×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्तिमाथि : भाग- १

खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

चैत ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारी गाडीको दुरुपयोग हुने गरेको विषय नेपालमा पटक–पटक चर्चामा आउने गरेको छ । जनताले तिरेको करबाट किनिएका सरकारी सवारीको दुरुपयोग रोक्न विभिन्न निकायले समय समयमा निर्देशन पनि दिने गरेका छन् । 

Muktinath Bank

आजदेखि हामीले विभिन्न सरकारी कार्यालयमा प्रयोग भएका सवारी साधनको अवस्था, खरिद मूल्य तथा इन्धन प्रयोगको अवस्थाबारे पाठकसमक्ष जानकारी प्रस्तुत गर्ने सिलसिला शुरू गरेका छौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूचनाको हक प्रयोग गरेर लिइएको जानकारीका आधारमा विभिन्न मन्त्रालय र सरकारी निकायमा सवारी साधन प्रयोगको अवस्था कस्तो छ, क्रमशः प्रस्तुत गर्दै जानेछौं । हाम्रो यस कदमले सुशासन र पारदर्शितामा मद्दत पुग्ने विश्वास लिएका छौं ।


Advertisment
Nabil box
Kumari

पहिलो चरणमा आज हामीले युवा तथा खेलकुद मन्त्रालयमा रहेका सरकारी सवारी साधनको अवस्था, सवारी साधनको सुविधा लिएका पदाधिकारी र उनीहरूले पाउने इन्धन सुविधाबारे विवरण प्रस्तुत गर्दैर्छौं । 

Vianet communication
Laxmi Bank

सचिवलाई दुईवटा गाडी !

युवा तथा खेलकुद मन्त्रालयमा सचिवका लागि दुईवटा गाडी छुट्याइएको छ, त्यो पनि दुवै विलासी । उक्त मन्त्रालयमा हाल कृष्णप्रसाद देवकोटा सचिव छन् । यद्यपि उनी सरुवा भएर आएको करीब एक महिना मात्र भयो । देवकोटा भन्दा अघि हालका पर्यटन सचिव मोहनकृष्ण सापकोटा खेलकुदमा थिए ।

खेलकुद मन्त्रालयले सचिवको प्रयोजनका लागि बा २ झ ३५२२ नम्बरको टाटा सफारी स्ट्रोम र बा २ झ २६५० नम्बरको ह्युण्डाइ क्रेटा गाडी छुट्याएको छ । सफारी २०७४ साल चैत १ को मितिमा ५७ लाख ४९ हजार रुपैयाँमा खरिद गरिएको हो भने क्रेटा ०७४ जेठ २ गते ५३ लाख ६ हजार १९५ रुपैयाँमा खरिद गरिएको मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

दुई गाडी केका लागि ?

मन्त्रालयका उप–सचिव सुशीला अर्यालका अनुसार हालका सचिव कृष्णप्रसाद देवकोटाले टाटा सफारी गाडी चढ्ने गरेका छन् । उनकै कुरा मान्ने हो भने क्रेटा गाडी जगेडामा छ । यद्यपि हामीलाई मन्त्रालयले उपलब्ध गराएको विवरणमा उक्त गाडी सचिवकै प्रयोजनका लागि भनेर राखिएको छ ।

‘सचिवज्यूले अहिले एउटा गाडी मात्र चढ्नुहुन्छ, अर्को गाडी जगेडामा छ,’ उपसचिव अर्यालले भनिन्, ‘उक्त गाडी मन्त्रीज्यूले माग्नु भएपनि चावी हस्तान्तरण भइसकेको छैन ।’

अर्यालका अनुसार हाल पर्यटनमा सरुवा भएका तत्कालीन सचिव मोहनकृष्ण सापकोटाले भने दुवै गाडी प्रयोग गर्दै आएका थिए । ‘सचिवज्यूले एउटा गाडी राजधानी बाहिर जान र अर्को गाडी राजधानीभित्र प्रयोग गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘नयाँ सचिवज्यू आएपछि एउटा गाडी प्रयोग भएको छैन ।’

मन्त्रीलाई सफारी, स्वकीय सचिवलाई स्कोर्पियो

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बा २ झ ३५२१ नम्बरको टाटा सफारी–स्ट्रोम चढ्दै आएका छन् । उक्त गाडी २०७४ चैत १ गतेको मितिमा ५७ लाख ४९ हजार रुपैयाँमा खरिद गरिएको हो ।

मन्त्री विश्वकर्माका स्वकीय सचिवले भने बा १ झ ८४६३ नम्बरको स्कोर्पियो प्रयोग गर्दै आएका छन् । उक्त गाडी २०६६ साल जेठ ४ गते ४० लाख ५५ हजार रुपैयाँमा खरिद गरिएको थियो ।

क–कसले चढ्छन् गाडी ?

