×

NMB BANK
NIC ASIA

काठमाडौं – समकालीन नेतामध्ये कम बोल्ने र भद्र स्वभावको छवि छ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’को । तत्कालीन माओवादीले गरेको सशस्त्र जनयुद्धको समयमा बादलले भन्ने गर्थे– ‘माटोलाई पनि बारुद बनाइदिन्छु ।’

Sagarmatha Cement
Muktinath Bank

विद्रोही माओवादी दोस्रो पटकको शान्ति वार्तामा आएको समयमा काठमाडौंको खुलामञ्चबाट नारायणहिटी दरवारतर्फ इंगित गर्दै ‘मानिस सडकमा र कुकुर दरबारमा पालिएको’ भनेर ताली खाए । तत्कालीन एकीकृत माओवादी केन्द्रबाट पार्टी विभाजनको घोषणा कार्यक्रममा पनि बादलले ‘अँध्यारो कोठामा ह्विस्कीका बिर्को फोरिएका होलान्,’ भनेर चोटिलो भाषण गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जे होस्, कम बोल्ने र बोलेपछि तरंग ल्याउने बादलको स्वभाव हो । 


Advertisment
Nabil box
Kumari

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफूले रोजेको क्षेत्र नपाएपछि चुनाव नलडेका बादल राष्ट्रियसभाको सदस्य भएर संसदमा पुगे । संसदमा पुगेपछि उनलाई डबल चिट्ठा पर्‍यो– एउटा देशको गृह प्रशासनको बागडोर र दोस्रो संसदको पूरै कार्यकाल अर्थात् ६ वर्ष । 

Vianet communication
Laxmi Bank
तीन दशकभन्दा पहिले रुसमा पढेका बादलमा त्यो बेलाको पूँजीवादको परिभाषा सोभियत संघ ढल्दा समेत गएको रहेनछ । बलात्कार जस्तो अमानवीय विषयलाई पूँजीवाद र समाजवाद भनेर देशको गृहमन्त्री उम्कन मिल्छ ?

गृह मन्त्रालय सम्हालेलगत्तै लिएका कदमका कारण बादलको प्रशंसा भयो । उनले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्न कठोर कदम लिए, भलै त्यो सिन्डिकेट अर्कै बहानामा ब्युँतिसकेको किन नहोस् । समयमा काम नगर्ने ठेकेदारलाई तह लगाउने कुरा गरे, त्यसको पनि प्रशंसा भयो । 

नेपालबाट मनसुन अन्त्य भएर आकाश खुल्न लाग्दा गृहमन्त्री बादलको लोकप्रियतामा भने कालो ‘बादल’ लाग्न थालेजस्तो देखिएको छ । स्वयं उनका अभिव्यक्ति र गृह मन्त्रालयका कतिपय गतिविधिका कारण बादलको आलोचना शुरू भएको छ । ट्रमा सेन्टरका डाक्टरको अपहरण शैलीमा गरिएको केरकार या राष्ट्रसंघको प्रमाणिकरणमा अयोग्य ठहरिएका लेनिन विष्टलाई विमानस्थलबाटै फर्काइएको घटना, यस्ता गतिविधिले बादलको लोकप्रियताको पारो क्रमश घट्दै छ । 

पूजीँवादका कारण बलात्कार !

भद्र स्वभावका गृहमन्त्री बादलका पछिल्ला केही अभिव्यक्ति भने अत्यन्त हल्काफुल्का र हास्यास्पद् देखिएका छन् । जस्तो कि बादलले मंगलवार राष्ट्रियसभा र बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा नेपालमाभन्दा धेरै बलात्कार अमेरिकामा हुन्छ, भने ।

त्यतिमात्र होइन उनले पूजीँवादका कारण बलात्कारको घटना बढेको बताए । ‘पूँजीवादले महिलालाई नाफा कमाउने साधनका रूपमा बिक्री गर्छ,’ गृहमन्त्री थापाले भने, ‘पूँजीवाद भएका ठाउँमा बलात्कारका घटना र वेश्यावृत्ति हुन्छ । अमेरिकामा पनि रेप हुन्छ, हत्याकाण्ड हुन्छ र भारतमा पनि ।’

