×

NMB BANK
NIC ASIA

कलाकारमा ‘हेडलाइन’ आतंक, अनमोलदेखि कोमलसम्म पीडित

असोज २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– कला क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार अनिल यादवलाई अन्तर्वार्ताका क्रममा धेरै कलाकारहरु प्रश्न गर्छन्, अन्तर्वार्ताको शीर्षक(हेडलाइन) के आउँछ, कस्तो आउँछ ? 

Muktinath Bank

चलचित्र पत्रकार संघका महासचिव उनी पछिल्लो समयमा कलाकारहरुमा हेडलाइनको त्रास बढेको महशुस गर्छन् । ʻअन्तर्वार्ता कति स्तरीय हुन्छ भन्दा पनि कलाकारहरुमा अन्तर्वार्ताको शीर्षक के आउँछ भन्ने बढी चासो हुन्छ । कतिपयले हेडलाइन मलाई सोधेर राखिदिन, हेडलाइन के राखिदिनुहुन्छ मलाई जानकारी दिनु जस्ता कुरा गर्नुहुन्छʼउनी भन्छन् ʻयसो हुनुको पछाडि समाचार विकाउन युट्युब तथा अनलाइनमा द्वीअर्थी शब्द, नबोलेका भनाइ, तोडमोड गरेर शीर्षक राख्ने प्रवृत्ति बढ्नुले हो ।ʼ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समयमा केही युट्युब च्यानलहरु र अनलाइनमा आउने हेडलाइनले कलाकारमा पारेको प्रभावको उदाहरण हो यो । विशेष गरी कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुका बारेमा प्रसारण र प्रकाशन हुने भिडियो र समाचारहरुलाई ‘टुइस्ट’ गर्न यस्ताकाल्पनिक हेडलाइनहरु बढी भेटिन्छन् । जसको मारमा कलाकारहरु पर्दै आएका छन् । 


Advertisment
Nabil box
Kumari

त्यस्ता शीर्षकले अनलाइनमा समाचार पढ्ने पाठक र युट्युवमा भिडियो हेर्ने दर्शक (भ्यूअर्स र सस्क्राइब्स) बढाइरहे पनि कलाकारहरुको व्यक्तिगत सम्मान र प्रतिष्ठामा आँच आइरहेको पीडित कलाकारहरुको गुनासो छ । 
केही समय अघि नायक अनमोल केसीले त फेसबुकमा स्टाटस नै लेखेर आक्रोस पोखे । 

Vianet communication
Laxmi Bank

आफूले नभनेका कुरालाई शीर्षक बनाएर युट्युब र केही अनलाइनहरुमा समाचार तथा भिडियोहरु आएको भन्दै उनले फेसबुकमा स्टाटस लेखेर आक्रोस पोखेका थिए । 

त्यस्ता शीर्षकले आफूले तनाव झेल्न बाध्य बनाए बताउँदै उनले फेसबुकमा स्टाटस लेखेका थिए । हेडलाइन हेरेर नझुक्किन दर्शकलाई आग्रह गर्दै समाचार विकाउन त्यस्ता हेडलाइन राखेर कसैको चरित्र हत्या नगर्न उनको स्टाटसमा अनुरोध थियो । 

गायक तथा सांसद कोमल वलीले पनि केही सयम अघि आफ्नो नाममा केही युट्युब र अनलाइनहरुमा काल्पनिक शीर्षकहरुमा समाचार र भीडियो आएको भन्दै स्टाटस लेखेकी थिइन् । आफूले  नभनेका, केही पहिलेका कुराहरुको बारेमा आएका त्यस्ता शीर्षकलाई लिएर शुरुमा त उनले त्यति वास्ता गरिनन् । तर आफन्त, शुभचिन्तकहरुले जब उनलाई त्यस्ता शीर्षकका भिडियो र समाचारका बारेमा जिज्ञासा राखे तब उनी सोँच्न बाध्य भईन् । 