मन्त्री विश्वकर्मा, मन्त्रीका स्वकीय सचिव र मन्त्रालयका सचिव देवकोटाका अलावा सहसचिव गणेशप्रसाद पाण्डे, सह–सचिव अणप्रसाद न्यौपाने, उपसचिव महेन्द्रप्रसाद पौडेल, उपसचिव रविप्रसाद दवाडी, उपसचिव सन्तमणि आचार्य, उपसचिव नवराज घिमिरे र उपसचिव जगदिशचन्द्र शिवाकोटीले पनि मन्त्रालयबाट गाडीको सुविधा लिँदै आएका छन् ।

उपसचिवहरू सुशीला अर्याल, पुरुषोत्तम खतिवडा र अन्य कर्मचारीहरूले प्रयोग गर्नेगरी बा १ झ ४३१८ नम्बरको पजेरो र उपसचिव महेश्वर शर्मा, २ शाखा अधिकृत तथा अन्य कर्मचारीको नाममा बा १ झ ९४८३ नम्बरको बोलेरो छुट्ट्याइएको छ ।

हेर्नुहोस्, गाडी र प्रयोगकर्ताको विवरण :

लिलामीको पर्खाइमा एउटा गाडी

२०६७ सालमा ९ लाख ५२ हजार २५५ रुपैयाँमा खरिद गरिएको बा १ झ ८७५५ नम्बरको गाडी हाल प्रयोगमा नरहेको मन्त्रालयले जनाएको छ ।

'उक्त गाडी प्रयोग गर्न नमिल्ने अवस्थामा छ,' उपसचिव सुशीला अर्यालले लोकान्तरसँग भनिन् । उक्त गाडी सीटीईभीटीका प्रशिक्षार्थीलाई प्रशिक्षणका लागि हस्तान्तरणको प्रक्रियामा रहेको उनको भनाइ छ । 

१९ जनालाई मोटरसाइकल

मन्त्रालयका १९ जना कर्मचारीले मोटरसाइकल प्रयोग गर्दै आएका छन् । मोटरसाइकल प्रयोग गर्नेमा उपसचिव जनार्दन रिजालदेखि कार्यलय सहयोगी लोकेन्द्रबहादुर श्रेष्ठसम्मले मोटरसाइकल प्रयोग गर्दै आएका छन् । एउटा मोटरसाइकल भने यो महिना प्रयोग नभएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

हेर्नुहोस्, मोटरसाइकल चढ्ने कर्मचारीहरूको विवरण

मन्त्रीका स्वकीय समेतलाई सय लिटर इन्धन !

मन्त्री, मन्त्रीका स्वकीय सचिव र मन्त्रालयका सचिवका लागि प्रति सवारी साधन मासिक १०० लिटर इन्धन उपलब्ध हुन्छ । यस्तै सह–सचिवहरूले मासिक ७०–७०, उपसचिव र कर्मचारीहरूको नाममा भनिएका पजेरो र बोलेरोका लागि मासिक ६०–६०, उपसचिव महेन्द्र पौडेलले प्रयोग गर्ने स्पार्कका लागि मासिक २५ र अन्य गाडीका प्रयोगकर्ताले मासिक ५०–५० लिटर इन्धन मन्त्रालयबाट पाउने गरेका छन् ।

मोटरसाइकलका लागि भने मासिक १० लिटर इन्धन छुट्याइएको छ । 

साढे ५७ लाखका सफारीदेखि ८४ हजारका मोटरसाइकलसम्म

मन्त्रालयमा प्रयोग हुँदै आएका गाडीको मूल्य सर्वाधिक ५७ लाख ४९ हजार (टाटा सफारी) र सबैभन्दा कम २ लाख ७० हजार ८ सय (मारुती कार) छ । यस्तै मोटरसाइकल बढीमा १ लाख ६४ हजार ६९० देखि कम्तिमा ८४ हजार ८ सय ४९ रुपैयाँसम्ममा खरिद गरिएको विवरणमा उल्लेख छ । 

हेर्नुहोस्, खेलकुद मन्त्रालयमा प्रयोग हुँदै आएका सवारी साधनका खरिद मूल्य :


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x