×

NMB BANK
NIC ASIA

'मान्छे बोक्ने गाडीलाई नै बोक्नु पर्‍यो'

साउन ३१, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

दैलेख-  जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै हुनुहुन्छ । 

Muktinath Bank

जुम्लामा खुद्रा तथा खाद्यान्न व्यापारका लागि सामान किन्न जान लाग्नुभएका उहाँले भन्नुभयो हिउँदको समयमा दुई दिनमै नेपालगञ्ज पुग्थें तर अहिले छ दिन भइसक्यो अझै दैलेखमै छु । समयसंगै खर्च पनि बढेको गुनासो गर्दै बुढाले भन्नुभयो “हिउँदमा रु तीन हजार खर्च गरेर नेपालगञ्ज पुग्थेँ तर अहिले यहाँसम्म आइपुग्दा रू दशहजारभन्दा बढी खर्च भइसक्यो ।” 

कञ्चनपुरबाट कालिकोटतर्फ जानलाग्दा चिउरेखोलाको जाममा रोकिनु भएका रतन शाहीलाई पनि दैलेख आइपुग्नै चार दिन लाग्यो । उहाँ मात्र होइन, कोहलपुरबाट मुगु जान लाग्नुभएका मुगुका बिर्खबहादुर शाही पनि चिउरे खोलाको जाममा फस्नुभयो । कालिकोटदेखि सुर्खेत जाँदै गर्नुभएका सवारी चालक केशव पुजालीले कर्णाली राजमार्गकै सडकमा १२ भन्दा बढी स्थानमा जाममा फस्नुपरेको बताउनुभयो । 

मुगु निवासी चालक शाहीले प्रदेश सरकारले वर्षात्मा पनि निर्वाधरूपमा सवारी साधन सञ्चालनका लागि २० देखि ५० मिटरको दूरीमा जेसिभी र स्काभेटर राख्नुपर्ने सुझाव दिँदै भन्नुभयो, “सडकका दुर्दशा यस्तो हुनुमा सडक विभागको कमजोरी हो, कर्णाली प्रदेश सरकारले पनि बेवास्ता ग¥यो, यहाँ त मान्छे बोक्ने गाडीलाई नै मान्छेले बोक्नु पर्यो । ” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली राजमार्ग हुँदै दैलेख, कालिकोट, जुम्ला, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्ला जाने यात्रुले सास्ती बेहोर्नुपरिरहेको छ । कर्णाली राजमार्ग अन्तर्गतको सांगेतडा, चिउरे खोला, पादुका बजारलगायतका दुई दर्जन बढी स्थानमा पहिरो गएको छ ।


Advertisment
Nabil box
Kumari

बुधबार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामा गएको पहिरोका कारण बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म छ घण्टासम्म भएको जाममा करिव ३०० सवारी साधनका एक हजार ५०० यात्रु अलपत्र परेका थिए । 

सडक विभागबाट खटिनुभएका कामदार हर्क खड्काले कर्णाली राजमार्गमा दुईदर्जन भन्दाबढी स्थानमा पहिरो गएको बताउनुभयो । दैलेखको आठवीस नगरपालिका–९छेपाडीका गणेश सिजापतिका अनुसार कर्णालीका धेरै जिल्ला जोड्ने कर्णाली राजमार्ग मात्रै प्रमुख मार्ग भएकाले प्रदेश सरकार र केन्द्र सरकारले पनि यसमा विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Vianet communication
Laxmi Bank

यसभन्दा अगाडि कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’ को रूपमा चिनिँदै आएको थियो । “अब मृत्युमार्गले चिनिँदै आएको राजमार्गमा यात्रुलाई सहजरूपमा आवातजावत गराउन पहल गर्नुपर्छ ।” उहाँले भन्नुभयो । 

सुर्खेतदेखि दैलेख हुँदै कर्णालीका विभिन्न जिल्ला पुग्ने उक्त राजमार्गमा कालोपत्रे भए पनि सडकमा सधैँ पानी जम्नु तथा सडकछेउका नाली माटोले भरिएर नियमित सरसफाइ र मर्मत सम्भार नहुनु मुख्य समस्या भएको यहाँका यात्रु बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x