पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
एक्काईसौं शताब्दी शुरू हुनुअघि नै यस शताब्दीमा मानव जीवनले पाउने उपलव्धि र ती उपलव्धि लिनका लागि गरिनुपर्ने तयारीका विषयमा थुप्रै चर्चा–परिचर्चा गरिएका थिए । धेरै मानिस खुशीले गदगद भएका थिए कि मानव प्रयासका उपलब्धिहरू एक्काईसौं शताब्दीमा यत्रतत्र देखिनेछन् । यसले समस्त मानव जीवनलाई अकल्पनीय अवसर दिनेछ, परिणामतः मानव जीवनले यसअघि कहिल्यै नभोगेको खुशी अनुभूति गर्नेछ ।
केहीको मत थियो – उपलव्धि र अवसरहरू घर आँगनसम्म आइपुगेपनि ती सबैको लागि चाँदीको किस्तीमा त्यत्तिकै सजिएर आउने छैनन्, यसलाई उपभोग गर्न भने खास क्षमता चाहिन्छ जुन आम सर्वसाधारणमा हुनेछैन । तर धेरैको तर्क थियो, शताब्दीका अवसर र खुशीहरू सबैले आआफ्नै आवश्यकता र स्वादमा लिनेछन् । दुवैखाले बहस तार्किक थिए तर सत्य यो हो कि अहिलेको मानव समुदायले अघिल्लो शताब्दीमा कल्पना नै नगरिएका सुख र खुशी पाएको छ । मानौं स्वर्ग भन्ने केही कुरा छ भने एक्काईसौ शताब्दीले त्यसको अनुभूति जीवनकालमै दिइरहेको छ ।
ठूला मानिसका स्वैरकल्पना पनि मानव प्रयत्नले यथार्थमा परिणत भएका छन्, जसको परिणाम यस शताब्दीको सुख हो । जर्ज अर्वेलको ‘१९८४’, एल्डस हक्सलीको ‘द ब्रेभ न्यू वर्ल्ड’ लगायतका पुस्तकमा गरिएका कल्पनाभन्दा बढी नै उपलब्धि कल्पना गरिएको समयसीमाभन्दा अघि नै पूरा भए । त्यसो त अघिल्लो शताब्दीमा पनि तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीले कसैगरी साठीको दशकभित्रै चन्द्रमामा मानव पाइला (त्यसमा पनि अमेरिकी नागरिकको) टेकिनुपर्छ भन्ने निर्देशनलाई पनि वैज्ञानिकले केही वर्षभित्रै पूरा गरिदिए । अहिले अघिल्लो शताब्दीमा कल्पना मात्र गरिने अन्तरिक्षयात्रा पनि सहज रूपमा सम्भव भइसकेको छ ।
जैविक प्रविधि, क्लोनिङ, टेस्टट्युब बच्चाको जन्मबाट प्रकृतिमाथि नै मानव प्रयत्नले चुनौती दिइसक्यो । गोलार्द्धका एक कुनाका मानिस क्षणभरमा नै अर्को कुनामा रहेको आफन्तसँग हत्केलामा स्पर्श गरिरहेको छ । ठूलठूला वार्ता र संवादका लागि हजारांै माइलको हवाईयात्रा तय गर्नुपर्दैन, भिडियो कन्फेरेन्सले आफ्नै कार्यकक्षबाट सम्भव तुल्याइसकेको छ । विचार र समाचार प्रवाहको मार्ग अनवरत खुला छ ।
केहीअघि आफ्नो आईफोन कोरियाको इन्चेन विमानस्थलमा हराएर चिन्तामा परेका नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भरत रावत आफूसँग भएको आईप्याडबाट नै हराएको आईफोनको ट्र्याक गर्न र कतिपय महत्त्वपूर्ण सूचना अरूले थाहा नपाउनेगरी ब्लक गर्न सफल भए ।
