×

NMB BANK
NIC ASIA

निर्वाहमुखी ग्रामीण अर्थतन्त्रलाई उत्पादनशील अर्थतन्त्रमा रुपान्तरण गरौं : सभामुख शाही

पुस २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सहकारीले निर्वाहमुखी ग्रामीण अर्थतन्त्रलाई उत्पादनशील अर्थतन्त्रमा रुपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

Muktinath Bank

शनिवार वीरेन्द्रनगरमा जनप्रिय बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभाको उद्घाटन गर्दै उनले विकट बस्तीमा गएर जनताको आर्थिक अवस्था माथि उठाउन सहकारीले भूमिका खेल्न सक्नुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ग्रामीण क्षेत्रमा अहिले निर्वाह मात्रै गर्ने खाले अर्थतन्त्र छ,’ सभामुख शाहीले भने, ‘त्यसलाई उत्पादन र उत्पादकत्व वृद्धिसँग कसरी जोड सकिन्छ र त्यहाँका जनतालाई आर्थिक रुपमा कसरी बलियो बनाउन सकिन्छ त्यसमा सहकारीले ध्यान दिन जरुरी छ ।’


Advertisment
Nabil box
Kumari

सहकारीमा धेरै महिला सहभागिता हुने गरेको बताउँदै त्यसले उत्पादनको क्षमता बढाउने उनको भनाई छ । सभामुख शाहीले आउने दिनमा सहकारीको महत्त्व वृद्धि हुने बताए ।

Vianet communication
Laxmi Bank

‘सरकारको नीति ३ खम्बे छ । सहकारी, निजी र सरकारी अर्थनीति सरकारको आधार हो,’ उनले भने, ‘उदाहरणका लागि सहकारी हेर्ने राष्ट्रिय योजना आयोगमा छुट्टै डेस्क छ । पन्ध्रौं योजना निर्माणमा सहकारीको पनि सहभागिता हुन्छ ।’ उनले सरकारले सहकारीलाई समृद्धिको प्रतिकको रुपमा लिएको बताए ।

कर्णाली प्रदेश सभामा सरकारले पेश गरेको सहकारी ऐनको व्यापक छलफल भइरहेको बताए । ‘कर्णालीमा कस्तो सहकारी ऐन बनाउँदा यहाँका लागि उचित हुन्छ भन्ने ध्येयका साथ हामीले सहकारी ऐनका लागि सुझाव संकलन गर्न जुम्ला र रुकुममा समितिलाई पठाएका थियौं,’ उनले भने, ‘अहिले ऐन समितिमा छ र चाँडै प्रदेश सभाले सहकारी विज्ञ, सहकारीकर्मीको सुझाव अनुसारको ऐन पारित गर्नेछ ।’

सभामुख शाहीले अहिले देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको ५ प्रतिशत मात्रै योगदान रहेको बताए । ‘अहिले सहकारीको ५ प्रतिशत मात्र राज्यलाई योगदान छ,’ उनले भने, ‘यसलाई बढाएर एकतिहाई पुर्याउनुपर्छ । व्याजदरमा कमी ल्याउनुपर्छ । उत्पादनशील क्षेत्रमा ध्यान जरुरी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x