कात्तिक २३, २०८०
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
काठमाडौं – विपन्न वर्गका हस्तकला उत्पादक कालीगढको उत्पादनको दीगो विकास र बजारसम्म पहुँच स्थापना गर्न गरीबी निवारण कोष र चौधरी फाउन्डेसनले सहकार्य गर्ने भएका छन् ।
कोषद्वारा विभिन्न जिल्लामा गठन भएका उत्पादन समूहका सदस्यले उत्पादन गरेका हस्तकलाका सामग्री उत्पादनलाई अझ सुदृढ एवं व्यवस्थित बजार प्रबद्र्धन गर्ने उद्देश्यले कोष र फाउन्डेसनबीच बुधवार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीमा कोषका तर्फबाट कार्यकारी निर्देशक नहकुल केसी र फाउन्डेसनको तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरेका छन् ।
‘कोषमार्फत् गठन भएका उत्पादन समूहका सदस्यमार्फत् उत्पादित हस्तकलाका सामग्रीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन, साझा सुविधा केन्द्रको संस्थागत विकास र हस्तकलाकर्मी तथा कलिगढको सीप तथा क्षमता अभिवृद्धि गरी राष्ट्रको दीगो तथा समावेशी आर्थिक विकासको चाहना र आवश्यकतालाई संयुक्त रुपमा योगदान गर्नु समझदारीको उद्देश्य रहेको छ,’ समझदारी पत्रमा लेखिएको छ ।
समझदारी अनुसार कोषको कार्यक्रम अन्तर्गत गठन भएका हस्तकला सम्बन्धी उत्पादनलाई नवलपरासी जिल्लामा रहेको ‘शाश्वत धाम’ स्थित संस्कृति सम्पदा भण्डारमा आवश्यकता अनुसार बिक्री स्टलमा राखिने छ ।
कोषमार्फत् गठन भएका साझा सुविधा केन्द्र, उत्पादन समूह तथा कलिगढको विवरण फाउन्डेसनलाई कोषले उपलब्ध गराउने छ । कोषसँग रहेका नमूना उत्पादनको प्रदर्शन तथा बजार प्रवद्र्धनका लागि फाउन्डेसनलाई उपलब्ध गराउने छ ।
फाउन्डेसनले कोषद्वारा गठन भएका उत्पादन समूहका सदस्यमार्फत् उत्पादित हस्तकलाका सामग्रीको बजार प्रवद्र्धन गर्न सहयोग गर्नेछ । फाउन्डेसनले वस्तुको ‘उन्नति बजार’मा बिक्री स्टलमार्फत् बिक्री एवं प्रवद्र्धनमा सहयोग गर्नेछ । कोषले सहयोग गरेका उत्पादन समूहका सदस्यले तयार गरेको वस्तु बिक्री गर्दा ‘नेपालको’ ब्रान्ड नामको प्रयोग गरिने छ ।
फाउन्डेसनले हस्तकलाका सामान खरिद गर्दा साझा सुविधा केन्द्र वा उत्पादन समूहसँग अनिवार्य रुपमा सम्झौता गर्नेछ । खरिद मूल्य समसामयिक तथा पारदर्शी हुने पत्रमा उल्लेख गरिएको छ ।
‘कोषद्वारा गठन भएका उत्पादन समूहका सदस्यमार्फत् उत्पादित हस्तकलाका सामग्रीलाई अझ सुदृढ एवं व्यवस्थित बजार प्रवद्र्धन गर्नुपर्ने आवश्यकता भएको र चौधरी फाउन्डेसनले यस्तै प्रकारका क्रियाकलापमार्फत् विभिन्न समुदायमा गरीबी न्यूनीकरणका लागि काम गर्दै आइरहेको हुँदा आपसी सहकार्यको लागि यो समझदारी गरिएको छ,’ समझदारी पत्रमा लेखिएको छ ।
कोषले हस्तकला कार्यक्रम अन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग र विश्व बैंकको व्यवस्थापनमा ‘द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजना’ मार्फत् तेह्रथुम, धनुषा, कपिलवस्तु, दाङ, दैलेख, गोरखा र म्याग्दी जिल्लामा ढाका, मिथिला पेन्टिङ, सिक्की, अल्लो, माटोका भाँडा, राडीपाखी, बाँस, प्राकृतिक रंगाई, नेपाली कागज र ऊनी अन्तर्गतका सीप क्षेत्रमा १४ वटा साझा सुविधा केन्द्र निर्माण गरी ३ सय ७५ उत्पादन समूहका ७ हजार ५ सय २७ हस्तकलाकर्मीको परम्परागत सीपलाई परिष्कृत गरी जीवनयापनका लागि दीगो आर्थिक वृद्धि गर्न सहयोग गर्दै आइरहेको छ । उत्पादन समूहका सदस्यमध्ये ८५ प्रतिशत महिला रहेका छन् ।
गरीबी निवारण कोष
हालसम्म गरीबी निवारण कोषको सहयोगमा देशका ६२ जिल्लामा सञ्चालित कार्यक्रम अन्तर्गत करीब ३२ हजार सामुदायिक संस्था गठन भई, गरीब तथा विपन्न समुदायका करीब १० लाख सदस्य आवद्ध रहँदै आएका छन् । कोषले समुदायको मागमा आधारित आयआर्जन, सामुदायिक पूर्वाधार निर्माण, सामुदायिक संस्थाका सदस्यको क्षमता विकास तथा पकेट क्षेत्र विकास र सामुदायिक संस्थाको संस्थागत विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
चौधरी फाउन्डेसन
विक्रम सम्वत् २०५२ सालमा चौधरी ग्रुपद्वारा गैरनाफामूलक संस्थाका रुपमा स्थापित चौधरी फाउन्डेसनले दीगो सामाजिक रुपान्तरणको पहल स्वरूप पुनर्निर्माण, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा सीप विकास, उद्यमशीलता विकास क्षेत्रमा विविध क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।
जसअन्तर्गत विकासको मूलप्रवाहमा समाहित हुन नसकेका विपन्न समुदायको दीगो सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउनका लागि लगानी गर्ने, फाउन्डेसनको ‘उन्नति’ नामक कार्यक्रममार्फत् नेपालका विशेषगरी महिला लघु उद्यमीलाई जीविकोपार्जनका लागि विभिन्न सीपमूलक तालिम तथा त्यस्ता उद्यमीद्वारा उत्पादित वस्तुका लागि बजार व्यवस्थापनको लागि ‘उन्नतिबजार’ सञ्चालन गरी बजारमा आवश्यकता बमोजिम बिक्री स्टल राख्ने लगायतका काम गर्दै आएको छ ।
मुख्यतः चौधरी फाउन्डेसनको उद्देश्य सामाजिक तथा आर्थिक क्रियाकलापका नयाँ पहलमार्फत् गरीबी न्यूनीकरण गरी नेपाललाई सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा रुपान्तरण गर्ने नेपाल सरकारको लक्ष्यलाई सहयोग गर्ने रहेको छ ।
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...