आईफोन र आईप्याडको आफ्नै सम्बन्ध छ । यन्त्र–यन्त्रको सम्बन्धले एकले अर्कोको क्षतिलाई कसरी बचाउँछ भन्ने सानो उदाहरण मात्र हो यो । यस्ता कैयन् उदाहरण छन् जसले कल्पनाका कुरालाई क्रमशः यथार्थमा साकार तुल्याउँदै ल्याएको छ । मानौं अब प्रविधिले संवेदना पाइसक्यो ।
प्रविधिले नै ठूलो र जटिल विश्वलाई सानो र सरल बनायो, विश्वलाई सानो सीमाभित्र खुम्च्याएर आफूअनुकूल उपयोग गर्न सम्भव तुल्यायो । कल्पनाको स्वर्ग अब हाम्रो धर्तीमा झरिसक्यो । असीम अवसर र सुखको अवस्था नै स्वर्ग हो भने मानव प्रयत्नले त्यसलाई हाम्रै जीवनमा र अनुभूतिमा सम्भव तुल्याइदिएको छ । यो चाहिँ कल्पनाको होइन, यथार्थको स्वर्ग हो । कल्पनाको स्वर्ग छ–छैन, यथार्थमा चाहि स्वर्ग भेटिएको छ ।
शताब्दी (सहस्राब्दी ?) का सुखहरू कसले उपयोग गरे ? भनिएला अवसरहरू लिनमा जहिले पनि सक्षम र सम्पन्नहरू नै खप्पिस छन् । हो पनि । तर यस शताब्दीका खुशीको हिस्सेदार प्रायः सबै मानिस बनेका छन् । युवाहरू यस क्रममा अग्रपङ्क्तिमा छन् । स्वाभाविक रूपमा अवसरको उपभोग युवा उत्साहले बढी नै गर्दछ । युवा उत्कण्ठा र उन्मादले नै आविष्कार र अग्रगमनलाई पनि सहज पार्ने गरेको छ ।
प्रविधि अभ्यस्त युवाहरू प्रत्येक वर्ष नयाँ पुस्ताका रूपमा बदलिँदै गएका छन् । यो रूपान्तरणको प्रक्रियालाई प्रविधिले औधी सघाएको छ । उसले पढ्ने, बोल्ने, मनोरञ्जन गर्ने, मेहनत गर्ने, व्यवहार शैली सबै बदलिएको छ । लवाइखवाइ, रहनसहन र आशा–अपेक्षाहरू फेरिएका छन् । ऊ समूहबाट व्यक्तिकेन्द्रित बन्दै गएको छ ।
मानिसलाई आवश्यकता र अवसरले पनि आफूकेन्द्रित हुन सिकाएको हो । स्टिभ जब्स, मार्क जुकरबर्ग, साबिर भाटिया, ल्यारी पेज, सर्गेई वीन, एलोन मस्क जस्ता कैयन् युवाहरूको आवश्यकता र असन्तोषले युवाहरूलाई बढी नै खुशी बनाएको छ । उनीहरूका सिर्जना नै युवा समुदायका लागि अलौकिक अवसर बन्न पुगे ।
युवाहरू सञ्जालीकृत समाजमा सुखसयलमा मग्न छन् । प्रेम, खुशी, सद्भाव, सहयोग, संवेदना र प्रयत्न साटफेरलाई टचस्क्रीनबाटै सम्भव तुल्याइएको छ । कसले हिसाब गरेको छ – यसले कति समय र रकमलाई बचायो भनेर ? युवाहरूलाई थाहा छ, उनीहरूले अझै थुप्रै खुशीहरू प्राप्त गर्न बाँकी छ र शताब्दीका प्रविधिशिल्पीहरूले उसका हातमा बाँकी अवसर पनि छिट्टै सुम्पनेछन् । यो क्रमले आकस्मिक नभई अभियानकै लय समातेको छ ।
शताब्दीको सुखभोगीहरूमा विद्यार्थीको नाम पनि अग्रपङ्क्तिमा आउँछ । अघिल्लो पुस्ताले पाएको दुःख र भोगेको नियति उसका लागि दन्त्यकथा बनिसक्यो र अहिलेको पाठशाला पनि स्वर्गमा परिणत भएको छ । अघिल्लो पुस्ताले प्रयोगमा ल्याएको कालोपाटी, किताब, कापी र कलमहरूले परम्परागत अस्तित्व र महत्त्व गुमाउँदै गएका छन् । टचस्क्रीन, नोटप्याड र ससाना चिपहरूले विद्यार्थीको भारलाई घटाएको छ । हत्केलामा अटाउने स्मार्टफोनका स्क्रीनमा दर्जनौं किताबका डिजिटल प्रतिहरू पढ्न सकिने भएको छ ।
