×

NMB BANK
NIC ASIA

संन्यासपछिको जीवन : करोड लगानी गरेर क्रिकेटका कोपिला फक्राउँदै शक्ति

पुस २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – नेपालीका चर्चित क्रिकेट खेलाडी शक्ति गौचनले १ महिना अगाडि अर्थात् मंसिर २९ गतेदेखि झण्डै २ दशक लामो क्रिकेट यात्राबाट संन्यास लिए । नेपाली क्रिकेटका ‘अलराउन्डर’ बलिया खम्बा राष्ट्रिय अन्तर्राष्ट्रिय कुनै पनि ‘गेम’मा शक्ति अब देखिने छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

गएको मंसिरमा पोखरामा चलेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल शक्तिको अन्तिम खेल थियो । पोखरा पल्टनबाट चितवन टाइगर्ससँग खेल्दै शक्तिले आफ्नो सम्पूर्ण खेल जीवनबाट विश्राम लिएका हुन् । शक्ति नेपाली क्रिकेट टीमका प्रमुख सदस्य थिए । उनी नेपाली क्रिकेटमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेर १८ वर्ष खेले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रिकेट जीवनबाट सन्यास लिएलगत्तै ३ दिनपछि शक्ति आफ्नो गृहनगर रूपन्देही फर्किए । शक्तिको घर रूपन्देहीको आमसतिया गाउँपालिका–२ पडसरीमा पर्छ । उनले सन् २००१ बाट नेपाली क्रिकेटमा आवद्ध भएर खेल्न शुरू गरेका थिए ।


Advertisment
Nabil box
Kumari

क्रिकेट खेलबाट सन्यासपछि उनी अहिले बिहान–बेलुका आफ्नै क्रिकेट मैदानमा जुनियर लेबलका खेलाडीलाई क्रिकेट सिकाउन व्यस्त छन् । शक्तिले घर नजिकै आफ्नो जग्गामा ‘इनडोर’ र ‘आउटडोर’ क्रिकेट खेल्न मिल्ने मैदान बनाएका छन् । 

Vianet communication
Laxmi Bank

क्रिकेट मैदानको नाम हो ‘स्टार क्रिकेट ऐकेडेमी’ । ६० लाख रूपैयाँको आफ्नो व्यक्तिगत लगानीमा उनले सन् २००९ मा निर्माण थालेको मैदान हालसालै पूर्ण रूपमा सम्पन्न भएको छ । ६० लाख रूपैयाँबाट थालिएको मैदानको लगानी हालसम्म १ करोड रूपैयाँसम्म पुगेको छ ।

आफ्नै लगानीमा निर्माण गरिएको त्यहीँ क्रिकेट मैदानमा अहिले जुनियर क्रिकेट खेलाडी उत्पादन गर्न जुटेका छन् । बिहान शक्तिलाई ब्यूझाउन खेलाडीहरू उनको मैदानमा आइपुग्छन् ।

नेपाली क्रिकेट भारत, अस्ट्रेलिया, वेस्टइन्डिज, इङ्ल्याण्डजस्तो बलियो बनेको देख्ने शक्ति गौचनको ठूलो धोको छ

बिहीवार शक्तिसँग भेट्न खोज्दा उनी बुटवलको एन्फा एकेडेमीमा बुटवलस्थित न्यू होराइजन आवासीय माविका विद्यार्थीलाई क्रिकेट सिकाउनमा व्यस्त देखिन्थे । उनी सन् २००९ देखि होराइजनमा प्रशिक्षकको रूपमा छन् । 

‘नेपालको क्रिकेटले राम्रो फड्को मारेको छ,’ शक्तिले भने, ‘तर आधारभूत तहबाट राम्रो बन्न सकेको छैन । अब मेरो सम्पूर्ण जीवन जुनियर लेवलबाटै दक्ष खेलाडी उत्पादन गर्न जुटेको छु ।’ नेपाली क्रिकेटले पछिल्ला केही वर्ष राम्रो फड्को मारेपनि राज्यले क्रिकेट खेलका संरचना बनाउन नसकेको उनले बताए । ‘त्यसैले क्रिकेट खेलका कोपिलाहरू फक्राउन मैले आफ्नै प्रयासमा खेल मैदान बनाएर त्यहीँ खेलाडीलाई खेल सिकाउन जुटेको छु,’ उनले भने ।

