×

NMB BANK
NIC ASIA

चलचित्र

आमा झरना थापाको पदचाप पछ्याउँदै अकस्मात अभिनयमा सुहाना

चैत ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकामा बसेर मनोविज्ञानमा स्नातक गरिरहेकी थिइन् सुहाना थापा । उनका बुवा सुनिलकुमार चलचित्र निर्माता अनि आमा झरना चर्चित नायिका ।

Muktinath Bank

सुनिलकुमारको निर्माण अनि झरनाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ लोकप्रिय भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रको सफलतापछि सुहानाका बाबुआमाको तयारी थियो – ‘ए मेरो हजुर ३’ निर्माण गर्ने । चलचित्र निर्माणका लागि केही महिनादेखि योजना बनिरहेको थियो ।


Advertisment
Nabil box
Kumari

योजनाबारे अमेरिकामा पढ्दै गरेकी छोरी सुहानालाई पनि जानकारी थियो । तर एकदिन सुहानाले चलचित्रबारे थप कुरा थाहा पाइन् ।

Vianet communication
Laxmi Bank

‘एकदिन बिहान नेपालबाट ममीले फोन गर्नुभयो र फिल्मका लागि अनमोल केसी नायकमा छानिएको बताउनुभयो,’ सुहाना सम्झिन्छिन्, ‘अनि मलाई नायिका भएर काम गर्नुपर्छ भन्नुभयो ।’ आमाछोरीबीच फोनमा त्यति मात्र कुरा भयो । 

झरनाले फोन राख्नेबित्तिकै सुहानाले सँगै रहेका साथीलाई खबर सुनाइन् । साथीले उनलाई बधाई दिए । त्यसपछि सुहाना सोचमग्न बनिन् ।

चलचित्रमा कसरी अभिनय गर्ने ? अनमोलजस्तो चलेको कलाकारसँग जोडी कस्तो देखिने हो ? आदि– इत्यादि उनले सोच्न थालिन् । त्यसपश्चात् उनले बुवालाई प्रश्न समेत गरिन्, ‘अनमोलसँग मेरो हाइट पुग्छ त ?’

सुहाना सम्झन्छिन्, ‘तर जब वर्कशपमा अशान्त शर्मा सरले अभिनय राम्रो भयो भने अरुले असर गर्दैन भन्नुभयो, त्यसपछि म कन्भिन्स भए ।’ त्यसपश्चात् सुहानाले ‘ए मेरो हजुर ३’ बाट नायिकाका रुपमा चलचित्र अभिनयमा प्रवेश गर्ने निधो गरिन् ।

यसरी बनिन् अनमोलको ‘फ्यान’ !

‘ए मेरो हजुर ३’ एउटा ‘स्टार’ र ‘फ्यान’ बीचको कथा हो । जहाँ अभिनेता अनमोल स्टारको भूमिकामा देखिएका छन् भने सुहाना जेपनि गर्न तयार हुने ‘फ्यान’को भूमिकामा ।

वास्तविक जीवनमा कसैको पनि फ्यान नभएको बताउने सुहाना चलचित्रका लागि अनमोलको फ्यान बन्नुपर्यो । चलचित्रमा आफूले निर्वाह गरेको फ्यानको भूमिकालाई न्याय गर्न के–के गरिन् त सुहानाले ?

भन्छिन्, ‘सुत्नुअघि वा बिहान उठेपछि हरेक पल अनमोलको तस्वीर हेर्न थालें । अनमोलको फेसबूक, इन्स्टाग्राम चेक गर्न थाले । अधिकांश समय अनमोलका फिल्म हेर्न थालें । दिमागमा अनमोल मात्र सोच्न थालें ।’ 

चलचित्रमा आउनुअघि कहिल्यै अनमोललाई नभेटेकी सुहानाले छायांकनमा अनमोलको सक्दो साथ र सहयोग पाइन् । सबैको सहयोगले काम गर्न गाह्रो नभएको सुहानाले बताइन् ।

आकर्षक प्रवेश

२ साताअघि झरनाले भनेकी थिइन्, ‘म एउटी आमा भएर होइन, एउटा निर्देशक भएर कन्फिडेन्टका साथ भन्छु – सुहानाको अभिनयलाई दर्शकले रुचाउनुहुनेछ ।’ 

सार्वजनिक भएको चलचित्रको अंश र गीतसंगीतबाट पाएको प्रतिक्रियाले नवप्रवेशी अभिनेत्री सुहाना पनि आशावादी थिइन् । झरना र सुहानाको आशाजस्तै चलचित्र हेरेका अधिकांश दर्शकले सुहानाको अभिनयको खुलेरै प्रसंशा गरिरहेका छन् । चलचित्र हेरिरहँदा सुहानाको अभिनयलाई धेरैले नवप्रवेशीजस्तो नलाग्ने बताएका छन् ।

पहिले पढाइ, अनि चलचित्र !

आफ्नो बाल्यकालमा आमा झरनाको व्यस्तताले दिक्क हुन्थिन् सुहाना । सुनाउँछिन्, ‘म होस्टेलमा बसेर पढ्दा भेट्न पनि नआउने । जहिले व्यस्त, जहिले व्यस्त । त्यो देखेर रिस उठ्थ्यो ।’

आमाबुवा २ दशक बढी समयदेखि चलचित्र क्षेत्रमा रहेपनि सुहानालाई चलचित्रप्रति त्यति साह्रो रुचि थिएन । तर गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ को सफलता देखेर भने कताकता उनमा रुचि जागेको रहेछ ।

चलचित्र छायांकन स्थलमा पुगेपछि त उनलाई अभिनयको नशा नै लाग्यो रे ! अहिले चलचित्रप्रति दर्शकले देखाएको मायालाई लिएर सुहानालाई यही क्षेत्रमा लाग्न हौसला मिलेको छ ।

तर अमेरिकामा मनोविज्ञानको अध्ययन गरिरहँदा चलचित्रमा आएकी सुहानालाई पहिले पढाइ पूरा गर्नुछ । ‘अब अमेरिका फर्केर पहिले पढाइ सक्छु,’ सुहाना सुनाउँछिन्, ‘त्यसपछि नेपाल आएर फिल्म क्षेत्रमै लाग्छु ।’ आमा झरना र बुवा सुनिलकुमार पनि छोरी चलचित्र क्षेत्रमै लागेको देख्न चाहन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x