×

NMB BANK
NIC ASIA

विराटनगर- मोरङको रंगेली नगरपालिका- ९ दोहमनाको एक घरमा बाजागाजासहित निक्कै रमाइलो थियो । कोही बेहुलीलाई सिँगार्दै गरेका, कोही बेहुलाको पर्खाइमा थिए । बाहिर बाजागाजा उसैरी बज्दै थियो ।

Muktinath Bank

बेहुलाको पर्खाइमा रहेका बेहुली पक्ष कतिबेला बेहुला आउलान् र विधिअनुसार बिहेको तयारी गरौंला भन्नेमा थिए । बिहेको तयारीमा सबै लागेका थिए । एकैछिनमा बेहुला पक्ष बाजागाजासहित बेहुली लिन आइपुगे । परम्पराअनुसार बेहुलालाई उनीहरुले जग्गेमा लगे । उता बाहिर जन्तीहरू ब्याण्ड पार्टीमा नाच्न थाले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जन्तीहरू ब्याण्ड र पार्टीमा रहँदै गर्दा बेहुला आफ्नो विधिअनुसार काम विवाहको कर्ममा थिए । बेहुलीका बुबा आएका पाहुनालाई खानपिन गराउँदै थिए । यो कुनै नाटक होइन, वास्तविक विवाह हो ।  मोरङको रंगेली नगरपालिका वडा नम्बर ९ का दोहमनाकी मनिका ऋषिदेव र रंगेली ५ का छोटु ऋषिदेवको विवाह हुँदै थियो । 


Advertisment
Nabil box
Kumari

सानो पराले झुपडीमा भएको विवाह निक्कै रमाइलो थियो । आर्थिक अवस्था कमजोर रहेका बेहुली पक्षका परिवारमा विवाहको लागि कसरी खर्च जुटाउने भन्ने समस्याका बीच विवाह हुँदै थियो । बिहेको केही दिन अगाडि मात्र विवाह खर्च एउटा सामाजिक संस्थाले व्यहोर्ने भएपछि मनिकाको परिवार उनको विवाह गरिदिने मनस्थितिमा पुगेका हुन् ।

Vianet communication
Laxmi Bank

यसरी जुट्यो खर्च 

२०७१ सालमा स्थापना भएको सवितादेवी अग्रवाल ट्रष्टले बेहुली पक्षको विवाहको खर्च जोहो गरिदिने भएपछि परिवारले यतिको ताम–झामका साथ विवाह गराएका हुन् । 

ट्रष्टले गाउँ घरमा रहेका गरीब तथा अतिविपन्न परिवारलाई सहयोगीको रुपमा काम गर्नै आएको छ । गरीब परिवार भएकै कारण छोरीको विवाह गर्न नसक्ने तथा आर्थिक अभावका कारण समस्या आउन नदिनका लागि सहयोग गर्दै आएको ट्रष्टका अध्यक्ष मदनलाल अग्रवालले बताए । 

आर्थिक अवस्था एकदमै कमजोर रहेको परिवारबाट सहयोगको आग्रह गरिएपछि उनीहरुको अवस्था हेरेर सहयोग गर्ने गरिएको उनले बताए । ट्रष्टले मनिकाको बिहेको लागि आवश्यक पर्ने बेहुली सारी, चुरा, पाउजु, घडी, दाइजोको रुपमा दिइने दराज र बेहुलाका लागि लुगाफाटो तथा केही सामग्री उपलब्ध गराएको थियो । त्यस्तै ट्रष्टले जन्तीका लागि बिहे भोजको खर्चसमेत व्यहोरेको थियो । संस्थाका अध्यक्ष अग्रवालले बिहेमा दाइजोबाहेकका आवश्यक सबै खर्च ट्रष्टले व्यहोरेको बताए ।  

मनिकाको बिहेमा सहभागी हुनको लागि रंगेली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र मण्डलसहित ट्रष्टका सदस्य राजेश बर्मा, स्थानीय समाजसेवी कमल राजवंशी, अनिल महेश्वरी, कैलाश साहलगायत पुगेका थिए ।

ट्रष्टले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्ने कार्यक्रमअनुसार यसअघि पनि रंगेलीकै रामे ऋषिदेवकी छोरी सीता ऋषिदेवको समेत विवाह गराइदिएको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने ट्रष्टका अध्यक्ष अग्रवालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x