरहेको थियो । पटक–पटक कुरा भएर पनि संयोग मिलेको थिएन ।
२२ जेठ २०७४ सोमबार । खाजा खाने समयमा पुनः त्यही विषयले प्रवेश पायो । नाटक हेर्न जाने योजना बन्यो । तर, योजना बनाएर सक्दा नसक्दै एक्कासि ठूलो पानी पर्यो । पानी दर्किएसँगै थिएटर जाने कि नजाने ? पानी रोकिएला कि नाइँ भन्ने प्रश्नले सताउन थाल्यो । मध्यदिनमा परेको पानीले कतै योजना बनिनसक्दै भत्किने त होइन भन्ने चिन्ता थपिदियो । करिब १ घन्टापछि पानी रोकियो ।
अन्ततः म १० जना साथीसँगै ‘अनि देउराली रुन्छ’को दर्शक बनेर शिल्पीको दर्शकदीर्घा प्रवेश गरें । यो नाटकको दर्शक भएर म ३ दिनको अन्तरालमा दोस्रो पटक त्यहाँ पुगेको थिएँ । दर्शकदीर्घामा अग्रज रङ्गकर्मी सुनिल पोखरेल र नेपाली रङ्गमञ्चका अन्य परिचित अनुहारहरू पनि देखिन्थें । नाटक सुरु हुनुअघि त्यसको परिचय र थिएटरका नियम सम्झाउन शिल्पीका घिमिरे युवराज अगाडि आए । उनले नाटकबारे केही रोचक तथ्यहरू सुनाए । साथै, आफूहरू यस्तो प्रसिद्ध ऐतिहासिक नाटक पुनः मञ्चन गर्न लाग्दा भित्रभित्रै डराएको बताउन भुलेनन् ।
यससँगै दर्शकदीर्घाबाट १ जना अग्रजको आवाज सुनियो, ‘त्यतिबेला यो नाटकको टिकट ‘ब्ल्याक’मा बिक्री हुन्थ्यो ।’ अरे वा ! नाटकको टिकट पनि ‘ब्ल्याक’मा ? ग्याँस, खानेतेल र उपभोग्य वस्तुको मात्रै कालोबजारीको भोगाइ सँगालेको हाम्रो पुस्ताका लागि गजब खबर थियो त्यो । हामी तीनछक पर्यौं ।
नाटक मञ्चन शुरू भयो । दर्शकदीर्घामा चिनेजानेका धेरै अनुहार थिए । सबै एकटकसँग मञ्चमा हेरिरहेका देखिन्थें । हाम्रो ११ जनाको समूह ३ वटा लहरमा बाँडिएको थियो । केही साथी पहिलो पटक थिएटर पुगेका थिए । त्यसैले उत्सुकतासाथ मञ्चतिर एकोहोरिएको देखिन्थ्यो । कोही भने आफूलाई मनपर्ने संवाद र अभिनय आउनासाथ मपट्टि फर्किएर बुढी औंला उठाउँदै मुस्काउँथे । दर्शकको एक्साइटमेन्टसँगै अचानक आउने आवाजले व्यवस्थापन रङ्गमञ्च व्यवस्थापनमा खटिएका व्यक्तिलाई थप सक्रिय बनाएको थियो ।
करीब १ घण्टा ४० मिनेट अवधिको नाटकमा जीवनका अनेक पाटालाई समेटिएको छ । मुखियाले आफ्नै भतिजको सम्पत्ति हड्प्ने दाउमा उसको प्रेमजीवन र प्रेमिकामाथि रचेको षड्यन्त्र । प्रेमिकाको बाबुलाई रिनबाट मुक्त बनाइदिएर बिहे गर्ने सपना बोकेको तर मुखियाको वक्रदृष्टिमा परेको एउटा युवक । गाउँले आइमाईहरू र रीतिथितिका अन्तरकुन्तर । देवीदेउता भाकेर आफ्नो खसमसँगै जीवन बिताउने अभिलाषा पालेकी एउटा गाउँले केटीको नियतिको दुःखान्त । समाजमा हुने उचनिचको भेदभाव । गाउँको परिवेशमा पात्रहरूको संवाद र मनोदशा आदिले भरिएको नाटकले दर्शकलाई मञ्चभन्दा पर भाग्ने फुर्सद नै दिँदैन । बीचबीचमा आउने पात्रहरूको व्यङ्गयमिश्रित प्रस्तुतिले दर्शकदीर्घामा हाँसोको फोहरा छुट्छ ।
‘अनि देउराली रुन्छ’ नेपाली रङ्गमञ्चमा प्रस्तुत हुने औसत नाटकभन्दा केही लामोजस्तो लाग्यो । यद्यपि, लामो भएकै कारण असजिलो मान्नुपर्ने, स्टेजबाट आँखा हटाउनुपर्ने कुनै कारण भेटिएन । तत्कालीन समाजमा साना मान्छेहरू कसरी ठूलाठालुको सनक र षड्यन्त्रको शिकार हुन्थे भन्ने विषय नै नाटकको कथावस्तु रहेछ । नाटकमा समाज, संस्कार र जनजीवनका स–साना पाटाहरूलाई मिहिन ढंगले समेटेर प्रस्तुत गरिएको रहेछ ।
नाटक सकियो । जब हामी बाहिर निस्कियौं, साथीहरूको सन्तुष्टि र एक्साइटमेन्ट त्यतिखेर देखियो । लामो समयको कसरतपछि एउटा राम्रो नाटक हेर्ने मौका मिलेकोमा सबैजना प्रफुल्ल देखिन्थे । मसँगै नाटक हेर्ने साथीहरूको प्रतिक्रिया थियो, ‘गज्जब नाटक’, ‘ग्रेट एक्सपेरिन्स’ । त्यो नाटक हेर्ने योजना बनाएर साथीहरूसँगै शिल्पीमा पुगेवापत मलाई पो धन्यवाद र आभार ओइरियो ! रंगमञ्चमा एउटा राम्रो नाटक चलिरहेको छ भन्ने जानकारी दिएवापत यतिधेरै धन्यवाद पाइयो कि त्यति मात्रामा यसअघि कुनै पनि काम गर्दा एकमुष्ठ आएको थिएन ।
निर्देशक जीवन बरालको भनाइमा सो नाटकलाई १ घण्टा ३० मिनेटमा समेट्न निकै मेहनत गर्नुपरेको थियो । सबैखालका दर्शकलाई उत्तिकै प्रभाव पार्न सक्ने यो नाटकलाई ‘गज्जब नाटक’ भन्न संकोच मान्नुपर्ने कुनै कारण थिएन । नाटक गजबकै थियो । नाटक हेर्ने योजना पनि गजबसँग बनेको थियो । र, जोसँग जसरी नाटक हेरियो, त्यस्तो संयोग फेरि जुरेको छैन । १ दर्जन हाराहारी साथीसँगै थिएटर पुग्ने र सबैजना उसैगरी उत्साहित हुने मौका पनि जीवनमा बिरलै मात्रै मिल्छ सायद ।
तर, त्यसपछि १ वर्षको अन्तरालमा नेपाली थिएटरमा त्यही स्तरको अर्को ‘गज्जब नाटक’ हेर्न पाइएको छैन । रङ्गकर्मीहरू पुरानै लयमा अनुदित नाटककै पछाडि भागिरहेका छन् ।
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...