तीन दशकभन्दा पहिले रुसमा पढेका बादलमा त्यो बेलाको पूँजीवादको परिभाषा सोभियत संघ ढल्दा समेत गएको रहेनछ । बलात्कार जस्तो अमानवीय विषयलाई पूँजीवाद र समाजवाद भनेर देशको गृहमन्त्री उम्कन मिल्छ ? प्रतिपक्ष लाचार छ, अन्यथा देशको गृहमन्त्रीले यस्तो हल्काफुल्का टिप्पणी गर्दा जवाफ माग्नुपर्ने थियो ।

केही वर्ष पहिले त्यही राज्य व्यवस्था समितिको हलमा तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले ‘त्यो भूकम्प उतै अमेरिका तिर आओस्’ भनेर टिप्पणी गरे । जतिबेला तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई अमेरिका भ्रमणमा थिए । पूर्वी नेपालमा गएको भूकम्पको विषयमा राज्य व्यवस्था समितिमा छलफल थियो र गृहमन्त्री गच्छदार समितिमा उपस्थित थिए । 

भोलिपल्ट डा. प्रकाशचन्द्र लोहनीले संसदमा प्रश्न सोधे– ‘सम्माननीय प्रधानमन्त्री अमेरिका भ्रमणमा रहेको समयमा यता उपप्रधानमन्त्रीले उतै भूकम्प जाओस्’ भन्नुको अर्थ के लाग्छ ? राज्य व्यवस्था समितिमै तत्कालीन माओवादी सांसद स्व. हरि खेवा लिम्बुले समेत गृहमन्त्रीको हल्का अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । 

बुधवार राष्ट्रियसभामा गरेको सम्बोधनमा गृहमन्त्री बहकिएर बोलेको जस्तो देखियो । यस्ता गम्भीर विषयमा अन्टसन्ट मौखिक बोल्नुभन्दा लिखित र तथ्यपूर्ण कुरा गर्नु उपयुक्त हुन्थ्यो ।

रुसमा अध्ययन गरेका वामपन्थी नेता बादललाई पूजीँवादप्रति वितिष्णा हुनु कुनै अस्वभाविक भएन, तर देशको गृहमन्त्रीको हैसियतमा उनले यसो भन्न पाउँदैनन् । कुनै बेला जनवादी क्रान्ति गर्न भन्दै बन्दुक बोकेका बादलहरू राजनीतिक सहमति या समर्पण गरेर त्यही पुरानै संसदीय व्यवस्थामा आइपुगे । 

गृहमन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादाको समेत विपरीत छ । कुनै देशमा बलात्कारजस्तो घटना बढी छ भनेर जिम्मेवार मन्त्रीले बोल्दा कूटनीतिमा कस्तो असर पर्छ होला ? उनले ख्याल गरेनन् । यदि बादलले दाबी गरेजस्तै बलात्कारका घटना अमेरिकामा हुन्छन् भने त्यो प्रतिवेदनलाई कोट गर्नुपर्छ । 

‘फलाना देशमा भनेर गृहमन्त्रीले भन्न सुहाउँदैन, अन्य देश भनेरभन्दा फरक पर्दैन, देशको नामै तोकेर बोल्दा भोलि राजदूतले प्रश्न गरेमा के जवाफ दिने ?’ कूटनीतिक मामिलामा दख्खल राख्ने एक विश्लेषकले लोकान्तरसँग भने । 
संख्यात्मक रूपमा अमेरिकामा धेरै बलात्कारका घटना भएपनि नेपालसँग तुलना हुन नसक्ने उनी बताउँछन् । 

‘भेडालाई भेडाको सिङ भारी, बाख्रालाई बाख्राकै सिङ भारी भनेजस्तै ठूलो जनसंख्या भएको देशमा हुने गरेको त्यसखालका अपराधलाई नेपालसँग जोड्नु पटक्कै मिल्दैन,’ उनको कथन छ । 

