पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण पेचिलो बन्दै गएको छ ।
हत्यारा सार्वजनिक गर्न दबाब बढिरहँदा नै प्रहरीमाथि अविश्वासको खाडल गहिरिँदै गएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट (हाल बर्खास्त)ले दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि शुरू भएको अविश्वास बढ्दै गइरहेको छ । पछिल्लो पटक प्रदीप रावल र विशाल चौधरीलाई मुख्य अभियुक्तझैं बनाएर प्रहरी नेतृत्वबाट प्रचार गराउने काम भइरहेको छ ।
प्रहरी स्रोतलाई उदृत गर्दै मुलधारका सञ्चारमाध्यमले प्रदीप र विशालका बयान सार्वजनिक गरेका छन् । जुन समाचारहरूमा अपराध सकारेको भनिएको छ । तर निर्मलाको बलात्कार र हत्या भएको दिन साउन १० गते दुवै जना ‘प्रहरी नियन्त्रण र निगरानी’मा रहेको भनिएको अवस्थामा डीएनए रिपोर्ट नआउँदै सार्वजनिक गरिएका बयानले ‘घटनासँग सम्बन्ध नै नभएका’ व्यक्तिमाथि प्रहरीबाट षड्यन्त्र भइरहेका आशंका गरिएको छ ।
‘सरकार भेटियो, न्याय भेटिएन’ नारासहित देशभर पोस्टर टाँस्ने आन्दोलन चलिरहँदा प्रहरीले प्रदीप रावललाई ‘फसाउने’ हत्कण्डा गरेको कतिपयको बुझाइ छ । प्रदीप र विशाल दोषी हुन् कि निर्दाेष ? प्रहरीले उनीहरुविरुद्ध स्पष्ट प्रमाण जुटाइनसक्दा केही भन्न सकिने अवस्था छैन । तर, दोषी देखिने अन्य पर्याप्त आधार नभेटिनु र बयानमा अपराध सकारेको प्रचार गरिनुले प्रहरी नेतृत्वको नियतमाथि सर्वसाधारणले प्रश्न गर्ने ठाउँ मिलेको छ ।
दिलिपसिंह विष्टको सन्दर्भमा पनि प्रहरी अधिकारीले भिडियो टेप नै बनाएर सार्वजनिक गरेका थिए । निर्मला पन्तको बरामद शवको ‘भजाइनल स्वाव’मा मिलेको ‘शुक्रकिट’को डीएनएसँग दिलिपको डीएनए नमिलेपछि विष्ट रिहा भएका थिए । हिरासतमा कुटपिट र यातना दिएर अपराध स्वीकार्न लगाएको भनेर दिलिपसिंह विष्टले प्रष्ट पारेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का डीएसपी अंगुर जिसी नेतृत्वको टोलीले दिलिपको घरबाट सर्टको खल्ती च्यातेर घटनास्थलमा फालेको तथ्यसमेत सार्वजनिक भएको थियो । यसरी घटनासँग कुनै सम्बन्ध नहरहेका व्यक्तिलाई अपराधी बनाउन शुरूदेखि नै कोसिस गरिरहेको र घटनास्थलबाट संकलन गरेर सुरक्षित राख्नुपर्ने प्रमाण नष्ट गरेको आरोप प्रहरीले खेप्दै आएको छ ।
दिलिपसिंह विष्टको सन्दर्भमा गल्ती गर्ने प्रहरीमाथि केही हदसम्म कारबाही भएको छ । तर, प्रदीप र विशालको सन्दर्भमा पनि प्रहरीले फेरि दिलिपकै नियति भोग्न किन खोजिरहेको छ ? डीएनए रिपोर्ट नआउँदै प्रदीप र विशालले अपराध सकारेको भनेर किन सार्वजनिक गरियो ?
सरकार र प्रहरीले अपराधी भेट्टाएको देखाउन सर्वसाधारणबारे कुनै आधार बिना नै तथानाम प्रचार गरिनु जायज होला ? अवश्य पनि होइन । प्रदीपसँग प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नै बयान लिएको र आफैं सक्रिय भएर अनुसन्धानमा खटिएका समाचार पनि सार्वजनिक भएका छन् । आईजीपी आफैं जोडिएको अवस्थामा यस्तो त्रुटी कसरी भइरहेको छ ?
निर्मला प्रकरणमा शुरूदेखि नै ‘शक्तिशाली’ व्यक्तिको संलग्नता रहेको आशंका गरिँदै आएको छ । प्रहरीका पछिल्ला क्रियाकलापले त्यो आशंकामा बल पुर्याउने काम गरिरहेको छ । मानौं शक्तिशाली व्यक्तिको संलग्नता ‘अफवाह’ हो । तर सर्वसाधारणलाई फसाउन प्रहरीले जोडबल किन गरिरहेको छ ? सर्वसाधारणमा स्वभाविक प्रश्न जन्मिन्छ ।
दिलिपसिंह विष्ट प्रकरणमा डिल्लीराज विष्टले गल्ती गरे, तर प्रदीप प्रकरणमा आईजीपी आफैं जोडिएका छन् । प्रदीपको सन्दर्भमा पनि डीएनए मिलेन र प्रहरी फेरि ‘कुहिरोको काग’ भयो भने प्रहरी नेतृत्वमाथि सर्वसाधारणको विश्वास बाँकी रहला ? देशभर चासोको विषय भएको संवेदनशील अनुसन्धानमा आईजीपी आफैं संलग्न हुँदा पनि गल्ती हुनुलाई सर्वसाधारणले सामान्य रुपमा लिन सक्दैनन् ।
निर्मला प्रकरणमा प्रहरीका काम ‘सार्वजनिक परीक्षण’ हुँदा पटक–पटक ‘गलत’ सावित भइरहेका छन् । शंकास्पद् व्यक्ति पक्राउ परेको भनेर प्रचार गरिए पनि प्रहरी अनुसन्धान अन्नतः ‘माछो माछो भ्यागुतो’को स्थितिमा पुग्ने गरेको छ । त्यसैले प्रहरीले गर्ने अनुसन्धानमा ‘सार्वजनिक परीक्षण’को आवश्यकता बढ्दै गइरहेको छ ।
प्रहरीप्रति भरोसाभन्दा आशंका बढी रहेको छ । यस्तो अवस्थाले प्रहरी संगठनको आस्थामै धक्का पुग्ने देखिएको छ, जुन कानूनी शासनका लागि भयानक संकेत हो । हाल सर्वसाधारणले एकातिर निर्मलाका हत्यारा पक्राउ परून् भनेर खबरदारी गर्नुपर्ने र अर्काेतिर निर्दाेष नफसून् भनेर सजग हुनुपर्ने अवस्था छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...