छडी र डस्टर लिएर विद्यार्थी अघिल्तिर उभिने अजङ्गको शिक्षक अब बिस्तारै हराउँदैछ र कम्प्युटरको पर्दामा विद्यार्थीअनुकूल रूप, समय र शैलीमा आउन थालिसक्यो । माथिल्ला कक्षाहरूमा कम्प्युटरले भर्चुअल स्कूलको रूप लिएको छ । बडेमानका पुस्तकालयहरू भर्चुएल पुस्तकालयमा बदलिएर ज्ञानको अथाह सागर घोप्ट्याइरहेका छन् ।
ज्ञान आर्जनको भौतिक, भौगोलिक र सामयिक सीमा पनि भत्किइसके । नचिताएका सञ्चार र शिक्षणका माध्यम क्रियाशील छन् । यसले पुराणहरूमा उल्लेख गरेको तिलस्मलाई पनि उछिनेर स्वर्गीय अवस्थाभन्दा पनि माथिल्लो अवसर ल्याएको छ । दूर शिक्षण विधिबाट पढ्ने र पढाउने माध्यम खुला छन् । परम्परागत पाठ्यक्रम र पाठ्यशालाका औपचारिक सीमा ज्ञान आर्जनका खातिर बाधक थिए । अहिले जसले जहाँ जति चाहन्छ, त्यतिखेर नै ज्ञान उभाएर लिनसक्छ, हिजोको प्रयासले जिज्ञासुका लागि ‘ब्रेनक्याप’ लगाइदिएको छ ।
यस शताब्दीले शिक्षाको परिभाषा पनि बदलिदिएको छ, शैक्षिक अनुष्ठानमा निश्चित अवधि लगाएर निर्धारित पाठ्यक्रममा लिने शिक्षा अब शिक्षा होइन, यो जीवनभरिको सिक्ने प्रक्रिया हो । प्लेटो, एरिस्टोटल, रूसो र जोहन डिवेले दिएको शिक्षाको परिभाषा निकै सङ्कुचित बने । अब शिक्षाले ज्ञान मात्र होइन, सीप दिनसक्नुपर्छ ताकि जीवन निर्वाहको सीपले व्यक्तिलाई स्वाभिमानी बनाउन सकोस् ।
आर्थिक गतिविधितर्फ हेरौं । उन्नाईसौं शताब्दीमा सामान्य इन्जिनले ल्याएको तहल्का बीसौं शताब्दीमा इलेक्ट्रोनिक प्रविधिले विस्तार गर्यो । तर एक्काईसौ शताब्दी तेस्रो आर्थिक क्रान्तिका रूपमा देखापर्यो । सेवावस्तु उत्पादनका लागि ज्ञान र सूचना यस शताब्दीका कच्चा पदार्थ बने । र अर्थतन्त्र ज्ञानमा आधारित भयो । यो प्रक्रिया निरन्तर तीव्रतर छ ।
उन्नाईसौं शताब्दी युरोपको थियो, उनीहरूले नै वाष्पशक्ति तथा पेट्रोल इन्जिन विकास गरेर तहल्का मच्चाएका थिए । बीसौं शताब्दी अमेरिकाको बन्यो । अब यस शताब्दी उदीयमान एसियाले बाजी मार्ला कि भन्ने भएको छ । तर भन्न सकिन्न, अमेरिकीहरू हरेक दृष्टिले एक्काईसौ शताब्दी आफ्नो बनाउन सकिने कुरामा ढुक्क छन् र यसै अनुरूपको अभियानमा पनि । उसलाई थाहा छ, विगतको आर्थिक सफलता यस शताब्दीका लागि पनि आधार बन्नेछ । उता युरोपेलीहरू आफ्नो मुद्दा आर्थिक—औद्योगिक मात्र भएकाले उन्नाईसौं झै एक्काईसौं शताब्दी आफ्नो बन्नेमा आशावादी छन् ।
