×

NMB BANK
NIC ASIA

हिन्दुराष्ट्र पुनःस्थापना गराएरै छाड्छौं : कमल थापा

पुस २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गरिबिको रेखामुनि रहेका सर्वसाधारण जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने क्रम जारी रहे निकट भविष्यमै नेपालमा धार्मिक युद्ध हुने खतरा रहेको बताएका छन् । 
राप्रपा जिल्ला कार्य समिति ललितपुरले आयोजना गरेको सनातन हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई धर्म निरपेक्ष बनाउनमा ०६२ र ०६३ को आन्दोलनको माग नभएको बताउदै परिवर्तनकारी भनाउने दलका केही नेताहरु आफ्नो सिमित स्वार्थको लागि पश्चिमाहरुले नेपाललाई सास्कृतिक उपनिवेश बनाउने उदेश्यलाई परिपुर्ती गराउन मोहोराको रूपमा प्रयोग भएको स्पष्ट भैसकेको बताए । 
राजनीतिक लेप लगाएर जबर्जस्ती थोपरिएको धर्म निरपेक्षको फोहोरलाई सफा गरेर राजनीतिक तवरबाट नै हिन्दु राष्ट्र पुनःस्थापना गराउनुपर्ने भएकोले नै हिन्दुराष्ट्रलाई पार्टीले मुख्य एजेन्डा बनाएको स्पष्ट पार्दै थापाले नेपालीहरुको एकताको आधार सनातन धर्म नै भएकोले हिन्दु राष्ट्र पुनःस्थापना गराएरै छोडने प्रतिबद्धता व्यक्त गरे ।
यसैको लागि पार्टीले आगामी माघ ७ र ८ गते देशैभर घरदैलो कार्यक्रम राखेको बताउदै अध्यक्ष थापाले सो घरदैलो कार्यक्रममा सरिक भइ आम नेपालीको घरमा पार्टीको एजेन्डा पु¥याएर आन्दोलनमा साथ दिन अनुरोध गर्न सम्पुर्ण कार्यकर्ताहरुलाइ निर्देशन दिए । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x