आफूले नभनेका विषयमा आएका यस्ता भिडियो र समाचारका कारण समस्यामा समेत परिन् । अन्नतः उनले सामाजिक सञ्जालमा  स्टाटस् लेखेर त्यस्ता समाचारमा नझुक्किन सबैलाई आग्रह गरिन् । ʻमलाई त्यस्ता शीर्षकमा त्यति विश्वास लाग्दैनथ्यो, त्यस्ता कुराहरु आइरहन्छन् भने त्यति वास्ता पनि गर्दिनथेँ । जब त्यस्ता शीर्षकका समाचारका बारेमा आफ्न्त, इष्टमित्रले जिज्ञासा राख्नुभयो, तब म सोँच्न बाँध्य भएʼ–कोमलले लोकान्तरसंग भनिन् । 

सामान्य विषयवस्तुलाई ठूला बनाएर, भनाइलाई तोडमोड पारेर आएका यूटयुब, अनलाइन पत्रपत्रिकाका शीर्षकहरु कोमलले फेसबुकमा दिनहूँ भेटछिन् । तर त्यस्ता शीर्षकतर्फ ध्यान खिच्नुपूर्व उनले मिडिया हेर्छिन् । अन्यथा त्यस्ता अनर्गल शीर्षकमा वास्ता गर्दिनन् । 

त्यस्ता शीर्षकले भ्यूअर्स र सस्क्राइब्स बढाइरहे पनि कलाकारहरुको व्यक्तिगत सम्मान र प्रतिष्ठामा आँच आइरहेको उनी गुनासो गर्छिन् । 

यी त फेसबुकमा स्टाटर लेखेर गुनासो पोख्ने कलाकारहरुको कुरा भो । कलाकारहरु कुराकानीका क्रममा प्राय यस्तै गुनासोहरु गरिरहेका हुन्छन् ।

युट्युब खोलेर हेर्ने हो भने पनि यस्ता काल्पनिक हेडलाइनहरु प्रशस्त भेटिन्छन् । 

यो प्रवृत्तिको ताजा उदाहरणका लागि हामी झक्कड थापालाई पनि लिन सक्छौं । 

केही समयअघि उनका नाममा ʻकाउली बुढीसंग फिल्म खेल्न काठमाडौं आइपुगे झक्कड थापाʼ, ʻझक्कड थापाले काठमाडौंमा घर किन्दैʼ जस्ता शीर्षकका समाचार तथा युट्युबमा भिडियोहरु आएका थिए ।

‘नेपाल आइडल’बाट चर्चामा आएका उनी एक गरिब परिवारका व्यक्ति हुन् । आर्थिक अवस्था कमजोर रहेका तर पछिल्लो केही समय चर्चामा रहेका झक्कडका बारेमा यस्ता युट्युवमा भिडियो बनाउनु र समाचार बनाउनुको एक मात्र कारण युटयुबको सब्स्सक्राइब, भ्यूज बढी हुनु र त्यसबाट पैसा कमाउनु थियो । 

किन बढ्यो समस्या ?

अहिले अनलाइन र युटयुब्को नेपालमा बाढी नै आएको छ । 

विभिन्न नाममा अनलाइन तथा युट्युव च्यानलहरु खुलेका छन् । जसको उद्देश्य नै युटयुबमा भ्यू बढाउनु र पैसा कमाउँनु छ । 

चलचित्र पत्रकार संघका महासचिव यादव भन्छन् ʻअन्तर्वार्ताको क्रममा धेरै कलाकारहरुको गुनासो हामीले एउटा कुरा बोल्या हुन्छ, मिडियाले अर्कै हेडलाइन लेख्दिन्छ भन्ने छ ।ʼ 

