पुस ११, २०८०
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
जलस्रोतलाई नेपालको महत्त्वपूर्ण स्रोतमध्येको एक मानिन्छ । ‘पानी नभए प्राण रहन्न’ भन्ने शाश्वत सत्यको सन्दर्भमा नेपालको जलस्रोत ठूलो प्राकृतिक वरदान हो । माल पाएर चाल नपाउनु अर्कै कुरा हो । पिउने पानी, सिंचाइको पानी र बिजुली निकाल्ने पानीको परिचालन र सदुपयोग गर्न सक्दा हामी नेपाली स्वस्थ र सम्पन्न हुनेमा द्विविधा छैन । बिजुली सफा इन्धन भएको हुनाले त्यसको उत्पादन र उपयोग बढाई विदेशबाट महँगो पेट्रोलियम पदार्थ आयात गर्ने प्रचलन घटाउन सकिने टड्कारो सम्भावना छ ।
नेपालको जलविद्युत् क्षमता आन्तरिक खपतपछि बचत समेत हुने विभिन्न अध्ययन छन् भनिन्छ । तर हालको उत्पादन क्षमताभन्दा धेरै नै कम छ र त्यसले विद्यमान माग समेत धान्न सकेको छैन । अहिले नै चारसय मेगावाट भारतबाट आयात भैरहेको छ । बिजुलीको माग निरन्तर बढ्ने क्रममा छ र हाल निर्माणाधीन परियोजनाबाट हुने उत्पादन पनि नेपालमै खपत हुने अवस्था छ । यातायातका साधन बिजुलीबाट गुडाउने, साना-ठूला उद्योग कल-कारखानाको इन्धन आवश्यकताको पूर्ति गराउने, पर्यटन व्यवसायलाई सहयोग पुग्ने केबलकार आदिको सञ्चालन पनि बिजुलीबाटै गराउने नीति अबलम्बन गरिएमा नेपालको उत्पादनको धेरै अंश मुलुकमै खपत हुने देखिन्छ । कृषिक्षेत्रको विकासमा पनि सिंचाइ, मल कारखानाहरूको जरुरत पर्छ । उद्योग-धन्धा, व्यवसाय फस्टाए नेपालमै रोजगारीका अवसर वृद्धि हुन्छन् र देशका युवाले विदेशिनुपर्दैन । कर राजस्वहरू स्वत: बढेर जानेछन् ।
यस वास्तविकतालाई योजनाकार र नीति-निर्धारकहरूले बुझेका छैनन् भन्न मिल्दैन । तर कार्यशैली हेर्दा सही निर्णयहरू भइरहेको जस्तो लाग्दैन । बिजुली निकासी गरेर विदेशी मुद्रा आर्जन गर्ने विषयलाई प्राथमिकता दिइनु जस्ता कुराले यसै स्थितिलाई इङ्गित गर्दछ । आयोजना नै विदेशीलाई सुम्पिने कुरा आलोचनामुक्त नरहेका बखत नेपालमा उत्पादित बिजुली भारतले किनिदिने र बङ्गलादेशतिर पनि पठाउन सकिने जस्ता कुराहरू चर्चामा छन् । सरकारले यसलाई ठूलै उपलब्धि झैं प्रचार गरिरहेको छ । यो बुझ्न नसकिने विषय हो । मुलुकको दीर्घकालीन हितलाई बन्धकी राखेर सन्धि, सम्झौता र सहमतिहरू गर्न हतार नगरौं । पछि पछुतो गरेर के हुन्छ र ?
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...