×

NMB BANK
NIC ASIA

सन्दर्भ विश्व पुस्तक दिवस : पुस्तक नीति अझै बनेन

बैशाख ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेका छन् । 

Muktinath Bank

विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरूले पनि वर्षमा लाखौँ पुस्तक प्रकाशित गर्ने गरेका छन् । नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी नीति बन्न सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नीतिकै अभावमा नेपालमा उत्कृष्ट पुस्तक सोचेअनुरूप प्रकाशनमा आउन नसकेको मात्र नभई विदेशी बजारमा प्रतिस्पर्धा समेत गर्न सकिएको छैन । पुस्तकमा कस्तो भाषाशैलीको प्रयोग गर्नेलगायत कुरामा समेत नेपाली लेखक सजग भएको देखिँदैन । अघिल्लो वर्ष मात्र सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ र विवेक ओझाको उपन्यास ‘ऐलानी’ का विरुद्ध सर्वाेच्च अदालतमा रीट निवेदन परेको थियो । 


Advertisment
Nabil box
Kumari

प्रतीक्षा र ओझाले उपन्यासमार्फत वादी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याएको आरोप लागेको थियो । सर्वाेच्च अदालतले दुवै कृतिलाई अर्काे संस्करणमा सच्याउनु पर्ने आदेश दिइसकेको छ । धेरै पुस्तकको अध्ययन गरिसकेका प्रकाश सायमी पुस्तक प्रकाशन गर्नुपूर्व लेखक स्वयम् सचेत हुनुपर्ने बताउँछन् । उनले आजभोलि जो कोही व्यक्ति पनि लेखक हुने प्रतिस्पर्धाले सोचेअनुरूप पुस्तक बजारमा आउन नसकेको बताए । 

Vianet communication
Laxmi Bank

उनी भन्छन्, 'आजभोलि लेखक बन्ने सबैको होडबाजी नै चलेको छ, लेखन विधा लामो समयसम्मको तपस्या हो ।' अहिले विभिन्न पुस्तकको धेरै नै चर्चा हुँदा कस्तो पुस्तक छनोट गर्ने भन्ने अन्योल पाठकमा बढेको उनको जिकिर छ । 

हाल प्रकाशन हुने कृति तथा पुस्तक नेपाली भाषामा मात्र केन्द्रीत भएको देखिन्छ । नेपाली भाषालाई मात्र प्राथमिकता दिँदा स्थानीय भाषा नै पो लोप हुने हो कि भन्ने आशंका पनि नबढेको होइन । 'विदेशमा रहेका नेपालीले आफ्नो स्थानीय भाषाको पुस्तक पढ्न चाह्यो भने उसले सहजै पाउन सक्दैन,' उनी भन्छन् ।

पहिले सबै जातजातिले एकार्काका भाषा बुझ्ने भए पनि हाल त्यही भाषिका सन्तानले पनि त्यही भाषा नबुझ्ने गरेको उनको भनाइ छ । स्वदेशभित्र मात्र नभई विदेशमा पनि सबै भाषाभाषीका पुस्तक पुर्‍याउन सरकारले तत्काल पुस्तक नीति पारित गर्नुपर्नेमा सायमीको जोड छ । पत्रकार पनि साहित्यकारका रूपमा आउँदा साहित्य क्षेत्र र पुस्तक लेखन क्षेत्र त्यति मजबुत नभएको हो कि भन्ने चिसो मनमा पस्दै गएको उनी बताउँछन् ।

नेपालमा सिर्जनात्मक र अनुसन्धानमूलक पुस्तकको प्रकाशनमा नेपाल प्रज्ञा–प्रतिष्ठानले लामो समयदेखि अभ्यास गर्दै आएको छ । हाल प्रतिष्ठानले सामाजिक शास्त्र, दर्शन शास्त्र, संस्कृति, काव्य र भाषा गरी जम्मा आठ विधामा अनुसन्धान गर्दै आएको छ । ती विभागले आफ्नो जिम्मेवारी अनुरूप सम्बन्धित विषयमा खोज, अनुसन्धान गराउँदै आएका छन् । प्रतिष्ठानको तथ्यांकअनुसार विसं २०७२ मंसिरदेखि हालसम्म १५० भन्दा बढी पुस्तक प्रकाशन भइसकेका छन् । 

पहिले अनुसन्धानबिना लेखिएका साहित्यलाई प्रतिष्ठानले प्रकाशन गर्दा गुणस्तर खस्किएका कारण अहिले अनुसन्धानलाई मात्र प्राथमिकता दिइएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए । 'हामीले जति नै राम्रो पुस्तक बजारमा ल्याए पनि विश्व बजारमा प्रतिस्पर्धा गर्न सकेनौं,' उनले दुखेसो पोखे । पुस्तककै कारण विश्वमा आमूल परिवर्तन आएको छ भन्दै नेपाल सरकार यसको नीतिमा सचेत हुन नसकेको तर्क उनको छ ।

नेपालमा कति पुस्तक प्रकाशन भए भन्ने तथ्यांक छैन भने बजारमा कसरी बिक्री वितरण गर्ने भन्ने तह समेत निर्धारण भएको छैन । प्रतिष्ठानका कुलपति उप्रेती भन्छन्, 'हामीले वर्षेनी थुप्रै पुस्तक उत्पादन गरेका हुन्छौं तर बजारमा उचित व्यवस्थापन हुन सकेको छैन ।' 

विश्वमा अनुसन्धनात्मक कृतिलाई बढी मान्यता दिइने भए पनि सरकारले नीति बनाउन नसक्दा अश्लील पुस्तकले बजारमा बढी स्थान पाउन थालेको उनको भनाइ छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको समयमा पनि लुकाएर त्यस्ता पुस्तक बिक्री वितरण हुने गरेको उनको जिकिर छ । समाजले राम्रा कुरालाई भन्दा नराम्रा कुरालाई बढी महत्व दिने गरेको छ भन्दै त्यसलाई निर्मूल पार्न सरकार स्वयं लाग्नुपर्ने आवश्यकता उप्रेतीले औंंल्याए । 

पुस्तक प्रकाशन सोचेजस्तो सहज छैन । एउटा लेखकले लेखिसकेपछि विभिन्न चरणमा पुगी काँटछाँट गरेर मात्र प्रकाशन गर्नुपर्ने नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशन संघका अध्यक्ष लिखत पाण्डे बताउँछन् । आजभोलि लेखकले अरुले लेखेका पुस्तकको अध्ययन नगर्ने र पुस्तक सम्पादनसमेत नगरी बजारमा ल्याउने गरेका कारण राम्रा पुस्तक आउन नसकेको उनी बताउँछन् । -मीना घोरसाइने/रासस  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x