युरोपेलीहरू संसारकै सबैभन्दा बढी सुखी देखिँदै पनि आएका छन् जसका कारण पनि यो आशा पूरा नहोला भनेर कसरी भन्ने ? एसियाली मुलुकहरू अब आफ्नो पालो हो भनेर आर्थिक क्रान्तिको प्रतिस्पर्धामा सतत छन् । यस अभियानलाई साथ दिन जापान, कोरिया, सिङ्गापुरलाई अब चीन, भारत, मलेसिया, भियतनामले पछ्याइरहेका छन् । तर के भन्न सकिन्छ भने एक्काईसौं शताब्दी कुनै महादेशको नभई सीमाहीन आर्थिक क्रान्तिका रूपमा देखिनेछ । र राष्ट्रराज्यहरू भन्दा लगानीकर्ता, अन्वेषक र बहुराष्ट्रिय कम्पनीहरूको युग हुनेछ । प्रविधिले यसलाई सघाउनेछ ।
लगानी विश्लेषण, पूँजीप्रवाह, उत्पादन, बजारीकरण प्रक्रियादेखि वितरण र उपभोग व्यवस्थापनलाई प्रविधिले सहजीकरण गर्नेछ । त्यसैले यो शताब्दी ‘प्रविधि–अर्थतन्त्र’ को शताब्दीका रूपमा स्थापित हुँदैछ । विश्वको एक कुनाको सम्भावना अर्को कुनाबाट उपयोग हुनेछ, त्यस्तै एक कुनाको आवश्यकता अर्को कुनाको सम्भावनाबाट पूरा हुनेछ । अदृश्य नियमनबाट आर्थिक प्रक्रियाहरू निर्धारित र नियमित हुँदै जानेछन् । आर्थिक क्रियाकलापमा ज्ञानको हिस्सा बढ्दै जाँदा उत्पादनको गुणस्तर बढ्ने तर लागत र समय घट्दै जानेछ ।
उत्पादनका प्रक्रियामा स्वच्छ र हरित संयन्त्रको उल्लेख्य प्रयोग हुनेछ जसले प्रकृतिको सीमित साधन भण्डारलाई पुनरुत्पादन र उपयोग गर्न सघाउनेछ । अर्को उल्लेख्य पक्ष भनेको यस शताब्दीमा सामाजिक–राजनीतिक शक्तिलाई आर्थिक शक्तिले विस्थापन गर्दैछ । सूचना मार्गले अपत्यारिलो रूपमा आर्थिक सम्भावनाको दोहन सामर्थ्य बढाउँदै लगेको छ । अब शक्तिराष्ट्रहरू प्रविधि, अन्वेषण र सामाजिक सुरक्षामा केन्द्रित भएर मानव जीवनको सुख विस्तारका लागि सहजकर्ता बन्नेछ ।
एक्काईसौ शताब्दीमा घर परिवार पनि प्रविधि र ज्ञानको स्वादमा रमाइरहेको छ । भान्छादेखि शयनकक्षसम्म र जन्मदेखि मृत्युसम्म प्रविधिले राम्ररी सघाएको छ । विकसित मुलुकमा सबैजसो जोखिमपूर्ण काममा रोबोटहरू संलग्न भइसके । डेक्सटप पब्लिशिङ, कीबोर्ड, थ्रीडी प्रिन्टर्स, रेडियो सिग्नल, भर्चुअल वर्क, भर्चुअल रियालिटी, थ्रीडी चलचित्र आदि मानिसलाई सुख र खुशी पस्किरहेका छन् ।
कुनै पनि व्यक्ति आफ्नो स्तर र अवस्था अनुसार खुसी हुनसक्छ ? स्कूले बालक सुव्रतले उसको अस्टिनदेखि काठमाडौंसम्मको यात्रालाई रमाइलो बनाउन मनोरञ्जनका लागि खेल र पाठ्यसामग्री मोबाइल स्क्रीनमा कैद गरेछ । सङ्गीतकार आफूअनुकूल कम्पोजिसनका लागि एउटै यन्त्रलाई उपयोग गरिरहेका छन् – लियो सेयर र नारायणगोपालहरू जिउँदै थिए भने उनीहरूको सिर्जनालाई यसले कति सघाउँथ्यो होला ? एउटै यन्त्रलाई बहुउपयोगमा ल्याउन सकिनेगरी निर्माण भएको छ ।