यसको दोषी स्वयंम कलाकारहरु पनि हुन् । उनीहरु मिडिया नबुझि अन्तर्वार्ता दिन्छन् । अहिले युटयुबमा हेर्नेहो भने कलाकारहरुका बेडरुममै लिइएका अन्तर्वार्ताहरु समेत भेटाउन सकिन्छ । 

कलाकारहरु पनि सचेत नभएका कारण यस्तो समस्या बढ्दै गएको यादव बताउँछन् । ʻआफूले कस्तो मिडियासंग अन्तर्वार्ता दिँदैछु भन्नेबारे कलाकारहरु पनि सचेत हुनुपर्ने बेला आएको छʼ– उनी भन्छन् । 
चलचित्र पत्रकार संघले रंग पत्रकारहरुका लागि क्षमता अभिवृद्धि, पत्रकार आचारसंहिता सम्बन्धि कार्यक्रमहरु गर्दै आएपनि पछिल्लो समय खुलेका अनलाइन र युटयुब च्यानललाई नियमन गर्न नसकिने महासचिव यादव बताउँछन् ।

यता कलाकार तथा निर्देशक दीपाश्री निरौला पनि पछिल्लो समय केही अनलाइन र युट्युवमा तोडमोड गरेर शीर्षक राख्ने ट्रेन्ड बढेको महशुस गर्छिन् । ʻत्यस्ता अनलाइन तथा युट्युबले आफ्नो विश्वसनियता गुमाइरहेका छन्, अहिलेका पाठकहरु आफै बुझ्ने भएका छन्ʼ दीपाश्री भन्छिन्,– ‘समाचार बिकाउन राखिने द्विअर्थी शब्द, नबोलेका भनाइ, तोडमोड गरिएका शीर्षक राख्ने मिडिया टिक्न गाह्रो छ ।ʼ

यस्ता तोडमोड गरिएको शीर्षकले कलाकारहरुलाई समस्या पार्ने उनी बताउँछिन् । कलाकारहरुको संवेदनामाथि खेलेर युट्युब र अनलाइन पत्रकारिता मार्फत विकृति फस्टाइरहेको उनको आरोप छ । यसमा कलाकारहरु पनि विशेष चनाखो हुनुपर्ने उनको तर्क छ ।

तर, कतिपय कलाकारहरु आफूलाई चर्चामा ल्याउनका लागि जस्तो सुकै हर्कत गर्न पनि पछि पर्ने गरेका छैनन् । फिल्म वा कलाकारिताबाट नाम कमाउन नसकेपछि एउटा ‘स्टन्ट’ गरेको भरमा चर्चामा आउनमा आउँन कलाकारले आफ्ना पेशागत मर्यादा, सामाजिक अवस्था, द्विअर्थी कुरा गर्ने गरेका छन् । संघर्ष गर्दै गरेका कलाकारमा सस्तो लोकप्रियताको लागि यस्ता युट्युव च्यानल र आफूअनुकुलका अनलाइमा समाचारहरु प्रकाशन गरेर चर्चा कमाउन प्रयास गरिरहेका हुन्छन् । तर यसले दीर्घकालका लागि भने फाइदा नपुग्ने उनीहरुले हेक्का गर्न सकिरहेका छैनन् ।

कलाकारिता क्षेत्रमा एउटा उखान छ, ‘बदनाम होस् तर गुमनाम नहोस् ।’ तर अनलाइन र युट्युबमा आउने यस्ता शीर्षकले एकातिर यो क्षेत्रलाई नै विकृत बनाउन खोजिरहेको छ भने अर्कोतिर कलाकारहरुमा हेडलाईनको त्रास थपिदिएको छ । कतिपय कलाकारहरु त युटयुबमा आउने हेडलाइन देखेर अन्तर्वार्ता दिनै डर लाग्ने समेत बताउँदै आएका छन् । यसर्थ पनि आजभोली कलाकारहरु अन्तर्वार्ताकै क्रममा सोध्न बाध्य छन् ʻयसको शीर्षक चाँही के आउँछ नि ?’
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x