कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
धनगढी – २०७४ सालमा साहित्य जगत एकाएक तरङ्गित बनेको थियो । जब साहित्यिक क्षेत्रमा नामै नसुनिएका दूरदराजका रामलाल जोशीलाई मदन पुरस्कारको विजेता घोषित गरियो । तब यी नौला साहित्यकार सर्वाधिक खोजीमा परे ।
आज फेरि उनै सुदूरपश्चिम प्रदेशको धनगढीका रामलाल जोशी साहित्यिक जगतमा ठूलो कम्पन पैदा गर्दै आएका छन् । उपन्यास जस्तो आख्यान विधामा नयाँ खुराक थपेका छन्, ‘सखी’ ल्याएर । सखी अर्थात् साथी ।
आदिवासी जनजाति थारु जातिमा सखी २ स्त्रीबीचको साइनो मितिनीको पर्यायवाची हो । बुकहिलको प्रकाशनमा सखी बजारमा आएको हो । जसको आज काठमाडौंमा विमोचन हुँदैछ ।
सखीबारे प्रकाश पार्दै लेखक रामलाल जोशी भन्छन्, ‘सखी एउटा थारु कमलरी केटीको दुःख, संघर्ष र सफलताको कथा हो । थारु जातिमा लेखिएको अनुसन्धानात्मक, अवलोकनात्मक उपन्यास हो ।’
सखीमा लेखक तथा साहित्यकार जोशीले तराईको आदिवासी थारु जातिको अवस्था, कमैया कसरी बन्न पुगे ? त्यसको चित्रण गरेका छन् ।
सखीको सार
‘मुलुकको तराईको क्षेत्रमा आदिमकालदेखि बसोबास गर्ने यो ठूलो समुदायबारे त्यति धेरै अनुसन्धानात्मक ढंगले लेखेको पाइन्न । त्यही हुनाले पनि लेख्ने कोसिस गरेको हुँ,’ उनी थप्छन्, ‘तराईको सोझो, इमान्दार धर्तीपुत्र थारु जातिको आफ्नै इतिहास छ । तर, यो समुदाय जमिनदारको रबैयाले कसरी कमैया, कमलरी हुन पुग्थे ? थारु केटीहरूले कस्तोसम्म दुःख पाएकी थिइन् ? कालान्तरमा कसरी कमैया मुक्ति आन्दोलनको उठान भयो ? र कसरी सफलता प्राप्त गर्यो ? यिनै कुराको संगालो नै सखी हो ।’
सखीको मुख्य पात्र थारु समुदायको कमलरी केटी किस्मती चौधरी हो । जसको वरिपरि पूरै उपन्यास घुमेको छ । जसमा सानु बुवा, राजा कर्णबहादुर लगामत जमिनदारले कस्तो रबैया अपनाउँथे भन्ने चित्रणले सखीलाई जीवन्त बनाउने जमर्को गरेको लेखक बताउँछन् ।
सखीको भित्री पाटो
‘कृतिको मुख्य पात्र किस्मती चौधरी थारु समुदायको जमिनदारकै छोरी हो । किस्मती जन्मनुभन्दा पहिले त्यसका बाजे आन्दोलनमा गएका थिए । उसका छोराहरू पहाडी जमिनदारहरूको संगतले जँड्याहा बनेका हुन्छन् ।
पहाडी जमिनदारहरूले फकाइफुलाई गरी उनीहरूको पूरै जमिन हडपेर आफ्नो नाममा गरेका हुन्छन् । अन्ततः घरबारविहीन अवस्थामा पुगेपछि बिरक्तिएर आफ्नो सानो छोरी (किस्मती) लाई चौबाटो छोडेर आफू भगत (साधु) बन्छ, किस्मतीको बुवा ।’
सानी छोरीलाई चौबाटोमा छोडेको पनि अलग्गे कथा रहेको बताउँदै लेखक जोशी भन्छन्, ‘विषालु च्याउ खाँदाखेरि उसको बुवाबाहेक पूरै परिवार मर्छन् । बुढेसकालमा उसनको बुवाले दोस्रो विवाह गर्छ । अनि कान्छीबाट किस्मतीको जन्म हुन्छ । छोरी जन्मिँदा पालनपोषण गर्न नसक्दा उसको बुवाले चौबाटोमा छोडेको हुन्छ । पछि एक जना मुसलमानले भेटाउँछ र मुसलमानबाट १ जना पहाडी समुदायका व्यक्तिले किनेर लगेर आफ्नो घरमा लगेर कमलरी बनाउँछ ।
त्यस्तै, मुलुकमा भएको कमैया, कमलरी आन्दोलन र म पात्रको सहयोगपछि किस्मति चौधरी सामाजिक अभियन्ताको रुपमा उदाउँछिन् । फलतः उनलाई एउटा सर्वोत्कृष्ट पुरस्कारले सम्मानित गरिएको विषयवस्तु सखीमा देखाउन खोजिएको छ ।
लेखक जोशीको पहिलो कृति ‘हत्केलामा आकाश’ २०५७ नामक गजल संग्रह हो भने दोस्रो कृति ऐना हो । २०७२ सालमा प्रकाशित ऐना कथा संग्रहमा १९ वटा कथाहरू समेटिएका छन् । ऐनामा पनि उनले यहाँको सामाजिक पीडा, वादी, थारु जातिको पीडा नयाँ किसिमले चित्रण गरेका छन् ।
डोटीको कानाचौरबाट २०५० सालमा कैलालीको धनगढी झरेका जोशी २ दशकदेखि धनगढीमा बसेर साहित्यकर्ममा लागेका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष पनि हुन् ।
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...