चालकविहीन मोटर निर्माणको काम गूगलले शुरु गर्यो । बिस्तारै ट्राफिक अपराध र मापसेको लफडा रहनेछैन । हवाईजहाज आईएफआरबाट उडाउनु सामान्य भइसक्यो । नेपालकै कुरा गर्ने हो भने पनि केहीअघि अर्घाखाँचीकी महिलाले रोजगारीका लागि विदेशिएका आफ्ना पतिसँग बेलुका थकानसँगै स्काइपमार्फत सञ्चो बिसञ्चो साट्ने गरेको खबर पत्रिकाले टिपेका थिए । अब उनलाई हप्तौंपछि त्यहाँ पुग्ने चिठी लेख्नुभन्दा फुर्सदमा सानो पर्दासामु उभिनु सजिलो भएको छ । टेलिमेडिसिनमार्फत बझाङकी रोगी महिलाको उपचार काठमाडौंबाट भएथ्यो ।
बसपार्कका भरियादाइको हातमा नाम्लोको साथमा मोबाइल पनि छ । गोठाला भाइहरू हँसिया र लौरोको साथ मोबाइलले दिन थाले । दिनभरि पसिना बगाउने गृहिणीहरू फुर्सदलाई आ–आफ्नै तवरले उपयोग गरेर रमाउनसक्ने भएका छन् । परम्परागत बुहारीहरू सिनेमाघरमा चलचित्र हेर्न जानु ठूलो कुरा थियो । अब त्यो अवस्था रहेन । वृद्ध आमाबुवाहरू पुराण, योग र निर्वाण शिक्षा, भजन–कीर्तनको स्वाद छानीछानी लिइरहेका छन् । मनोरञ्जनका लागि उमेर, स्तर, समय, स्वभाव आदिका आधारमा अवसरहरू कोठा र मझेरी, पाकेट र पोल्टामा छताछुल्ल छन् ।
दुई दशकअघि मनोरञ्जनका लागि नेपाली समाज गाईजात्रा र रसरङ्ग कार्यक्रम कुरेर बस्थ्यो । ससाना रेडियो विकिरणबाट शरीरको जटिल रोगको उपचार भइरहेको छ । अब कथा, कविता, मुक्तक, हाइकु, रिमिक्स, एलएनबी, लोकलहरी आदि केकेका लागि युट्युवको सहज उपलव्धता छ । ‘सुनकेस्रा’ को कथा र ‘सुपरम्यान’ को विज्ञान कमिकमा रमाउने बालकका लागि अब पीएसपीदेखि के उपलब्ध छैन ? मनोरञ्जनका साथ शिक्षा उसको शैली बनिसक्यो । अन्न अनाज र बिउबालीका हाइब्रिड जातहरू विकास भएका छन् ।
फिलिपिन्सको युवकले अमेरिकामा रहेको आफन्तको कम्प्युटर भारतीय इन्जिनियरमार्फत आधा घण्टामा नै मर्मत गराइदियो । के यी अवसरहरूले विश्वलाई स्वर्ग बनाएन र ? केहीअघि अठार वर्ष कोमामा रहेर बाँचेको पोलिस नागरिकले आफू व्यूझेर स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै ठीकै भनेछन् – ‘धर्ती त स्वर्ग भएछ’ । यी र यस्ता घटनाक्रमले सिद्ध गरिरहेको छ कि शताब्दीले ल्याएका सुखभोगका लागि बरू हाम्रै उमेर पो छोटो भयो ।
प्रविधिले हाम्रो उमेर पनि खुम्च्याउन सकिने अवसर छिट्टै ल्याओस् । जवानी पार गरेर जीवनको मध्यावस्था ढल्केको मानिस मनमनै भन्दै होला – मेरो उमेर घटाउन (पुनः किशोर हुन) पाए के के गर्ने थिएँ ! एकदिन यो पनि सम्भव नहोला भनेर कसले भन्न सक्छ ?
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...