परस्परविरोधी अभिव्यक्ति

कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर गृहमन्त्री बादलले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा पटक–पटक जवाफ दिएका छन् । तर गृहमन्त्रीको जवाफप्रति सांसदहरू सन्तुष्ट देखिँदैनन् । बुधवार त कांग्रेस सचेतक पुष्पा भुसालले गृहमन्त्री थापाको राजीनामै मागिन् । 

प्रहरीले भदौ ४ गते निर्मला पन्तको हत्यामा संलग्न रहेको भनेर दिलिप विष्टलाई सार्वजनिक गर्‍यो । सञ्चार माध्यम लगायत स्थानीयले विष्ट वास्तविक दोषी नभएको भन्दै आन्दोलन चर्काए । तर गृहमन्त्री थापाले पक्राउ परेका व्यक्ति नै दोषी भएको प्रतिक्रिया दिए । गृहमन्त्रीको अभिव्यक्तिको केही समयमै विष्ट साधारण तारेखमा रिहा भए । 

बिहीवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा गृहमन्त्री थापाले निर्मलाका बुवा भारतबाट फर्किएको भन्दा एक दिनअगावै मुचुल्कामा औंठा छाप गराएको भेटियो भनेर जानकारी दिए । उपस्थित नै नभएका व्यक्तिको किर्ते हस्ताक्षर गरिएको उनको संकेत थियो । गृहमन्त्रीको यी दुई अभिव्यक्तिमा विरोधाभाष छ । गृहमन्त्री थापालाई समेत यस विषयमा गुमराहमा पारेको देखिन्छ । गृहमन्त्रीले हचुवाको भरमा बोल्न मिल्दैन । 

बलात्कार जस्तो जघन्य अपराधलाई पूजीँवादको उपज देख्ने दोषी चस्मा गृहमन्त्रीले फ्याँक्नु पर्छ ।

बुधवार राष्ट्रियसभामा गरेको सम्बोधनमा गृहमन्त्री बहकिएर बोलेको जस्तो देखियो । यस्ता गम्भीर विषयमा अन्टसन्ट मौखिक बोल्नुभन्दा लिखित र तथ्यपूर्ण कुरा गर्नु उपयुक्त हुन्थ्यो ।

संसदमा बोलिएका कुरा ऋषि धमलाको क्लबमा बोलिएकोजस्तो होइन, रेकर्ड हुन्छन् र इतिहास बन्छन् । बुधवार गृहमन्त्रीले बर्दियामा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउँदा पक्राउ परी हिरासतमा मृत्यु भएका राममनोहर यादवको मृत्युका सम्बन्धमा पनि हल्का जवाफ दिए– कहिले ब्रेन हेमरेज त कहिले हर्ट अट्याक भनेर । 

जुन विषयलाई लिएर मधेशकेन्द्रित एउटा दलले संसदीय छानबिनको माग गरिरहेको छ, हिरासतमा मृत्यु भएको विषयमा गृहमन्त्रीको यस किसिमको हल्का जवाफ अपेक्षित थिएन । चाहे सीके राउतकै कार्यकर्ता किन नहुन्, हिरासतमा बन्दीको मृत्यु असामान्य घटना हो । विगतमा माओवादी सशस्त्र द्वन्दका क्रममा भएका त्यस प्रकारका हत्या र यातनाको विषयले अहिले पनि ‘हेग’को त्रासले सताउन छाडेको छैन, राज्य र विद्रोही दुवैलाई ।

पूजीँवादलाई देखाएर बलात्कारका घटना बढेको भन्ने गृहमन्त्रीको जवाफ उचित हुनै सक्दैन । बलात्कार जस्तो जघन्य अपराधलाई पूजीँवादको उपज देख्ने दोषी चस्मा गृहमन्त्रीले फ्याँक्नु पर्छ ।

पढ्नुस् यो पनि :

सिंहदरवारमा बादलको चुपचाप क्रान्ति

बादललाई खतरा नेकपाभित्र कि बाहिरबाट ?

के साँच्चै पुनर्गठन हुँदैछ सरकार ?

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x