नेपाली क्रिकेट भारत, अस्ट्रेलिया, वेस्टइन्डिज, इङ्ल्याण्डजस्तो बलियो बनेको देख्ने शक्ति गौचनको ठूलो धोको छ । ‘मैले क्रिकेट खेल शुरू गर्दा त नेपाली क्रिकेट बामे सर्दै थियो । अब केही उचाइ लिएको छ । अबको ५–७ वर्षमा नेपाल क्रिकेटमा बलियो शक्तिमा उदाउनुपर्छ,’ शक्तिले भने ।  

उनले एकेडेमीमा बिहान, दिउँसो र बेलुका गरी २ सय १० जना खेलाडीले प्रशिक्षण दिँदै आएका छन् । त्यसबाट उनले ६० जना छनौट गरी ‘लिग गेम’ खेलाएर त्यसबाट पनि ३० जनालाई छनौट गरी ‘हाई पर्फमेन्स ट्रेनिङ’ दिने शक्तिको योजना छ ।

यसअघि उनले आफ्नै एकेडेमीबाट २० जना राष्ट्रिय खेलाडीहरू उत्पादन समेत गरिसकेका छन् । उनले उत्पादन गरेका खेलाडी हुन्, सुशान्त भारी, सौरभ खनाल, प्रकाश केसी, निर्मल थापा, कृष्ण सेन, कुशल मल्ल लगायत ।
उनले होराइजनसँगै बुटवलको ज्ञानपुञ्ज बोर्डिङ स्कूल र देवदह क्रिकेट युनिटमा पनि कोचिङ गर्न थालेका छन् । गौचनले नेपाली क्रिकेट क्षेत्रमा ठूलो योगदान गरेका छन् । डिभिजन फोरदेखि उनकै योगदानले कयौं खेलमा नेपाललाई उत्कृष्ट सावित गरेको थियो ।  

शक्ति क्रिकेट खेलभन्दा पहिलो हक्की खेलप्रति रूचि राख्थे । उनका बाबु खड्गप्रसाद भारतीय सेनामा कार्यरत थिए । जसले गर्दा शक्ति पनि भारतबाटै क्रिकेट खेल्न सिकेका हुन् । शक्तिको परिवार भारतको गोरखपुरमा बस्न थाल्दा शक्ति ३ कक्षामा भारतीय सैनिक विद्यालयमै पढ्थे । त्यही सैनिक विद्यालयबाट आफ्नो क्रिकेट यात्रा सुरू भएको शक्तिले आफ्नो पुरानो इतिहास सुनाए ।

बुवा भारतीय सेनाबाट अवकास पाएपछि उनीहरू परिवार रूपन्देहीमा बस्न थालेको हो । शक्तिको पुरानो घर म्याग्दी हो । शक्तिका २ छोरी छन् सदीक्षा र किस्तु । सदीक्षा भने बुवाजस्तै क्रिकेट खेलप्रति रूचि राख्छिन् ।
‘विगत ४ वर्षदेखि नेपाल क्रिकेट संघ भंग छ । यस्तो क्रिकेटको तीब्र विकास गर्ने समयमा संघ नहुनु दुःखद हो । संघ नहुँदा क्रिकेट निजी क्षेत्रको सहयोगबाट चलेको छ,’ शक्तिले भने । क्रिकेटको विकास हुन क्रिकेट संघको विकल्प छैन । उनले आफ्नो खेल जीवन अविस्मरणीय रहेको बताए ।

आफ्नो लागि केही गर्न नसके पनि देशका लागि भने केही गरेजस्तो लागेको शक्तिले सुनाए । अहिले क्रिकेट खेलाडीमा आर्थिक अभाव नहुने शक्ति बताउँछन् । नेपाली खेलाडी करौडौंमा खेल्ने भइसकेका छन् । राज्यले छिट्टै व्यवस्थित क्रिकेट रंगशाला बनाएर क्रिकेट खेलप्रति जागेको आशा पूरा गर्नुपर्ने देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x