×

NMB BANK
NIC ASIA

मोबाइलको प्रयोगले क्यान्सरको खतरा

असोज २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — मोबाइल फोनबाट निस्कने रेडिएसनले कति हानि गर्छ ? यो विकिरणले ट्युमरको खतरा हुन्छ ? यसबाट कसरी बच्ने ?

Muktinath Bank

यी प्रश्नहरूमाथि वैज्ञानिकहरूले वर्षौंदेखि खोज गरिरहेका छन् तर यसको कुनै सटीक उत्तर छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोबाइलको रेडिएसन एक्सरे र परावैजनी विकिरणको तुलनामा कम शक्तिशाली हुन्छ । एक्सरे र परावैजनी विकिरणले हाम्रो डीएनएमा भएका रासायनिक बन्डलाई फुटाउने क्षमता राख्छन् । 


Advertisment
Nabil box
Kumari

अमेरिकी क्यान्सर सोसाइटीले विकिरणबाट दिमाग, शिर र गलामा ट्युमर हुन्छ कि हुँदैन भनी अनुसन्धान गरिरहेको छ । 

Vianet communication
Laxmi Bank

सोसाइटीका अनुसार, मोबाइलबाट निस्कने विकिरणले हाम्रो डीएनएमै परिवर्तन ल्याउन चाहिँ सक्दैन । त्यसैले मोबाइलको विकिरणले क्यान्सर जस्तो रोग उत्पन्न गराउँछ भनिहाल्न मिल्दैन । 


कुन फोनबाट कति रेडिएसन निस्कन्छ जान्न्का लागि विशेष अवशोषण दर (एसएआर) को मापदण्ड बनाइएको छ । यसबाट हामीलाई विकिरणको असर मानव शरीरमा कति पर्छ भन्ने थाहा हुन्छ । 

एसएआर भनेको त्यस्तो स्तर हो जुन मोबाइलले धेरै पावरको प्रयोग गर्दा निस्कन्छ । मोबाइल कम्पनीहरूले यसको जानकारी देशको नियमनकारी संस्थालाई दिनुपर्ने हुन्छ । 

तर हामीहरू फोन किन्दा यसमा ध्यानै दिँदैनौं । 

जर्मन फेडरल अफिस फर डेटा प्रोटेक्सनले एउटा सूची तयार गराएको छ जसमा नयाँ तथा पुराना स्मार्टफोनबाट निस्कने विकिरणको जानकारी दिइएको छ । 

सबभन्दा धेरै विकिरण फाल्ने मोबाइलको सूचीमा वान प्लस र हुआवे तथा नोकिया लुमिया सबभन्दा माथि छन् । आईफोन ७ चाहिँ दशौं, सोनी एक्सपिरिया एघारौं, जेडटीई तेह्रौं र ब्ल्याकबेरी डीटीईके चौधौं स्थानमा छन् । 

मोबाइल रेडिएसनसम्बन्धी कुनै गाइडलाइन छैन जसबाट कति रेडिएसनलाई सुरक्षित मानिन्छ भन्ने थाहा होस् । 

जर्मनीको एक एजेन्सीले केवल त्यही फोनलाई मान्यता दिन्छ जसको एब्जर्पसन लेभल (अवशोषण स्तर) ०.६० भन्दा कम हुन्छ । सूचीमा जति फोन छ त्यसको स्तर यसभन्दा दुईगुणा छ । 

सबभन्दा कम विकिरण भएको फोनको कुरा गर्दा सोनी एक्सपिरिया एम ५ सबभन्दा माथि छ । त्यसपछि स्यामसङ ग्यालेक्सी नोट ८, एस सिक्स एज प्लस, गूगल प्लस एक्सेल र स्यामसङ ग्यालेक्सी एस ८ र एस ७ एज आउँछन् । 

मोटोरोलाका केही फोनमा पनि कम विकिरण पाइयो । आफ्नो फोनको विकिरण जाँच्न चाहनुहुन्छ भने मोडल हेर्नुस् । फोनको वेबसाइटमा पनि त्यसको जानकारी हुन्छ । 

रेडियो फ्रिक्वेन्सी फोनभित्रको एन्टिनानजिक हुन्छ । फोनलाई आफूसँग टाँसेर राख्नुभएमा हानिको सम्भावना बढी हुन्छ । तर अन्य तत्त्वले पनि असर पार्छन् .

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x