×

NMB BANK
NIC ASIA

आधा आकाश

महिलाले मात्र हाँकेको सरकारी वकिलको कार्यालय, छैन गुनासो !

सरकारी अड्डा हाँकेका महिलालाई कार्यालयभन्दा घरमा सकस

चैत १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –ललितपुरको कुमारीपाटीस्थित जिल्ला समन्वय समिति (जिसस) प्रांगणभित्रको अर्को भवन ।

Muktinath Bank

जिल्ला सरकारी वकिलको कार्यालय, ललितपुर ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समय : बिहीवार दिनको १ः३० बजे ।


Advertisment
Nabil box
Kumari

कार्यालय प्रमुख, मोना सिंह (भित्र) लेखिएको नेमप्लेट ढोकाको सामुन्नेमै टाँसिएको छ ।

Vianet communication
Laxmi Bank

कोठाभित्र प्रवेश गर्दा एक महिला ४ जना व्यक्तिसँग कुराकानी गरिरहेकी छन् ।

उनी हुन्, प्रमुख जिल्ला न्यायाधीवक्ता मोना सिंह ।

...

ललितपुरको जिल्ला सरकारी वकिलको कार्यालय महिलाहरूले मात्र चलाइरहेको सुनेपछि म त्यहाँ पुगेको थिएँ ।

क्यामेरा बोकेको व्यक्ति देखेपछि शायद पत्रकार नै सोचिछन्, ‘लोकान्तरबाट गगनजी हो ? एकछिन है ।’ उनले मलाई केहीबेर पर्खिन आग्रह गरिन् ।

कार्यालयमा पुग्नुअघि नम्बर खोजेर एक पटक फोन पनि गरेको थिएँ । परिचयसँगै समाचारका लागि आउन लागेको फोनमै बताएको थिएँ । नाम याद गरेकी रहिछन् ।

म त्यहाँ पुग्नुको प्रयोजन बताइराख्नुपरेन । चिया पिउँदै केहीबेर प्रतिक्षा गरेँ । मैले चिया पिएर नसक्दै कालो कोट लगाएका तीन महिला त्यहीँ आइपुगे ।

उनीहरू वकिल रहेको कुरा त पोशाकले नै झल्काउँथ्यो । सबैले आ–आफ्नो परिचय दिए – म उर्मिला जिसी (काठमाडौं), म सीतादेवी सुवेदी (बाग्लुङ) र म बिना खड्का (बर्दिया) ।

कुराकानीका क्रममा महसूस भयो, निकै व्यवस्थित ढंगले चलेको रहेछ महिलाहरूले मात्र चलाएको कार्यालय ।

...

बिनाको काम गुनासो सुन्ने हो । सूचना अधिकारीको जिम्मेवारी उर्मिलालाई छ ।

दैनिकजसो सरदर १० वटा मुद्दा फर्छ्यौट गर्ने गरेको सूचना अधिकारी उर्मिलाले बताइन् ।

‘हामी चारजनाले गरेर दिनमा १० वटा मुद्दा हेरेर टुङ्गाउँछौं । कार्यालय आउने कुनै पनि सेवाग्राहीले अहिलेसम्म हाम्रा कारण ढिलासुस्ती खेप्नुपरेको छैन,’ उनले दाबी गरिन् ।

‘हामी भोलि आउनुस्, पर्सि आउनुस् भनेर फर्काउँदैनौं । हामीकहाँ आएका फाइलहरू अदालत पठाउनुपर्ने भए अदालतमा, सीडीओ कार्यालय पठाउनुपर्ने भए सीडीओ कार्यालयमा तत्काल पठाउने गरेका छौं,’ सँगै रहेकी बिनाले भनिन् ।

सकेसम्म कम झन्झट हुने गरी काम सम्पन्न गर्ने गरेको उनको भनाइ छ ।

‘सेवाग्राहीलाई कुराउने र यो टेबुलमा जानुस्, त्यो टेबुलमा जानुस् भन्ने गरेका छैनौं । जसले गर्न सक्ने हो, त्यो आफैं गरेर पठाउने गरेका छौं,’ उनले थपिन् ।

कार्यालयमा धेरैजसो महिला हिंसा तथा बलात्कारका घटना आउने गरेका छन् । महिलासम्बन्धी घटनाका मुद्दा करीब ६० प्रतिशत आउने गरेको कार्यालय प्रमुख मोना सिंह बताउँछिन् ।

महिला मात्र भएर कार्यालय चलाउन थालेयता ३ सय ६८ वटा मुद्दा हेरिसकेको उनको भनाइ छ ।

सिंहसँग केही नमीठो अनुभव पनि छ ।

‘काम बिग्रिएमा महिला न हो बिगारिछ भन्ने पुरुष मानसिकता छ । पुरुषहरूले बिगार्दा कामको लोड भयो होला भन्नेहरूले पनि महिलाको निर्णयलाई स्वीकार्न समय लगाउँछन्,’ उनले गुनासो पोखिन् ।

सिंहले थपिन्, ‘कार्यालयमा कोही पुरुष आउनुभयो भने महिला मात्र देख्दा हो कि होइन, २/३ पटक कन्फर्म गरेर मात्र छिर्नुहुन्छ ।’ 

महिलाहरूले गरेका निर्णय दिगो हुने र कसैले औंला उठाउन नसक्ने उनको जिकिर छ ।

...

दिनभरि प्रमुखको भूमिकामा कार्यालय सञ्चालन गरे पनि घरमा सिंहको भूमिका आम गृहिणीको भन्दा फरक छैन ।

‘बिहान उठेपछि चियानास्ता बनाउने, छोराछोरीलाई खाना खुवाएर विद्यालय पठाउने, श्रीमानलाई अफिस पठाउने गर्नुपर्छ,’ सिंहको यो भनाइमा अन्य वकिलले पनि हाँसेर सही थापे ।

‘महिलाहरूले अरूले भन्दा दैनिक ३ गुणा बढी काम गर्नुपर्छ- घरको काम, अफिसको काम, आफन्तहरूको जिम्मेवारी, अझ भन्ने हो भने त शनिवार उहाँहरू (पुरुषहरू) मस्तले टीभी हेर्ने, ब्याडमिन्टन खेल्ने गर्नुहुन्छ हामीलाई खाना पकाउ, हप्ताभरीको लुगा धोउ ...., उहाँहरूले पनि सघाए हुन्थ्यो नि !’ सिंहले भनिन्, ‘अझै पनि सामाजिक चेतनामा परिवर्तन आएको छैन । अफिसबाट थाकेर आएकी छ, अलिकति सहयोग गरौं भन्ने कोही पनि हुँदैन, हाम्रो काम त चौबीसै घण्टा, सातै दिन चलि नै रहन्छ ।’

कार्यालयभन्दा घरमा महिलाको भूमिका चुनौतीपूर्ण लाग्छ उनलाई ।

‘कार्यालयमा त कानूनी रूपमा बोल्ड डिसिजन हुन्छ, निर्णय शतप्रतिशत कार्यान्वयन हुन्छ, तर घरमा भने महिलाको निर्णय ५० प्रतिशत पनि लागू हुँदैन,’ सिंहले भनिन्, ‘बुवा, श्रीमानले भनेकै चल्छ ।’

‘समानता पुस्तकमा मात्र सीमित छ, चाहे कर्णालीको दुर्गम गाउँ होस्, काठमाडौंको सुगम बजारमा किन नहोस्, पुरातन मानसिकता हटाउन समय लाग्छ,' सँगै रहेकी सीतादेवी सुवेदीले थपिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x