पुस ११, २०८०
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
‘प्रधानमन्त्री सम्मानित’। यस जानकारीले नेपाली गौरवान्वित हुनुपर्ने हो । तर सोमवार गोरखापत्रमा छापिएको यस समाचार-शीर्षकले यस देशका अधिकांश बासिन्दालाई प्रसन्नता दिन सकेन । उल्टो, चिन्तित र शङ्कालु बनाइदिएको छ । यसो हुनुका कारण छन्, कारक पनि होलान् ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई ‘नेतृत्व र असल शासन अवार्ड’ बाट सम्मानित गर्ने व्यक्ति, संस्था र सन्दर्भ विवादग्रस्त भैदिए । त्यसैले पारितोषिकका साथ उहाँलाई प्राप्त एकलाख डलरको थैली पनि आलोचनामुक्त रहेन । किनभने ‘युनिफिकेसन चर्च’ इसाई (कृष्टियन) धर्मको एक विवादास्पद सम्प्रदाय हो । तसर्थ त्यस्तो चर्चसँग गाँसिएको संस्थाबाट पुरस्कृत भएकोमा स्वयं प्रधानमन्त्रीलाई सन्तोषको अनुभूति नहोला ।
त्यसैगरी, नेतृत्व र सुशासन बापत प्रशंसनीय काम विगत ८/९ महिनाको अवधिमा हुन सकेको छैन : एकातिर पार्टी एकीकरणको क्रममा कार्यकर्ताबीच नेतृत्वप्रतिको असन्तुष्टि पोखिएर सार्वजनिक भएको छ भने अर्कोतिर अकासिएको महँगी र जिउधनको असुरक्षाबारेको जनचासोले सरकारको कार्यशैलीलाई आक्रोशको निशाना बनाएको छ । यो यस्तो नाङ्गो यथार्थ हो जसप्रति कसैले आँखा चिम्लिन सक्दैन ।
जग-जाहेर कुरो हो, वर्तमान संविधानबारे समाजका विभिन्न पक्षबाट विरोधका स्वरहरू सुनिँदै आएका छन् । वैदिक सनातन (हिन्दू) धर्मावलम्बीहरूको बाहुल्य भएको वास्तविकताप्रति गरिएको उपेक्षा एक प्रमुख कारण हो । संविधानत: नेपाल विश्वकै एकमात्र हिन्दू चिनारीयुक्त मुलुक थियो, र त्यो मान्यता कायमै राखिदिन सकिन्थ्यो । नयाँ संविधान निर्माताहरूले यान्त्रिक बहुमतको आडमा नेपाललाई ‘हिन्दूराष्ट्र’ को चिनारीबाट वञ्चित गरिदिए । त्यस कदमले जनसाधारणमा असन्तोष उत्पन्न गरायो । मुसलमान र अन्य कतिपय अल्पसंख्यक समुदायले समेत ‘हिन्दूराष्ट्र’को पक्षमा अभिव्यक्ति दिएका छन् । किनभने सहिष्णु र उदार हिन्दू पद्धतिले साविकमा दिएको जत्तिको सुरक्षा पनि २०६२/६३ को परिवर्तनपछि पाउन सकिएन भन्ने ती समुदायका अगुवाहरूको भनाइ छ । डा. केबी रोकायाले हालैका वर्षमा वक्तव्य र अन्तर्वार्ताहरू मार्फत् यसबारे प्रकट गरेका विचार यस प्रसङ्गको दृष्टान्त हो । मूलप्रवाहको इसाई मतमा स्वेच्छाले प्रवेश गरेका डा. रोकायाको आफू कृष्टियन भए तापनि मुलुक ‘हिन्दूराष्ट्र’ हुनुपर्छ भन्ने मान्यता छ । धर्मनिरपेक्षता सम्बन्धी पश्चिमी जगत्का मान्यता नेपालको लागि उपयुक्त छैनन् भन्ने निजको ठम्याइ छ ।
‘युनिफिकेसन चर्च’ धर्मपरिवर्तन गर्ने, गराउने अभियान हो जसको पुष्टि आइतवारको समापन समारोहमा ‘जिससकी छोरी’ भनिएकी हाक जा हान मूनको भाषणले गरिसकेको छ । धर्मान्तरण युनिभर्सल पिस फेडरेसनको कार्यसूचीमा भएकोमा सन्देह छैन । भन्नु परोइन, यो सर्वथा अनुचित र अवैध कार्य हो ।
शनिवार सकिएको ‘एसिया-प्रशान्त शिखर सम्मेलन’ मा सरकारको संलग्नताबारे जनस्तरबाट प्रश्न उठ्नु स्वाभाविक हो । त्यसमाथि आगन्तुकमध्ये बर्मा (म्यान्मार) र कम्बोडियाका सहभागीहरूलाई सरकारी पाहुनाको स्तर दिइयो । ती दुवै व्यक्ति मानव अधिकारको सम्मान र संरक्षण नगर्ने शासक हुन् भनेर विश्वभर निन्दित छन् । के नेपालको परराष्ट्रनीतिको प्राथमिकतामा यस्तै कुराहरू पर्छन् ?
सप्ताहान्तको विवादास्पद भेलाले राजधानी शहरका बासिन्दालाई हुनसम्मको सास्ती दियो । जोर बिजोर नम्बरसम्बन्धी हचुवा आदेशले यात्री र यातायात मजदूर दुबैथरीलाई असर प-यो । विशिष्ट कहलिएकाहरूको सुरक्षामा प्रहरी, सैनिक र गुप्तचरहरू खटाउँदा राज्यकोषमाथि भार थपियो । करदाता नागरिक प्रभावित भए ।
विविध कारणहरूले गर्दा यहाँ नहुनु पर्ने सम्मेलनको आयोजनामा सरकारको प्रत्यक्ष संलग्नता हुनगयो भनेर सरकारले गल्ती स्वीकार गर्नुपर्छ । र, यस्तो राष्ट्रिय लज्जाको विषय बन्नसक्ने कार्य भविष्यमा गरिनेछैन भन्ने सार्वजनिक प्रतिबद्धता जतिसकेको चाँडो आउनुपर्छ । सत्ताधारी दल र सरकार दुवैको विश्वसनीयतामा थप ह्रास नआओस् भन्ने हो भने जनसमक्ष माफी माग्न ढिलाइ गर्नु हुँदैन ।
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...