भदौ १९, २०७६
के तपाईँ जागिरको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बिहीबारको कान्तिपुर दैनिकमा रोजगारीसम्बन्धी विभिन्न सूचना प्रकाशित भएका छन्ः
काठमाडौँ-रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।
अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।
त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।
परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ ।
कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।
कोटा बढ्यो
यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख््यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।
के तपाईँ जागिरको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बिहीबारको कान्तिपुर दैनिकमा रोजगारीसम्बन्धी विभिन्न सूचना प्रकाशित भएका छन्ः
काठमाडौं– विभिन्न वित्तिय संस्थाले कर्मचारी माग गरेका छन् । लालीगुराँस, सुविधानगर, जुझारु लगायतका सहकारी संस्थाले विभिन्न पदमा दर्खास्त आह्वान गरेका हुन् । थप जानकारीको लागि तलको सूचना हेर्नु...
ग्रीन भेन्चर लिमिटेडले विभिन्न पदमा काम गर्नका लागि ६० जना कर्मचारी माग गरेको छ । हेर्नुहोस् सूचना
स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी मागेको छ । सहकारीले विभिन्न पदमा काम गर्नका लागि ५ जना कर्मचारी मागेको हो । दरखास्त आह्वानका लागि एसइई पास गरेकाले पनि म...
विभिन्न तहमा काम गर्नका लागि २ कम्पनीले विज्ञापन खुलाएका छन् । एसईई पास गरेकालाई सम्म अवसर हुने गरी ती कम्पनीहरूले कर्मचारीको लागि दरखास्त आह्वान गरेका हुन् । नेपाल सेवा लघु वित्तीय संस्था र विजय लघुवि...
लुम्बिनी विकास बैंकले विभिन्न पदमा रिक्त पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । बैंकले चीफ म्यानेजरसहित विभिन्न पदमा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । बैंकले साउन २० गतेसम्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...